भर्खरै :

संरा अमेरिका शक्तिले पेलेर समाधान खोज्छ

जो चोङ मान, प्रजग कोरियाली राजदूत
जापानी साम्राज्यवादीहरूको आततायी उपनिवेशवादी शासन अन्त्य गर्दै कोरिया मुक्त भयो । ४० वर्षभन्दा लामो समय कोरियाले जापानी साम्राज्यवादी शासन झेल्नुप¥यो । साम्राज्यवादी शासनबाट मुक्त भए पनि कोरियाले बितेका ७० वर्षदेखि विभाजनको मार खेपिरहेको छ ।
सन् २००० जून १५ र २००७ अक्टोबर ४ मा उत्तर र दक्षिण कोरियाली ऐतिहासिक शिखर सम्मेलन र सन् २०१८ अप्रिल २७ मा भएको पानमुनजोम घोषणाले कोरियामा शान्तिपूर्ण, समृद्ध र पुनः एकीकरणको नयाँ युगमा प्रवेश गरेको छ ।
तथापि अन्तरकोरियाली सम्बन्ध विकासमा अझै पनि धेरै चुनौती र अवरोधहरू छन् । पानमुनजोम घोषणा कार्यान्वयन अझै चुनौतीपूर्ण छ । यदि उत्तर र दक्षिणले आपसी साथ नछोडे स्वाधिनताको दृढतापूर्ण सिद्धान्तअघि सफलता धेरै टाढा छैन ।
कोरिया प्रायः द्वीपको आणविक विषय
सन् १९८५ को १२ डिसेम्बरमा प्रजग कोरिया आणविक हतियार अप्रसार सन्धिमा सहभागी भयो । आणविक ऊर्जा कार्यक्रम सहकार्य गर्ने नै सो सन्धिमा सहभागी बन्नुको मूल हेतु थियो । सन् १९९२ अप्रिल १० बाट बनेको सो सन्धि कार्यान्वयनमा गयो । सोही प्रतिवेदनअनुसार सन् १९९२ मेमा अन्तर्राष्ट्रिय आणविक सन्धि सङ्गठन (IAEA)हामीले प्रतिवेदन पेश ग¥यौं । IAEA ले प्रजग कोरियाका केन्द्रहरूको अनुगमन गर्न र दुईवटा सैनिक केन्द्र स्थापना गर्न माग ग¥यो । हामी मानेनौँ । त्यसैमा कुरा मिलेन । हामीले संरा अमेरिकालगायत पश्चिमा देशहरू सामेल भएको IAEA लाई हाम्रा आणविक केन्द्र कसरी निरीक्षण गर्न दिनसक्छौँ र ?
हामीले उनीहरूको दबाब मानेनौं फलत ः सन् १९९३ को मार्च १२ देखि सो सन्धिबाट फिर्ता हुने हामीले निर्णय गर्नुप¥यो ।
जनवरी २००२ मा जर्ज डब्लु बुशले प्रजग कोरियालाई ‘दुष्टहरूको मण्डली’ को दोषारोपण ग¥यो ।
त्यसयता संरा अमेरिकाले शक्तिको आडमा प्रजग कोरियालाई ध्वस्त बनाउन हरसम्भव प्रयास गरिरह्यो । इराक युद्ध, अरब विद्रोह र लिविया, इजिप्ट, यमन सिरिया र बहराइन ध्वस्त हुने गरी भएको लडाइँले संरा अमेरिकी मनसाय पुष्टि हुन्छ ।
आफ्नो सार्वभौमिकता, सुरक्षा, विकास गर्ने अधिकार र आफ्नो देशको अस्तित्व आक्रामक शक्तिबाट खुलमखुला भइरहेको हमलाबाट जोगाउन प्रजग कोरिया आफ्नो आणविक कार्यक्रम अघि बढाउन बाध्य छ ।
सन् २०१७ को पहिलो दिन प्रजग कोरियाको सर्वोच्च नेता किम जङ उनले औपचारिकरूपमा दिएको मन्यव्यमा अन्तरमहादेशीय बालास्टिक मिसाइलको परीक्षणको तयारी अन्तिम चरणमा पुगेको घोषणा गर्नुभयो । सन् २०१७ मा हामीले विभिन्न चरणमा परीक्षण ग¥यौं । ती परीक्षणहरू सुरक्षित र पारदर्शी थिए । संसारले ती परीक्षणको सफलता आफ्नै आँखाले हे¥यो ।
हाम्रो देशको आणविक शक्ति संरा अमेरिकाका कुनै पनि आणविक धम्की विफल बनाउन सक्षम छ । त्यसले कुनै बहुलठ्ठीपूर्ण लडाइँ हुनबाट रोक्ने छ ।
गत वर्षको नयाँ वर्षको सन्देशमा सर्वोच्च नेता किम जङ उनले संरा अमेरिकाले प्रष्टतः सजग रहनुपर्ने बताउनुभयो । उहाँले यो कुनै धम्कीमात्र नभई वास्तविकता भएको प्रस्ट पार्नुभयो ।
कोरियाली मजदुर पार्टीको स्वाधीन र रणनीतिक निर्णयले कोरियाली प्रायःद्वीपमा शान्तिको वातावरण बन्यो । संसारकै सबभन्दा खतरनाक मानिएको प्रजग कोरिया र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई प्रजग कोरिया – संरा अमेरिकी शिखर बैठकले कोरिया प्रायःद्वीप र सो क्षेत्रमा शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ ।
सन् २०१८ जून १२ को दिन इतिहासमा सधैँ अङ्कित हुने मिति हो । कोरिया प्रायः द्वीप र बाँकी विश्वमा शान्ति सुनिश्चित गर्न युगान्तकारी घटना त्यो दिन भयो । सिङ्गापुरको सेन्टोसा टापुमा कोरियाली मजदुर पार्टीको अध्यक्ष किम जङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भयो ।
दोस्रो वार्ता भियतनामको हनोईमा सन् २०१९ को फेब्रुअरी २७–२९ मा सम्पन्न भयो । प्रजग कोरियाको परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार हनोई शिखर वार्ता संरा अमेरिकाको मनपरि व्यवहार र बेइमानीका कारण त्यो सम्मेलन विफल भयो । सहमत हुनै नसकिने समाधानमा संरा अमेरिकाले बढी जोड दिइरह्यो ।
आपसी विश्वास निर्माणको लागि हामीले रणनीतिकरूपमा प्रतिरक्षात्मक निर्णय ग¥यौँ । हामीले आणविक परीक्षण र अन्तरप्रादेशिक बालास्टिक मिसाइल परीक्षण बन्द ग¥यौं । अमेरिकी सेनाको बाँकी अवशेष प्रजग कोरियाले फिर्ता ग¥यो । तर संरा अमेरिकाको तर्फबाट हामीले त्यस्तो सद्भावपूर्ण व्यवहार पाएनौँ । बरु एकपछि अर्काे प्रजग कोरियाको निःशस्त्रीकरणलाई मात्र जोड दिइरहयो । यी तथ्यलाई बेवास्ता गरेर हनोइमा भएको प्रजग कोरिया संरा अमेरिकी शिखर वार्ता असफल हुनुको कारणबारे संरा अमेरिकी भनाइ पूर्णतः असान्दर्भिक छ । उसले प्रजग कोरियामाथि गर्दै आएको दोषारोपण सही होइन । अमेरिकाको यस्तो बद्नियतप्रति सबैले ध्यान दिन आवश्यक छ ।
हामी फेरि एकपल्ट प्रस्ट पार्न चाहन्छौँ, जुन माध्यमबाट संरा अमेरिकाले प्रजग कोरियालाई तर्साउन खोजिरहेको छ । त्यसैले हामीलाई एक इञ्च पनि पछि धकेल्न सक्नेछैन । प्रजग कोरियामाथि संरा अमेरिका अविश्वासिलो र आक्रमक बन्छ । त्यति कडा प्रतिकार गर्न हामी तयार छौँ ।
संरा अमेरिकाले अहिले अघि सार्दै आएको हिसाब किताब त्यागेर नयाँ प्रस्तावसहित अघि आउँदैन दुई देशको वार्ता पुनः हुने सम्भावना छ । आणविक विषय समाधान गर्दै सम्भावना पनि कम छ ।
हामी संरा अमेरिकालाई वास्तविकता बोध गर्न सल्लाह दिन चाहन्छौँ । साथै संवाद र वार्ता पुनः थालनी कसरी गर्नेबारे सोच्न आग्रह गर्न चाहन्छौँ ।
संरा अमेरिका शक्तिले पेलेर समस्याको समाधान खोज्छ । तथापि उसले वार्ताको रटान लगाउन छोड्दैन । (सिङ्गापुर वार्तापछि प्रजग कोरियाविरुद्ध संरा अमेरिकाले गरेका राजनीतिक, आर्थिक र सैनिक आक्रमणले संरा अमेरिकाको वास्तविक मनसाय प्रस्ट हुन्छ ।
आकाशमा बादल मडारिँदा पानी पर्ने सम्भावना प्रवल हुन्छ । आक्रामक गतिविधिले अवस्थालाई थप तनावपूर्ण बनाउनका साथै कोरियाली प्रायः द्वीपमा अस्थिरता निम्त्याउने छ । नकारात्मक प्रभाव बलियो हुन्छ । शक्तिको प्रयोग संरा अमेरिकाको मात्र एक्लो एकाधिकार हुनसक्दैन ।
सिङ्गापुर वार्ताबाट जारी भएको संयुक्त वक्तव्य अब मृत दस्तावेजमा परिणत हुने खतरा छ । संरा अमेरिका त्यसको कार्यान्वयनमा ल्याउन अनकनाइरहेको छ ।
संरा अमेरिकाको आक्रमक र एकपक्षीय नीति प्रजग कोरियामा काम लाग्ने छैन । प्रजग कोरियाली संयमको सीमा छ । अब संरा अमेरिकाले आफ्नो आक्रामक नीति फिर्ता गर्ने समय आएको छ ।
(नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा भएको ‘कोरियाको वर्तमान अवस्था’ विषयक प्रवचन कार्यक्रममा शुक्रबार व्यक्त मन्तव्यको सार सङ्क्षेप –संं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *