ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
रुकुमपूर्व, ८ वैशाख (रासस)ः जिल्लामा ५६ थान अवैध हतियार सङ्कलन गरिएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र २३ थान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अभियानमार्फत ३३ थान हतियार सङ्कलन गरिएको हो । सङ्कलन गरिएका हतियार आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाबाट ४४ थान, सिस्नेबाट ११ र भुमेबाट एक थान भरुवा बन्दुक सङ्कलन गरिएको हो । सरकारले अवैध हतियार बुझाउन गत चैत १ गते ३५ दिने सूचना जारी गरेको थियो । यसअघि ५५ थान हतियार सङ्कलन गरी सार्वजनिक गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । ढोरपाटन सिकार आरक्षको ६० प्रतिशतभन्दा बढी भू–भाग रुकुमपूर्वमा पर्ने हुँदा त्यहाँ चोरी सिकारीमा कमी आउने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । गत वर्ष मङ्सिरदेखि हालसम्म १११ थान अवैध हतियार सङ्कलन भइसकेको छ ।
Leave a Reply