भर्खरै :

समाजवाद र नयाँ मानव –२

चे ग्वेभारा
(यो लेख चेले संयुक्त राष्ट्र सङ्घ र अफ्रिकी देशहरूमा घुम्ने क्रममा उरुग्वेली पत्रिका ‘Marcha’ को निम्ति ‘अल्जेरियर्सबाट’ (From Algiers) शीर्षकमा लेखेका थिए । पछि यो ‘क्युवामा समाजवाद र मानिस’ (Man and Socialism in Cuba) शीर्षकमा छापियो । यहाँ विषयको भावलाई लिएर समाजवाद र नयाँ मानव शीर्षकमा प्रस्तुत गरेका छौं । –प्र.)
व्यक्तिवाद
उत्पादनको सम्बन्ध नभएको वैचारिक क्षेत्रमा सिद्धान्ततः भौतिक र आध्यात्मिक वस्तुबीचको भेद हेर्न सकिन्छ । लामो समयदेखि पुँजीवादले बाँधेको क्रुर पासोबाट मुक्त हुन जनताले कला र संस्कृतिको प्रयोग गर्दै आएका छन् । तर, पनि माल–सामानको रूपमा ८ घण्टा वा बढी काम गर्दा प्रत्येक दिन मानिसहरू मरिरहेका छन् र यसबाट बच्न आध्यात्मिक संसार खोज्दैछन् । यद्यपि ‘एक्लो बस्ने मानिसले विश्वमा शान्ति नै देख्छ’ भन्ने पुरानो रोगबाट यो उपाय पनि ग्रसित हुन्छ । मानिसहरू एक्लो जीवन स्वीकार्न थाल्छन्, आफ्नो जीवनको सुरक्षा खोज्छन्, बाहिरी सजावटबाट सुन्दर देखिन चाहन्छन् । यो उनीहरूको कायरता हो । ‘मूल्यको नियम’ भनेको उत्पादन सम्बन्धको छायाँबाहेक केही होइन, एकाधिकारवादी पुँजीपतिहरूले यही कानुनको वरिपरि रहेर राम्रोसँग काम गरे तापनि पाल्तु नोकरको रूपमा परिवर्तन गरिदिन्छ । विद्रोह गर्न खोज्नेलाई दबाइन्छ । केहीले मात्र विद्रोहलाई अगाडि बढाउन सक्ने हुन्छ, बाँकी कि त पुँजीवादका भरौटे हुन्छन् या नष्ट पारिन्छन् ।
स्वतन्त्रताको नाममा पुँजीवादीहरूले कलाको प्रयोग विद्यालयमा गरेका छन् । द्वन्द्व नभएसम्म यस्ता प्रयोगहरूको आफ्नै बाध्यता र सीमा हुने गर्दछ । यस्ता अनावश्यक डर, धम्की र अश्लीलताद्वारा जनतालाई मनोरञ्जन गराइने प्रयोगशालाहरू ध्वस्त पारिनुपर्दछ । सङ्घर्षका लागि कलालाई हतियारको रूपमा लिनुपर्दछ ।
ती सबै जसले नियमपूर्वक खेल खेल्छन् उनीहरू नाचेपछि बाँदरलाई सम्मान गरे झैं सम्मानित हुन्छन् । यसको लागि अदृश्य पिँजडाबाट भाग्न नपाइने शर्त रहन्छ ।
कलात्मक प्रयोगको नयाँ तरङ्ग
क्रान्तिको सफलतापछि लुटेराहरूले बिदा पाए भने विद्रोहीहरूले नयाँ बाटो नौला–नौला संवेगहरूको अनुभति हामीले गर्न थालेका छौं । यो त पहिला पनि देखिएको हो । क्रान्ति विरोधीहरू स्वतन्त्रताको नाममा भाग्न थालेका छन् । केही क्रान्तिकारीहरूमा पनि यो प्रवृति देखिन थाल्यो । यसको अर्थ उनीहरू पुँजीवादी मानसिकताले ग्रसित छन् ।
यस्तै अन्य देशहरूमा सिद्धान्तको व्याख्याले भिड्न खोजेका छन् । पुरातन संस्कारलाई बहिष्कार गरिंदैछ, सांस्कृतिको यथार्थ भावलाई उच्च स्थान दिइँदैछ । तर, कोही भने यसलाई मात्र यान्त्रिक परिवर्तनतर्फ लान चाहन्छन् । विभिन्न अन्तरविरोधबाट मुक्त नयाँ समाज स्थापनामा बाधा पु¥याउँछन् ।
हाम्रो समाजवाद कलिलो छ र यसमा गल्तीहरू हुनसक्छन् । हामीमा समाजवादका लागि आवश्यक नयाँ मानव पुरानो संस्कारभन्दा पृथक तरिकाले सृजना गर्न बौद्धिक तीक्ष्णताको कमी छ । विस्थापन सर्वत्र फैलिएको छ, उत्पादनमा श्रम पुगिरहेको छैन । त्यसैले यी कामहरू पार्टीकै झण्डामुनि थालियो र नयाँ मानिस सृजनाको लागि योग्य शिक्षाको बन्दोबस्त गरियो ।
हामीले यही कार्यलाई सामान्यीकरण गर्दै लानुपर्छ । कलाको प्रयोगशालाहरू बन्द हुनेछन्, सामान्य संस्कारहरूलाई समाजको वर्तमान परिवेशसँग मिलाइने छ । समाजवाद पुरानै संस्कृतिको आधारमा बनेको हुनाले त्यहाँ पुँजीवादी प्रवृत्तिहरू पनि देखा पर्छन् । त्यसैले शताब्दीयौँदेखिको विद्यमान संस्कृतिको विकास गर्नुपर्दछ । कलाको क्षेत्रमा पुँजीवादले धेरै काम गरिसकेको छ तर हामीसँग त्यसको भग्नावशेषमात्र बाँकी छ ।
समाजवादी राज्यको वैधानिकता हामीले किन खोज्ने ? हामी स्वतन्त्रता र समाजवादलाई प्रतिद्वन्द्वीका रूपमा लिन सक्दैनौँ किनकि अघिल्लोको अस्तित्व नयाँ समाजको पूर्ण विकासविना सम्भव नै छैन । वास्तवमा आजको आवश्यकता उच्च बौद्धिक र सांस्कृतिक विकास हो । यसले मानिसको स्वभावमा परिवर्तन ल्याउँछ ।
हाम्रो देशमा प्रविधिको पूर्ण विकास भइसकेको छैन । यहाँका जनता नयाँ मानिस सृजनाका विषयमा सचेत भइसकेका छैनन् । यसबारे उनीहरू अझै अस्पष्ट छन् किनकि नयाँ मानिस न त १९ औँ शताब्दीको प्रतिनिधि हुन् त दुषित अस्वस्थ शताब्दीको व्यक्तिहरू हुन् ।
हामंो आजको आधारभूत उद्देश्य भन्नु नै २१ औँ शताब्दीका नयाँ मानिस सृजना गर्नु हो । यद्यपि यो व्यवस्थित प्रक्रिया बनिसकेको छैन । यो हाम्रो अध्ययन र कार्यबीचको उद्देश्य हो । यस प्रसङ्गमा हामीले केही नीतिगत सफलता पाइसक्यौँ पनि । माक्र्सवाद, लेनिनवादको उद्देश्यको निम्ति सम्पूर्ण मानव जातिको निम्ति र सम्पूर्ण मानव जातिको निम्ति हामीले केही योगदान गरिसक्नेछौं ।
१९ औँ शताब्दीका मानिसहरूसँग भिड्ने क्रममा हामी २० औँ शताब्दीमा अस्पष्ट भयौँ, यो कुनै ठूलो समस्या होइन । तर, संशोधनवादीहरूले यसबाट फाइदा उठाउनुअघि नै हामीले जनतालाई सचेत पारी परिवर्तनतर्फ लम्कनुपर्छ । समाजको हरेक सदस्यको उन्नतिको लागि प्राविधिक सम्भावनाहरू बढाउनुपर्छ । वर्तमानमा सङ्घर्ष गरौँ, भविष्य हाम्रो हातमा छ ।
क्रान्तिकारी नयाँ पुस्ता
समग्रमा, हाम्रो त्रुटी भनेको हाम्रा कलाकार र बुद्धिजीवीहरू सच्चा क्रान्तिकारी नहुनु नै हो । हो, नासपाती फलाउनको निम्ति देवदारको रुखलाई कलमी गर्न सक्छौं तर त्यतिखेर नासपातीको बोट पनि रोप्नुपर्छ । अनिमात्र नयाँ पुस्ता खोटबिना जन्मिनेछन् । तसर्थ, क्रान्तिकारी नयाँ पुस्ता जन्माउन सैद्धान्तिक ज्ञानमा जोड दिनुपर्छ । स्वतन्त्रता र संस्कृतिलाई फराकिलो बताए नयाँ कलाकार जन्मिने सम्भाव्यता पनि फराकिलो हुन्छ ।
आजको आवश्यकता नयाँ पुस्तालाई विरोधाभासपूर्ण परिस्थितिबाट बचाउनु हो, भाँडिएर हिँड्ने पुस्ताबाट अलग्याउनु हो । हामीले कर्मचारी सोचाइका आज्ञाकारी नोकरहरू वा स्वतन्त्रताको नाममा राज्यको लगानीमा ‘छात्रवृत्ति विद्यार्थी’ बनाउन हुन्न । क्रान्तिकारीहरू यही आएर जनताको आवाजमा नयाँ मानवको गीत गाउँछन् । यसको लागि लामो समय लाग्छ । हाम्रो समाजमा पार्टी र युवाले ठूलो भूमिका खेल्छ । युवाहरू देश निर्माणका मलिला माटा हुन् जसबाट पुरानो खोटविनाको चाहेको आकृति बनाउन सक्छौं । उनीहरूलाई उत्साहित पार्ने व्यवहार गरिनेछ । उनीहरूको शिक्षा दिनप्रतिदिन पूर्ण हुनेछ र निश्चय नै श्रममा जोडिएको हुनेछ । हाम्रा छात्रवृत्तिका विद्यार्थीले बिदाको समयमा वा पढाइसँगसँगै काम गर्नुपर्दछ । काम उनीहरूको लागि कुनै पक्षमा पुरस्कार हो भने कुनै विषयमा शिक्षाको माध्यम पनि हो तर त्यो कहिल्यै सजाय हुनेछैन । यसरी हामी नयाँ पुस्ता तयार गर्छौं । पार्टी बौद्धिक जमात हो । सक्षम कार्यकर्ता नै यसका सदस्य बन्छन् । यो अल्पमत भए पनि कार्यकर्ताको योग्यताका कारण यसको महान अभिभारा रहेको हुन्छ । हाम्रो उद्देश्य सम्पूर्ण जनताको पार्टी बन्ने हो तर यो त्यतिबेला सम्भव छ जतिबेला सबै जनता रक्षकदलको दाँजोमा पुग्छन्, जब उनीहरू साम्यवादबारे जानकार हुन्छन् । हाम्रो शिक्षाले उनीहरूलाई यसप्रति भोको बनाउँछ । हाम्रो पार्टी यसको ज्वलन्त उदाहरण हो । पार्टीले जनतामा मेहनत र बलिदानको भावना सञ्चार गर्र्नुपर्छ । पार्टीकै नेतृत्वमा क्रान्तिकारी कार्यहरू सम्पन्न गरिनुपर्दछ । निर्माणको कठोर सङ्घर्ष, वर्ग शत्रु तथा साम्राज्यवादसँगको सङ्घर्षहरू पनि त्यसैमा पर्छन् ।
व्यक्तिको भूमिका
अब म इतिहास निर्माणमा सम्पूर्ण महिला र पुरुषले देखाएको वीरता र उत्साहलाई केही उल्लेख गर्न चाहन्छु । क्रान्ति नायक फिडेलले पहिलो वर्ष क्रान्तिलाई तरङ्ग र नेतृत्व दिए । उनले सधैं बाटो देखाउने काम गरे । हामीसँग केन्द्रीय नेताकै रूपमा त्यही बाटोबाट विकसित हुँदै आएको क्रान्तिकारी दस्ता छ । नेतृत्व तहसँग आस्था भएकैले आज धेरैले साथ दिइरहेका छन् । नेतृत्व तहले उनीहरूको उत्साहलाई बुझेकै कारणले उनीहरूलाई जनता विश्वास गर्छन् ।
कुनै एकजना व्यक्तिको आम्दानीले कति किलो मासु खान पुग्छ, कतिपटक समुद्री किनारमा घुम्न पाउँछ र के कस्ता चमकदार मालसामान विदेशबाट झिकाउन सक्छ, त्यो महत्वपूर्ण कुरा होइन । मुख्य कुरा त त्यो व्यक्तिलाई मानसिकरूपले सशक्त र समाज उत्थानको जिम्मेवारीबोध गराई पूर्ण स्वतन्त्र बनाउनु हो ।
बलिदानको यो युगमा जन्मेका हाम्रा देशका जनतालाई बलिदानको बारेमा राम्रो जानकारी छ । सियरा माइस्ट्रा ९क्ष्भचचब ःबभकतचब० को पहिलो युद्धमा होस् वा अमेरिकी साम्राज्यवादको विरुद्ध होस् क्युवाली जनताको बलिदानी भावनालाई बुझिसकेका छन् । उनीहरूले ल्याटिन अमेरिकामा त्यो लहर ल्याउन पनि मद्दत गरेका थिए । यसका निम्ति सम्पूर्ण क्युवाली जनताप्रति हामी कृतज्ञ छौं । उनीहरू आफ्नो तुच्छ स्वार्थमा कहिल्यै फसेनन् । यसैकारण आज हाम्रो क्रान्तिलाई ठूलो राहत मिलेको छ ।
मानवीय मोह
यो हाँस उठ्दो विषय हुनसक्छ तर एकजना सच्चा क्रान्तिकारी आत्मीयता, प्रेम, र सद्भावको भावनाबाटै अगाडि बढेको हुन्छ । यी विनाकुशल नेतृत्वको कल्पना गर्न सकिन्न । नेतृत्व तहले गम्भीर धैर्यताका साथ विचलित नभई बुद्धिमतापूर्ण निर्णय दिनुपर्ने हुन्छ । हाम्रो नेतृत्वले जनताको माया बुझ्नुपर्दछ, यसलाई अखण्डनीय र एक बनाउनुपर्छ । उनीहरू साधारण मानिसजस्तो दैनिक आकर्षणको सानो मात्राले भड्किनुहुन्न ।
हो, हाम्रा क्रान्तिकारी मित्रहरूको पनि आफ्नै परिवार छ । तोतेबोलीमा ‘बुबा’ पनि भन्न नसक्ने बच्चा छन् । उनीहरूका जीवनसङ्गीहरूले पनि क्रान्तिको उद्देश्यपूर्तिको अभियानमा आफ्नो जीवन उत्सर्ग गरेका छन् । उनीहरूको साथीको घेरा क्रान्तिकारीकै कामरेडहरूको घेरामा सीमित छ । सबै कामरेडहरू हाम्रा मित्र हुन् । यसबाहेक हाम्रा अर्काे संसार छैन ।
तसर्थ, हामीले एक अर्काप्रति सहानुभूति राख्नुर्छ । मध्ययुगका अतिवादीहरूलाई निर्मूल पार्न, आमजनताको पक्षमा उभिन, न्याय र सत्यको पक्षमा अडिग रहन र समाजबाट अलग्ग नरहन हामी एकढिक्का हुनुपर्छ । एकअर्काप्रतिको सद्भावले हाम्रोले उत्साह प्रदान गर्छ ।
पार्टीभिका क्रान्तिका चालक शक्तिलाई नियमित अन्त्यहीन गतिविधिको माध्यमबाट विश्वव्यापीरूपमा समाजवाद स्थापना नभएसम्म उपयोग भइरहनेछ । यदि हाम्रा मित्रहरूले स्थानीय क्षेत्रमा आफ्नो कर्तव्य पूरा गरेर विश्वमा सर्वहारा अधिनायकत्व स्थापना गर्ने परम कर्तव्य भुलेको खण्डमा हामी हाम्रो उद्देश्यमा पुग्न सक्दैनांै । साम्राज्यवादी, वर्ग शत्रुहरूले यसको फाइदा पठाउने छन् र हामीलाई उठ्नै नसक्ने खाल्डोमा पुर्नेछन् । तसर्थ सर्वहारा अन्तर्राष्ट्रवाद हाम्रो दायित्व हो, यो क्रान्तिकारी आवश्यकता पनि हो । यसै ढङ्गले हामी जनतालाई सचेत पार्छाैं ।
सिद्धान्तको खतरा
क्रान्तिपश्चात्को समयमा हामीले सिद्धान्तको मात्र चिन्ता होइन, जनता नै हामीबाट छुटिनसक्ने सम्भाव्यताले त्रसित छौं । हाम्रो सानो कमजोरीले हाम्रो क्रान्तिको उपलब्धि धुलोमा मिसिने कुरामा हामी चिन्तित छौं । यदि कसैले आफ्नो पूरै जीवन क्रान्तिको लागि समर्पण गरेको भनी त्यसको बदलामा आफ्नो बच्चालाई केही अभाव छ, बच्चाको जुत्ता च्यातेको छ भन्ने सोचेमा भविष्यमा सदा भ्रष्टाचारको खतरा रहन्छ ।
हाम्रो सन्दर्भमा, हामीले व्यवस्था गरे अनुसार, हाम्रा बच्चाहरूमा साधारण बच्चासँग जे छ त्यो हुन्छ, जे हुन्न त्यो हाम्रो बच्चासँग पनि हुन्न । हाम्रो परिवारले यो बुझ्नुपर्छ, यसको लागि निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । क्रान्ति जनताले नै गरेका थिए, अब प्रत्येक व्यक्तिले आफ्नो क्रान्तिकारीता झल्काउनुपर्छ ।
हामी यसरी नै अगाडि बढ्छौ । हाम्रा क्रान्तिकारी नेता फिडेल सबैभन्दा अगाडि हुनुहुन्छ भन्दा हामीलाई न त लाज लाग्छ न त डर । उहाँको पछि, पार्टीका उष्कृष्ट कार्यकर्ताहरू हुनुहुन्छ । यसको लगत्तै जनताको विशाल शक्ति छ, एउटा ठोस स्वरूप एउटै साझा उद्देश्यको निम्ति अगाडि बढिरहेका पुरुष र महिलाहरू जसलाई के गर्नुपर्छ भन्ने राम्ररी थाहा छ । यो ठूलो भीड आफै व्यवस्थित हुन्छ चेतनाको कारणले । क्रान्तिकारी चेतनाले युक्त यस लर्काेलाई कसैले छुट्याउन सक्दैन । सङ्घर्ष पश्चातको नयाँ भविष्यलाई निश्चित पार्न सबै एकगठ छन् ।
हामीलाई थाहा छ, बलिदान अगाडि छ र हामीले राज्यको रूपमा केही सहासिक तथ्य पनि दिनुपर्ने हुन्छ । नेतृत्वकर्ताको रूपमा हामी अमेरिका अगाडिका जनताका नेता हौं भन्दा हामीले केही गुमाउनु पर्दैन । हामी सबैजना आफ्नो ज्यान उत्सर्ग गरेर राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न तयार छौं । भविष्यका नयाँ मानिस बनाउन सबै सजग छन् । म केही निष्कर्षहरू निकान्न चाहन्छुः
१) हामी समाजवादीहरू स्वतन्त्रतावादी हौं किनकि हामी पूर्ण छौं । हामी पूर्ण छौं त्यसैले हामी स्वतन्त्रतावादी हौं ।
२) पूर्ण स्वतन्त्रताको अस्थिपञ्जर हाम्रो हातमा छ । शरीर र कपडा अब हामी निर्माण गर्छाैं ।
३) रगत र बलिदान जीवनको निम्ति लड्यौं । बलिदान जीवनको निम्ति ग¥र्यांै, समाजवाद निर्माणको निम्ति ग¥यौं ।
४) हाम्रो यात्रा लामो छ । हामीलाई हाम्रो बाध्यता थाहा छ । हामी आफै २१ औं शताब्दीका नवमानव नयाँ प्रविधिबाट सृजना गर्न लाग्नेछौं । आफ्ना कमजोरीलाई सच्याउँदै प्राविधिक विकासमा अघि बढ्छौं । जनताको इच्छा र आकाङ्क्षालाई पूरा गर्न हरेक व्यक्ति जिम्मेवारीपूर्वक लाग्नेछ । कोही आफ्नो कर्तव्यबाट पन्छिने छैन ।
५) हाम्रो पार्टी सर्वाेत्तम छ । क्रान्तिकारीहरूले हाम्रो बाटो सहज बनाइदिएको छ ।
६) युवा नै भविष्यका कर्णधार हुन् । हाम्रो उच्च झण्डालाई उनीहरूको काँधमा राख्दैछौं । हामीलाई उनीहरूबाट ठूलो आशा छ ।
यदि यस पत्रले केही जागरण फैलाएको छ भने मैले कर्तव्य पूरा गरेको सम्झनेछु । स्वीकार्नुहोस् न्यानो माया ।
स्वतन्त्रता या मृत्यु ।
अनुवादः अनिता
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *