भर्खरै :

गोर्खा भूकम्पपछिको पुनःनिर्माण एउटा गुमेको अवसर

-डा. विजयकृष्ण श्रेष्ठ
२०७२ को वैशाख १२ गते (२५ अप्रिल २०१५) को ‘गोरखा’ भूकम्प र त्यसपछिका परकम्पले नेपालका ३१ जिल्ला (जसमध्ये १४ जिल्ला गम्भीररूपमा प्रभावित) मा ८ हजार ८ सय ९८ जनाको ज्यान लिनुका साथै २२ हजार ३ सय ९ जना घाइते भए । भूकम्पले ७ खर्ब ६ अर्ब नेरु (७ अर्ब अमेरिकी डलर) बराबरको क्षति भयो । भूकम्पका कारण सबभन्दा ठूलो क्षति सामाजिक क्षेत्रमा भयो । कुल क्षतिको ५८ प्रतिशत सामाजिक क्षेत्रमा भयो । सामाजिक क्षेत्रमा भएको कुल क्षतिमध्ये ८६ प्रतिशत क्षति आवास क्षेत्रमा भयो । भूकम्पले झण्डै ५ लाख ८ हजार ७ सय २४ निजी घरहरू भत्कायो भने अरु २ लाख ७० हजार घरहरू क्षतिग्रस्त भए । दिगो पुनः स्थापना र पुनःनिर्माणको लागि नेपाल सरकारले ‘माथिबाट तल’ को संयन्त्र लागू ग¥यो । जसअन्तर्गत केन्द्रमा अधिकारसम्पन्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (एनआरए) गठन गरियो । अनि जिल्लास्तरमा परियोजना कार्यान्वयन एकाइहरू स्थापना गरियो । विपद्पछिको पुनःस्थापनाको योजना ‘योजनाबद्ध, लचिलो आवास र समृद्ध समाज निर्माण’ को पुनःस्थापना अवधारणाअन्तर्गत तयार पारियो । सार्वजनिक, निजी, गैरसरकारी र सामुदायिक स·ठन, अन्तर्राष्ट्रिय दाता, राजनीतिक दल, स्थानीय तह र नागरिक समाजसँगको समन्वयमार्फत एनआरएले सरकारका विभिन्न मन्त्रालयहरू र विभागहरूमार्फत पुनःनिर्माण कार्य लागू गरिरहेको छ । जसको स्वामित्व हो उसलाई आफूसँग भएका स्रोत साधनको प्रयोग गरी पुनःनिर्माणको अधिकार दिने ‘स्वामित्वमा आधारित’ अवधारणा अघि सारियो । जनताले सकेसम्म चाँडो स्थायी आवास पुनःनिर्माण गर्न सकून् भनी उनीहरूलाई वित्तीय र प्राविधिक सहयोग गरियो ।

डा. विजयकृष्ण श्रेष्ठ


भूकम्पको चार वर्षपछि पनि विशेषतः काठमाडाँै उपत्यकाका ऐतिहासिक मूल बस्ती र काभ्रे जिल्लाका धेरै भूकम्प पीडितहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन् । सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा पुनःनिर्माणले राम्रो प्रगति गरेको छ । नेपालभरिका ग्रामीण र सहरी क्षेत्रमा भएको पुनःनिर्माण प्रक्रियाको समग्रमा समीक्षा गर्ने यो उचित समय हो ।
भूकम्पपूर्व उपत्यका बाहिरका बस्तीहरू सामान्यतः एउटा सार्वजनिक स्थल वरपर घरहरू मिलेर बनेका हुन्थे । आधा छाना छाएको पिँढी परिवार भेला हुने र काम गर्ने ठाउँ हुन्थ्यो । त्यस्तो पिँढी घरभित्रको निजी विषय र समुदायबीचको बफर क्षेत्र हुन्थ्यो । निजी वा सामूहिक स्वामित्वको सामुदायिक क्षेत्रले वरपरका घरलाई एक आपसमा जोड्ने गथ्र्यो ।
ग्रामीण क्षेत्रका घरहरू एउटा घरमा मात्र सीमित हुँदैनन् । बरु घर वरपर अन्य कुरा पनि हुन्छन् । जस्तैः शौचालय, गोठ, भण्डार कोठा आदि । घर अगाडिको आँगन र घरपछाडिको करेसाबारीलाई पनि घरको हिस्सा मानिन्छ । कृषिमा आधारित गाउँले जीवन र त्यहीअनुसारको जीवन शैलीले घरको स्वरुप त्यस्तो बनेको हुनुपर्छ । घरहरू सामान्यतः दुई तलाका हुन्छन् र सबभन्दा माथि छानामूनिको बुइँगल हुन्छ । भुइँ तलाको पिँढी र चेप्टो ढु·ाको भिरालो परेको छानासहितको पहिलो तलामा बरन्डा भएको घर नै स्थानीय वास्तुकलाका विशेषताहरू हुन् । घर निर्माणका लागि स्थानीय रुपमा उपलब्ध निर्माण सामग्री र प्रविधि नै अधिक रुपमा प्रयोग हुन्छ । सामान्यतः घरभित्र काठका थामले विभाजन गरेका दुई खण्ड हुन्छन् । यस्तो विभाजनले घरभित्रको ठाउँलाई भिन्नभिन्न समयमा भिन्नभिन्न प्रयोजनको लागि प्रयोग गर्नसक्ने बनाएको हुन्छ । घरभित्रको यस्तो विभाजनमा महिलाहरूले काम गर्दै आफ्ना छोराछोरीको हेरविचार गर्न सक्छन् । नजिकै बसेका परिवारका सदस्यसँग कुराकानी गर्नसक्छन् । विशेषतः संयुक्त परिवारका सदस्यबीच यस्तो सम्पर्कले पारिवारिक सम्बन्ध बलियो बनाएको हुन्छ ।
तथापि, अहिले कार्यान्वयनमा ल्याइएको पुनःनिर्माणको अवधारणाले व्यक्तिगत घरको सुरक्षित निर्माणलाई मात्र ध्यान दिइएको छ । घर निर्माणसँग जोडिएर आउने सामुदायिकताको आयामलाई छायामा पारेको छ । सरकारले ग्रामीण क्षेत्रका घर निर्माणको लागि तयारी नमुनाहरू बनाएको छ । भूकम्प पीडितहरूले तीन मुनामध्ये कुनै एउटा छान्नुपर्छ । यस्तो व्यवस्थाले स्थानीय हावापानी र पहाडी भू–भागको अनुकूलताअनुसार समुदाय, सामाजिकीकरणको तरिका र समुदायको जीवनशैलीका विशेषतालाई सम्बोधन गर्न विफल बनाएको छ । नयाँ बनेका अधिकांश घरको भुइँ तलामा पिँढी छैन । पहिलो तल्लामा बरन्डा बनाइएको छैन । घरका पिँढी र बरन्डा समाजसँगको घुलमिल र कृषि उत्पादनसम्बन्धी कामका लागि आवश्यक पर्ने ठाउँ हुन् । छाना छाउन स्थानीय रूपमा उपलब्ध ढु·ाको स्लेटको ठाउँमा कर्कटको जस्तापाटा छाउँदा गाउँको स्वरुप बदलिएको छ । जस्तापाताले छाएको घरमा बस्ने मानिसले जाडो महिनामा चिसो महसुस गर्नुका साथै वर्षायाममा वर्षाको आवाजले झर्को मानेका छन् ।

तालिम प्राप्त जनशक्ति र निर्माणस्थलमा काम गर्ने ज्यामीबीच बेमेलको अवस्था छ । धेरै सन्दर्भमा निर्माण कार्यलाई तालिमसँग जोडिएको छैन । तालिम प्राप्त कतिपय मानिस विदेशिएका छन् । जसले देशमा तालिम प्राप्त जनशक्तिको अभाव भएको छ । ग्रामीण क्षेत्रमा घर निर्माणको सुपरिवेक्षण तल्लो तहका कर्मचारीले गरे । तल्लो तहको कर्मचारीबाट हुने सुपरिवेक्षण अपुग छ । कतिपय निर्माण स्थलमा आउने विशेष समस्या समाधान हुन सकेका छैनन् ।

एउटा ठूलो घरको सट्टा धेरै एकतले घर (दुई कोठा भएका) बनेका छन् । ती घरहरू सबै कृषियोग्य जमिनमा बनाइएका छन् । ठूलो घर नहुँदा पहिलेको संयुक्त परिवार विभाजित भएर बस्न बाध्य भएको छ । परिवारका सदस्यहरू दुई वा तीन एकाइमा छरिएर बस्न बाध्य छन् । अधिकांश परिवारले घरका काम फरक फरक एकाइमा विभाजित भएर गर्नुपरेको छ । भान्छा अस्थायी टहरामा र नयाँ बनेको घरमा सुत्ने गरिरहेको अवस्था छ । सानो एकाइले कृषि भूमि उपभोग गर्नुको अर्थ कृषिबाट परिवारले गर्ने आम्दानी कम हुनु हो । पहिलो अस्थायी टहरालाई गोठ र भान्छाको रुपमा प्रयोग गर्दा समाजसँग घुलमिल हुने सामाजिक प्रक्रियामा परिवर्तन आएको छ । घरका विभिन्न ठाउँ जस्तैः भान्छा, पिँढी, शौचालय आदि विशेष ठाउँमा बनाउने चलनमा परिवर्तन आएको छ । भान्छा, शौचालय, गोठ नजिक नजिक हुँदा परिवारको स्वास्थ्य र सरसफाइमा प्रभाव पारेको छ ।
सहरी क्षेत्रमा पुनःनिर्माण कार्य अझ जटिल छ । त्यसका अनेकन कारण छन्ः घर बनाउन घडेरी सानो हुनु, भूकम्पपूर्वको साझाभित्ताको घर, घर र जग्गामा स्वामित्व भएका मानिस अनुपस्थित रहेका सामूहिक सम्पत्ति, सम्पत्ति अंशबन्डा नभएको अवस्था, अपुग प्राविधिक सहयोग र महँगो निर्माण लागत । निर्माण पूरा भएका घरहरूमा पनि अनेकन समस्या छन् । भूकम्पअघि एउटै घरले ओगटेको जमिनलाई अझ पैतृक सम्पत्ति विभाजन गरी सन्तानको भाग ल्याउने क्रममा अझ स–साना टुक्रामा विभाजन गरिएको छ । त्यस्ता जमिनमा व्यक्तिगत घर बनाउन महँगो (महँगो फैलिएको जग), खतरापूर्ण हुन्छ (सानो आधार भएको बेलन आकारको र सँगैको घरसग ठोकिएर क्षति हुने) । यसले सहरको पहिलेको स्वरुप र वास्तुकला जोगाउन सक्दैन । त्यस्ता व्यक्तिगत घर बनाउन निर्माण सामग्री ओसारप्रसारको लागत निकै महँगो हुने गर्छ । उष्लितज र तलाको उचाइ, झ्याल र घरको अगाडिको मोहडासहित छानाको डिजाइनले सहरको पहिलेको स्वरुपमा परिवर्तनमात्र गर्दैन बरु त्यसले ठाउँहरूको विभेदीकरण (जस्तोः भान्छा कहाँ रहने, शौचालय, बैठक कोठा, सुत्ने कोठा कहाँ रहने भन्ने मान्यता) मा समेत प्रभाव पारेको छ ।
यसबाहेक तालिम प्राप्त जनशक्ति र निर्माणस्थलमा काम गर्ने ज्यामीबीच बेमेलको अवस्था छ । धेरै सन्दर्भमा निर्माण कार्यलाई तालिमसँग जोडिएको छैन । तालिम प्राप्त कतिपय मानिस विदेशिएका छन् । जसले देशमा तालिम प्राप्त जनशक्तिको अभाव भएको छ । ग्रामीण क्षेत्रमा घर निर्माणको सुपरिवेक्षण तल्लो तहका कर्मचारीले गरे । तल्लो तहको कर्मचारीबाट हुने सुपरिवेक्षण अपुग छ । कतिपय निर्माण स्थलमा आउने विशेष समस्या समाधान हुन सकेका छैनन् ।
क्षतिग्रस्त आवास क्षेत्रमा एकीकृत आवास र जनजीवनमा सुधार ल्याउने पूर्वाधारसहितको पुनःनिर्माणको अवसर गुमेको छ । भूकम्पपूर्व आवास क्षेत्रको मूलअन्तर्य, विकासमा भएका भूलमा सुधार र आधुनिक समयमा आवश्यक सुविधाको समावेशीकरण विभिन्न निकायबीचको समन्वयले हासिल गर्न सम्भव थियो । भूकम्पले प्रभावित बनेका क्षेत्रलाई सहरी डिजाइन र व ास्तु शास्त्रीय निर्देशिकामा आधारित विशेष विकास क्षेत्र, एकीकृत विकास तथा सामुदायिक क्षेत्रको रुपमा सुरक्षित र उचित लागतमा विकास गर्न सम्भव थियो ।
(लेखक ख्वप इन्जिनियरिङ कलेजअन्तर्गत सहरी विकास तथा संरक्षणको पोस्ट ग्राजुएट विभागसँग सम्बद्ध हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *