अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ११ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका अध्यक्ष र लेखा समितिका संयोजकहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादी मुलुकहरूले आर्थिक सहयोगको नाममा विभिन्न अनुचित सर्तहरू लगाई विकासोन्मुख मुलुकहरूको सार्वभौमिकतामाथि खुला हस्तक्षेप गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले स्थानीय स्रोत र साधन परिचालन गर्दै स्थानीय मौलिक उत्पादन प्रवद्र्धन गर्नको लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरको मौलिक काष्ठकला, चित्रकला, मुकुन्डोकला, मृतिकाकलालगायत अन्य विविध कला र सीपसम्बन्धी तालिमहरू सञ्चालन गरी नगरवासीहरूमा रोजगारीको अवसर सिर्जना गर्न सहकारी संस्थाहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
निजीकरणको बाटोले समाजवादमा पुग्न नसक्ने धारणा राख्दै नगर प्रमुख प्रजापतिले नेपालमा नवउदारवाद आक्रामकरुपमा प्रस्तुत भइरहेको बताउनुभयो ।
आर्थिक अनुशासन, पारदर्शिता, निक्षेप सड्ढलन र ऋण प्रवाहमा नियमितता अत्यन्त जरूरी रहेको बताउँदै प्रमुख प्रजापतिले वित्तीय क्षमताअनुसार सहकारीले सामाजिक कल्याण र स्थानीय विकासको लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले गरिब जनताको जीवन उत्थानको निम्ति सहयोगी संस्थाको रूपमा भूमिका खेल्नुपर्ने बताउँदै भनपाको लक्ष्य प्राप्तिमा सहकारी संस्थाले सहकार्य गर्न अनुरोध गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्था साझा हितको निम्ति हुनुपर्नेमा जोड दिनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले सहकारी संस्था देशको आर्थिक, सामाजिक क्षेत्रको सुधारको लागि आवश्यक भएको बताउँदै आर्थिक अनुशासन कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाका मूलभूत सिद्धान्तबारे प्रस्ट पार्दै सहकारी संस्थाको मूल्यमान्यता अँगाल्दै पारदर्शीढङ्गले कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply