भर्खरै :

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालु

भक्तपुर,१६ असार : भक्तपुर नगरपालिकाका प्रमुख एवम् पाँचौं नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिले सोमबार बसेको नगरसभाको बैठकमा शारदा क्याम्पस, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजना, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, शारदा क्याम्पस मावि, ख्वप उच्च माविबारे बेरुजु फछ्र्योट प्रस्ताव पारित गर्नुभयो ।
सोमबार बसेको नगरसभाले शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, निर्माण समिति, लेखा आर्थिक र सहकारी समिति, युवा तथा खेलकुद समिति, महिला, बालबालिका तथा समाज कल्याण समिति, वातावरण तथा पर्यटन समिति, न्यायिक समिति, खानेपानी समिति, कृषि समिति, विधायन समिति, अपाङ्गतासम्बन्धी अस्थायी समन्वय समिति, बजार अनुमगन समितिका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।
नगरसभामा आर्थिक विधेयकमाथि छलफल सम्पन्न भयो । छलफलमा सभासद्हरु सूर्यप्रसाद श्रेष्ठ, शिवप्रसाद बाला, सिद्धिराम अवाल, हेरा ख्याजु, तुल्सीलक्ष्मी बाटी, सम्झना खाइजु, रञ्जना त्वाती, जितेन्द्र मुनंकर्मी र राजेन्द्र माकले आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो ।
पाँचौं नगरसभाको सोमबार सम्पन्न बैठक भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सुरु गर्नुभएको थियो । बैठक असार १८ गते दिउFसो १ बजे बस्ने गरी स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *