विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
रमाल्लाह, २३ जून । प्यालेस्टाइनका विदेशमन्त्रालयले आइतबार मध्यपूर्वका लागि संरा अमेरिकाले घोषणा गरेको आर्थिक योजना ‘दोस्रो बालफोर घोषणा’ भएको प्रतिक्रिया दिएको छ । बालफोर घोषणा सन् १९१७ मा पहिलो विश्वयुद्धपछि बेलायत सरकारले प्यालेस्टाइनी भूमिमा यहुदी जातिको राष्ट्रिय घर स्थापनाको लागि सार्वजनिक गरेको वक्तव्यलाई भनिन्छ ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा “प्यालेस्टाइनी जनता र उनीहरूको अधिकारविरुद्ध दिनानुदिन अमेरिकी मनसाय र धारणा प्रस्ट भएको छ । हानिकारक ट्रम्प घोषणा भनेको दोस्रो बालफोर घोषणा हो । त्यसले प्यालेस्टाइनी जनताको अस्तित्व अस्वीकार गर्दछ ।”
मन्त्रालयको वक्तव्यले प्यालेस्टाइनी भूमिमाथिको कब्जामाथि सेतो पोत्ने मनसायले मध्यपूर्वको लागि आर्थिक कार्यक्रम घोषणा गरेको जनाएको छ । “आर्थिक योजनाले प्यालेस्टाइनी राज्य र राज्यका अङ्गको अर्थतन्त्रबारे कुरा गर्न चाहेको छैन । यसले प्यालेस्टाइनी भूमिमाथि कब्जा र जबरजस्ती बसोबासलाई वैधता दिन खोजेको छ ।”
गएको जून २५ र २६ मा बहराइनको राजधानी मानामामा आयोजित आर्थिक कार्यशालाबीच संरा अमेरिकाले मध्यपूर्व शान्ति योजनाको पहिलो चरण सार्वजनिक गरेको थियो । संरा अमेरिकी राष्ट्रपति कार्यालयले गएको मे महिनामा मध्यपूर्व शान्ति योजनाको घोषणा गरेको थियो ।
सो कार्यशालामा प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले आफ्नो प्रतिनिधित्व नहुने पहिले नै घोषणा गरेको थियो ।
सन् २०१७ को डिसेम्बरमा संरा अमेरिकी डोनाल्ड ट्रम्प सरकारले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेपछि र सन् २०१८ को मे महिनामा संरा अमेरिकी दूतावास जेरुसेलममा सार्ने निर्णय गरेलगत्तै प्यालेस्टाइनी सरकारले संरा अमेरिकासँग कूटनीतिक सम्बन्धविच्छेद गरेको थियो ।
Leave a Reply