विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
– गौरव प्रधान
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीलाई ‘नयाँ’ राजाको स्थानमा विराजमान गर्ने चेष्टा गर्नु न ओलीलाई सुहाउँछ न त राष्ट्रपतिलाई नै सुहाउँछ । राष्ट्रपति भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रम सरकारको हो, राष्ट्रपतिको होइन । सरकारी नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रम ओलीले नै राखेको हँुदा ओलीले राष्ट्रपतिलाई बचाउनु स्वाभाविक हो । ओलीको कमजोरीको कारण राष्ट्रपति भण्डारीसमेत विवादको घेरामा परिन् ।
सरकारी नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनिएकोमा प्रम ओली मख्ख छन्, खुसी छन् । पञ्चायतकालमा श्री ५ को सरकार थियो । राजा महाराजाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने चलन थियो । राजा महाराजाहरूले भन्ने ‘मेरो सरकार’ शब्द गणतान्त्रिक राष्ट्रपति भण्डारीले पनि सापटी लिएर सरकारी नीति तथा कार्यक्रममा उपयोग गरिन् । यो राष्ट्रपतिको सरकार होइन नेपाल सरकार हो । हो, सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । सायद ‘मेरो सरकार’ शब्दप्रति स्वयं राष्ट्रपतिलाई चित्त बुझ्दैन । तर सरकारले जे नीति तथा कार्यक्रम हस्तान्तरण गरेको हो, त्यही राष्ट्रपतिले हुबहु वाचन गर्नुपर्छ ।
राष्ट्रपति भण्डारीले सरकारी नीति तथा कार्यक्रममा बाहेक अन्यत्र बोल्दा कहीँ पनि ‘मेरो सरकार’ शब्द प्रयोग गरेकी छैनन् । कहीँ कतै बोल्दा जहिले सरकार लागिपरेको छ, सरकारले गर्नेछ भनी उनी बोल्थिन् । तर, प्रम ओलीले ‘मेरो सरकार’ बहसको विषय होइन भने । त्यो पार्टीभित्र बहसको विषय हुनैपर्छ । देशको नेतृत्व गरिरहेको दलले गल्ती समयमै सच्याउनुपर्छ । एउटा गल्ती छोप्न अर्को गल्ती गर्नुहुँदैन । विपक्षी दललाई त के सत्तासीन दलका नेता, मन्त्री र सांसदलाई ‘मेरो सरकार’ शब्दप्रति चित्त बुझ्दैन । सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूले त्यसको विरोध गर्लान् भनेरै ओलीले संसदमा यसबारे चर्चा नगर्न बिन्ती गरे । ‘मेरो सरकार’ नभने पनि हुन्छ भन्ने टिप्पणीलाई प्रम ओलीले लोकतन्त्रको उपहास गरेको बताए ।
कमजोरी सुधार्न आलोचना पनि गर्न नहुने, आलोचना गर्ने व्यक्तिलाई लोकतन्त्रविरोधी देख्ने प्रम ओली के निरङ्कुश नै बन्न खोजेका हुन् ? प्रम ओली आफै यो ओलीको सरकार होइन नेकपाको सरकार, नेपाल सरकार दाबी गर्छन् । नेपाल सरकार हो भने यो कसरी राष्ट्रपतिको सरकार हुन्छ ? नेपाल सरकारको परिचय दिन पछि नपर्ने प्रम ओलीले ‘मेरो सरकार’ लाई किन समर्थन गर्ने ? नेकपाको सरकारले ‘मेरो सरकार’ शब्द फिर्ता लिएको खण्डमा थप बहसको विषय बन्ने थिएन । गल्ती सच्याइनुपर्छ । सङ्घीयतालाई जीवनपद्धतिको रूपमा विकास गर्न निरङ्कुश प्रवृत्ति छोड्नुपर्छ । राजनीतिकरूपमा सामन्तवाद अन्त्य भएपछि कम्युनिष्ट भनिने दलको सरकारले ‘मेरो सरकार’ भन्ने पञ्चायती शैली र स्वरुप भित्याएर किन निरङ्कुश चरित्र बोकेर अघि बढ्ने ?
Leave a Reply