युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– गोपाल नगरकोटी
एसईईको परीक्षा नतिजा सार्वजनिक भएसँगै विभिन्न मावि र कलेजमा भर्ना हुने विद्यार्थीको भीड भइरहेको छ । आ–आफ्नो रुचिअनुसारको विषय पढ्न विद्यार्थीहरू फारम लिन र भर्न व्यस्त देखिएका छन् । भर्ना फारम वितरणसँगै यतिबेला विद्यालय–विद्यालयमा विद्यार्थीहरूको सम्मान, बधाई तथा मार्ग निर्देश कार्यक्रम पनि भइरहेको छ । उक्त कार्यक्रम विद्यार्थीहरूको निम्ति मार्ग निर्देश बनेको छ । कुन स्तरका कुन विद्यार्थीले के विषयमा पढ्ने भन्नेबारे जानकारी मिलेको छ । यस अर्थमा विद्यालयमा भइरहेको मार्ग निर्देश कार्यक्रम समय सान्दर्भिक छ र त्यो आवश्यक छ ।
कुन विद्यालय या कलेजमा कुन विषय लिएर पढ्नुभन्दा अघि विद्यार्थीले आफ्नो रुचि, क्षमता र आर्थिक अवस्था हेर्नुपर्छ । हरेक विषयमा आफू कमजोर छ भने रहर हुँदैमा गा¥हो विषय रोज्नु उपयुक्त हुँदैन । कमजोर विद्यार्थीले साइन्स लिएर या इन्जिनियर बन्ने सपना लिएर विषय रोजेपछि आफ्नै निम्ति घाँडो हुने छ र फेरि अर्कै विषय लिएर पढ्नुपर्ने हुन्छ । आफ्नो रुचि, क्षमता र आर्थिक स्थिति नहेरी कुनै साथीहरूको लहैलहैमा जानुहुँदैन ।
एसईई परीक्षाको सफलता न पहिलो हो न अन्तिम हो । यस्ता सफलताहरूको सिंढी धेरै पार गर्नुपर्छ । एसईईमा झैं कलेजमा पनि सफलता प्राप्त गरेर उच्च शिक्षा हासिल गर्नुपर्छ । आफूले आर्जन गरेको शिक्षाले देशको लागि आवश्यक जनशक्ति तयार गर्नेछ र विज्ञान र प्रविधिको विकासमा टेवा पु¥याउने छ । हरेक विद्यालयका प्रअ, शिक्षक र अभिभावकहरूको चाहना ती विद्यार्थीहरूको भविष्य जीवन सुनिश्चित गर्नु नै हो । देशभक्त, चरित्रवान, अनुशासित भएर उच्च शिक्षा हासिल गर्ने र देशको सेवा गर्नु नै विद्यार्थीको लक्ष्य हुनुपर्छ । उच्च शिक्षा हासिल गर्न उच्च शिक्षालयमा पाइला टेकेका विद्यार्थीहरूले सङ्कीर्ण विचार छोड्नुपर्छ र देश र जनताप्रति समर्पित भएर शिक्षाध्यन गर्नुपर्छ । हरेक विषय आ–आफ्नो क्षेत्रमा त्यतिकै महत्वपूर्ण हुन्छ । सीप, कला, दक्ष या प्रतिभावान विद्यार्थीहरू जहाँ पनि टिक्छन् र सफल हुन्छन् । उनीहरूको माग बढेको हुन्छ । भर्नाको फारम वितरण या भर्ना अभियानको लहर चलिरहेको यो बेला विद्यार्थीहरू कसैको लहैलहैमा नलागी आफ्नो योग्यता, क्षमता र रुचितर्फ ध्यान दिनुपर्छ । यसले आफ्नो, परिवार र समाजको निम्ति फाइदा गर्छ या पछि पछुताउ गर्नुपर्ने छैन ।
Leave a Reply