भर्खरै :

चीनको शानदार उदय

जेफ्री साक्स (Jeffrey Sachs)
इतिहासमा विभिन्न कारणले चीनले अवसर गुमायो । सन् १९७८ सम्म चीन विश्वकै गरिब देशहरूमा गनिन्थ्यो जुन आज सुन्दा पनि अपत्यारिलो महसुस हुन्छ । करिब १००० वर्ष विश्वको नेतृत्व गरेको चीनको लागि यो पीडाको विषय थियो । करिब सन् ५०० – ६०० देखि कम्तीमा सन् १५०० सम्म चीन तत्कालीन प्रविधिको कारण विश्वको आर्थिक एवम् भूराजनीतिक शक्ति राष्ट्र थियो । बितेका ४० वर्षमा हामीले चीनमा विश्व इतिहासकै तीव्र आर्थिक विकास देख्यौं । गरिबीको स्थितिबाट माथि उठ्न विवेकपूर्ण नीतिहरूको अवलम्बन नै यसको प्रमुख कारण बन्यो ।
चीन सरकारले भनेजस्तै आजको चीन एक विकासोन्मुख मुलुक हो । हाल चीनको प्रतिव्यक्ति आय बजार विनिमय दरका आधारमा हेर्दा संरा अमेरिकाको तुलनामा पाँच खण्डको एक खण्डमात्र छ । त्यसैगरी समायोजित क्रयशक्ति विनिमय दरका आधारमा मूल्याङ्कन गर्दा संरा अमेरिकाको प्रतिव्यक्ति आयको एकतिहाइमात्र छ । तसर्थ अहिले पनि संरा अमेरिकालाई भेट्टाउने चीनको प्रयास जारी छ ।
चीन र संरा अमेरिका तथा चीन र युरोपबीचको दूरी घट्दै गए सँगै चीनको वृद्धिदर घट्दै छ । अरुलाई भेट्टाउने प्रयासमा यो सामान्य अवस्था हो । विगतको १० प्रतिशतको वार्षिक वृद्धिदर आज आएर करिब ६ प्रतिशतमा झ¥यो । यसप्रकारको सफल पुनः प्राप्तिको मार्गमा यो अपेक्षित दृश्य नै हो, यसका दुई कारण छन् । प्रथमतः प्रविधिको प्रतिस्पर्धाका लागि सिमाना उल्लेख्यरूपमा बन्द भएको छ । दोस्रो, ग्रामीण क्षेत्रका अतिरिक्त श्रमिक करिब सकिएको अवस्था छ । गाउँहरूबाट ठूलो सङ्ख्यामा युवा कामदारहरू आउने क्रम अब देखिंदैन । त्यसकारण नियमित कुल गार्हस्थ उत्पादन वृद्धिबाट सजिलै फाइदा लिन अब सकिंदैन । यो कुरा मैले यसकारण उल्लेख गरेको छु किनकि चीनले संरा अमेरिकाको आर्थिक विकास र तीव्र वृद्धिमाथि धोका दियो भन्ने संरा अमेरिकाको आरोप अझ पूर्णतः गलत छ । यसलाई चीनको विकासबारे विना जानकारी लगाइएको आरोप भन्दा अतिशयुक्ति नहोला ।
चीन आफ्नो पुनः प्राप्तिको यात्रामा प्रभावकारी ढङ्गले छिटो बढ्दै छ र उसले विवेकपूर्ण, सामान्यरूपमा, अनुशासित, शान्तिपूर्ण र नियमसङ्गतरूपमा यो काम गर्दै छ । चीनले कुनै प्रकारले घातक औद्योगिक जासुसी र धोका दिएको भन्ने कथनलाई म पूर्णतः अस्वीकार गर्छु, यो नितान्त राम्रो अर्थतन्त्र हो । हामी त चीनप्रति कृतज्ञ हुनुपथ्र्यो । करिब ८० प्रतिशत गरिबी रहेको मुलुक आज करिब गरिबीमुक्त मुलुक बनेको छ र आगामी वर्षसम्ममा निरपेक्ष गरिबीमुक्त मुलुक बन्ने छ । यो कुनै प्रचारबाजीमात्र होइन, वास्तविकता पनि हो । यदि तपाईं चीनको सबैभन्दा गरिब इलाकाहरूमा जानुभयो भने देख्नुहुनेछ, विश्वका अन्य गरिब क्षेत्रहरूको तुलनामा तिनीहरू धेरै धनी छन् । त्यहाँ बिजुली, टेलिभिजन र अन्य सुविधाहरू छन् । यसको अर्थ यो होइन कि त्यस्ता क्षेत्रमा प्रशस्त विकास भएको छ, तर अति गरिबीको भने अन्त्य भइसकेको छ । आर्थिक विकासको क्षेत्रमा यो ठूलो उपलब्धि हो ।
चीनले गुमेको अवसरको पूर्ति गरेकोमा दुनियाँ खुसी हुनुपर्ने हो, तर्सनु नपर्ने हो । चीनले यो काम शान्तिपूर्वक ग¥यो र मलाई विश्वास छ, चीनले यसलाई निरन्तरता पनि शान्तिपूर्वक नै दिने छ ।
संरा अमेरिकाको गलत मानसिकता
संरा अमेरिकाका दक्षिणपन्थीहरू अहिले यस कुराबाट आत्तिएका छन् – चीनको जनसङ्ख्या संरा अमेरिकाको जनसङ्ख्याभन्दा चार गुणा ठूलो छ र संरा अमेरिकी आयको २५ प्रतिशतमात्र चीनको आय रहे पनि चीनको अर्थतन्त्र सबैभन्दा ठूलो हुनेछ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१२ तिर नै चीनले क्रयशक्तिका आधारमा ठूलो अर्थतन्त्रको रेखा पार गरिसकेको थियो ।
चीन अहिले जनसङ्ख्याको आधारमा चारगुणा ठूलो, आयका आधारमा एकतिहाइ अर्थात् समग्रमा संरा अमेरिकाको तुलनामा तीनचौथाइ कुल गार्हस्थ उत्पादन र संरा अमेरिकाको भन्दा ३० प्रतिशत ठूलो अर्थतन्त्र, विश्वकै ठूलो हो । उनीहरूको हेर्ने दृष्टिकोणका कारण संरा अमेरिकीहरू अप्ठ्यारोमा परेका छन् । उनीहरू संरा अमेरिका एक नम्बरमा हेर्न चाहन्छन्, तर अचानक संरा अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र रहेन । बजार सूचकका आधारमा, बजार विनिमय दर आदिका आधारमा भने संरा अमेरिका अरू केही समयका लागि ठूलो अर्थतन्त्र रहिरहने छ । तर त्यस्तो स्थिति पनि स्थायी रहने छैन । त्यसको लागि चीन असफल नै हुनुपर्ने छ, जुन चीनको लागि मात्र नभई विश्वकै लागि ठूलो दुर्घटना हुने छ ।
संरा अमेरिकी दृष्टिकोणमा यो संरचनागतरूपमै मनोवैज्ञानिक एवम् भूराजनीतिक मुद्दा हो र संरा अमेरिकी विदेशनीति संसारभरि सबै क्षेत्रमा प्रभुत्व र हैकम अवधारणामा आधारित छ । उसको लक्ष्य पनि यही हो । विशाल जनसङ्ख्यासँगै रणनीतिक हतियारसहितको चीनको ठूलो आधुनिक अर्थतन्त्र उसको हैकम र प्रभुत्वमाथि चुनौती बन्दै गएको छ । यसको अर्थ विगत लामो समयदेखि संरा अमेरिकाले उपभोग गर्दै आएको हैकम र वर्चश्वको अन्त्य हुँदै छ । व्यापार युद्ध घोषणाको आधार नै यही हो । अरू कुनै विशेष कारण थिएन । संरा अमेरिकी वर्चश्वमाथि चिनियाँ चुनौतीको खतराबाट अत्तालिएर व्यापार युद्ध छेडेको हो । व्यापार सङ्घर्षको सिलसिलाले अझै निरन्तरता पाउन सक्छ किनकि अमेरिकी रणनीतिकारहरूको दृष्टिकोण यही विदेशनीतिमा आधारित छ जसले विश्वको सारा रङ्गमञ्चमा आफ्नो हैकम र वर्चश्व खोज्छ । सैन्य शक्तिमा, रणनीतिकरूपमा र आर्थिकरूपमा ।
तर विश्वको जनसङ्ख्याको ४.२ प्रतिशत जनसङ्ख्यामात्र संरा अमेरिकामा बस्छन् । अनन्त कालका लागि ४.२ प्रतिशतको हैकम कायम राख्ने विचार विश्वका लागि अत्यन्त अप्ठ्यारो, असामान्य र अव्यावहारिक छ । किनकि यसको लागि त अत्यन्तै असन्तुलित विश्व संरचनाको आवश्यकता पर्छ । खुला, कानुनमा आधारित विश्वमा यस्तो असन्तुलन टिक्नसक्दैन । चीनले संरा अमेरिकाले झैँ विश्वमा हैकम चलाउने छैन । विश्व बहुध्रुवीय हुनेछ जहाँ चीन एउटा शक्ति, युरोप अर्को, संरा अमेरिका तेस्रो र भारत चौथो हुने छ ।
अहिले भइरहेको यो परिवर्तन प्राकृतिक हो तर वासिङ्टन त्यहाँका पनि नवपुरातनपन्थीहरू यसरी सोच्दैनन् । उनीहरू यसलाई चुनौतीको रुपमा लिन्छन् । केही विज्ञहरू आफूले जे सुन्यो त्यही दोहो¥याउँछन् र मूलधारका पत्रिकाका स्तम्भहरूमा समेत चीनलाई दुश्मनको संज्ञा दिन्छन् । सायद उनीहरू कहिल्यै चीन पुगेका छैनन् तर गलत प्रचारबाजी भने कायम छ । यो प्रवृत्ति खतरनाक छ र यसको प्रतिवाद गर्न जरुरी छ । संरा अमेरिका–चीनको सम्बन्धमा प्रत्यक्ष सहभागी नभएका जनता कहिले अघि कहिले पछि भएका छन् । उनीहरूलाई थाहा छैन, तर स्थिति खतरापूर्ण रहेको कुरा सुन्छन् । संरा अमेरिकामा सबै क्षेत्रमा अमेरिकी नै सधंै एक नम्बरमा थिए । अब चीन त्यस मनोविज्ञानको चुनौती बनेको छ ।
यस स्थितिको दुई देशबीचको व्यापार घाटा होइन । राष्ट्रपति डोनाल्ड ट्रम्प नै पहिलो संरा अमेरिकी राष्ट्रपति हुन् जो दुई देशबीचको व्यापार घाटामा केन्द्रित बने, जुन १८ औँ शताब्दीको अन्त्यतिरदेखि अभ्यासबाट हटिसकेको अवधारणा हो । संरा अमेरिकाले दुईदेशीय व्यापारका आधारमा मात्रै आफ्ना नीतिहरू बनाउनुहुँदैन ।
संरा अमेरिकामा व्यापार घाटा हुनुको कारण त्यहाँका जनताले आफ्नो मुलुकमा खासै बचत नगर्नु हो । चालू खाता ¥हास (current account deficit) नै व्यापार नीतिको मापन होइन । यो त बचत र लगानीबीचको असन्तुलनले गर्दा भएको हो । “चालू खाता बचत – लगानी” यो त स्पष्ट कुरा हो । यसको अर्थ कुनै देशको बचत त्यहाँको लगानीभन्दा कम छ भने त्यस देशले चालू खाता ¥हास (current account deficit) भोग्नुपर्ने हुन्छ ।
यदि संरा अमेरिकाले जस्तै कर्पोरेट ट्याक्सलाई (corporate tax) काट्ने हो भने तपाईंले उपभोग र लगानी धेरै र बचत थोरै पाउनुहुने छ । त्यसरी नै बचत र लगानीबीचको खाडल बढ्दै जान्छ भने व्यापार घाटा पनि स्वाभाविक रुपले घट्छ नै  । त्यसपछि समाचारका शीर्षकहरू हुन थाल्छन् ः ‘ट्रम्प आफ्नो व्यापार समझदारी (negotiation) हरूबाट पछि हट्दै छन्’ । बचत र लगानीको सन्तुलनमा सम्बोधन गर्ने यो सही स्थान भने जरुर होइन । सही स्थान त सानो घाटा बजेट हुनसक्छ (small budget deficit) ।
यदि संरा अमेरिकाले आफ्नो राष्ट्रिय बचतको दर थोरै बढाएको भए आफूले चाहेजस्तो पर्याप्त चालू खाता बचत (surplus) पाउनसक्थ्यो । उदाहरणको लागि संरा अमेरिकाको राष्ट्रिय सहकारी बचत आजको दिनमा करिब कुल गार्हस्थ उत्पादन (GDP)  को ३ प्रतिशत छ । उसको सरकारी लगानी कुल गार्हस्थ उत्पादनको २ प्रतिशत छ । तसर्थ त्यहाँ कुल घाटा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतको स्थितिमा छ । संरा अमेरिकाको यस भयावह घाटा अप्रत्याशित होइन । यदि तपार्इं बचत दर कम गर्नुहुन्छ भने चाँडै पुनः प्राप्त गर्ने अपेक्षा नगर्नुहोस् र सानो बचतबाट तीव्र वृद्धिको अपेक्षा पनि नगर्नुहोस् । चीनको तीव्र वृद्धिदरको एउटा सत्य यो पनि हो कि वास्तवमा चीन एक उच्च बचत भएको अर्थतन्त्र हो ।
हरित क्षेत्र तथा मार्ग
चीनलाई प्रभुत्ववादी, अर्धउपनिवेशवादी, नवउदारवादी, नवसाम्राज्यवादी मुलुकको आरोप लगाउन संरा अमेरिकाले क्षेत्र तथा मार्ग अगुवाइलाई अर्को मुद्दा बनायो । यिनीहरू पूर्णतः अर्थहीन शब्द हुन्, आक्षेप हुन् । यस अगुवाइ चीनजस्तो विशाल मुलुक, बचत संचितिसहित अगाडि बढेको मुलुक, दक्षिणपूर्वी एसिया तथा मध्य एसियाली छिमेकी मुलुकहरूसँग सम्पर्क र सहकार्य गर्न इच्छूक मुलुक, युरोप, पूर्वी अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँग सक्रिय व्यापार सम्बन्धको आकाङ्क्षा राख्ने मुलुकका लागि अत्यन्त राम्रो विचार हो ।
एक्काइसौँ शताब्दीको संरचनाले युरोप र एसियालाई प्रभावकारी र दिगोरूपमा जोड्ने गरी कसरी बनाउने ? क्षेत्र तथा मार्ग अगुवाइ विशाल तथा महान् परियोजना हो तर चीन एक्लैले पूरा गर्नको लागि यो निकै ठूलो छ । यही कुरा चिनियाँ राष्ट्रपति सि चिनफिङले पछिल्लो सम्बोधनमा भन्नुभयो । उहाँ पूर्णतः सही हुनुहुन्छ । उहाँले एउटा महत्वपूर्ण विषय उठाउनुभयो, जुन महसुस गरिसक्नुपर्ने विषय थियो तर गरिनसकेको विषय हो –“यो परियोजना हरित पूर्वाधारको अगुवाइ हुनुपर्छ ।”
हामीले विश्वको ऊर्जा प्रणालीलाई चाँडै कार्वन उत्सर्जन मुक्त बनाउन सक्छौं । चीनले यसलाई आफ्नो आकारअनुरूप नेतृत्व गरिरहेको छ र वास्तवमा चीन संसारकै उच्च कार्वन उत्सर्जन गर्ने देश हो । विश्व कार्वन उत्सर्जनमा चीनको करिब २८ प्रतिशत हात छ, जसले विश्व पर्यावरण बनाउन वा बिगार्न सक्छ । त्यसकारण विश्व ऊर्जा प्रणालीलाई कार्वन उत्सर्जन मुक्त बनाउन चीनले नेतृत्व लिन जरुरी छ । चीनबाट यो सम्भव पनि छ ।
चीनसँग मनग्य नवीकरणीय ऊर्जा छ । एउटा उत्कृष्ट चिनियाँ आयोजना छ, ‘द ग्लोबल इनर्जी इन्टरकनेक्सन डेभलप्मेन्ट कोओपरेसन अर्गनाइजेसन’ । यो संस्था विश्वलाई नवीकरणीय ऊर्जाबाट जोड्ने लक्ष्यसहित चीनको प्रान्तीय ग्रिडले स्थापना गरेको हो । यो चीनको आफ्नै अनुभवमा आधारित छ । चीनको नवीकरणीय ऊर्जाको स्रोतः वायु, जलविद्युत् र सौर्य ऊर्जा, त्यहाँको पश्चिम वा उत्तर–पूर्वमा छ, तर जनसङ्ख्या भने समुद्र किनारको क्षेत्रमा धेरै छ । तसर्थ चीनले कार्वन शून्य ऊर्जा प्रणालीका लागि उपलब्ध नवीकरणीय ऊर्जा पश्चिमबाट पूर्वमा प्रसारण गर्नुपर्छ । चीनको प्रान्तीय ग्रिड (state grid) ले यस डी. सी. (Direct Current) लाई उच्च भोल्टेजमार्फत लामो दूरीमा प्रसारण गर्ने प्रविधिको विकास गरेको छ । यो प्रविधि चीनलाई मात्र होइन, सारा संसारकै आवश्यकता हो ।
क्षेत्र तथा मार्ग अगुवाइको कुरा गर्दा, त्यहाँ राजनीतिका साथै कोइलाको विषय पनि अत्यन्त शक्तिशाली छ । पाकिस्तान भन्छ, उनीहरूलाई विद्युत्को आवश्यकता छ तर उनीहरू कोइला चाहन्छन् । क्षेत्र तथा मार्ग अगुवाइ निर्माण गर्ने यो तरिका हुनसक्दैन । एक्काइसौँ शताब्दीको स्मार्ट ग्रिड, स्वच्छ ऊर्जा र स्मार्ट यातायातको नेतृत्व चीनले गर्दै छ भनी देखाउन जरुरी छ । आफ्ना सहकर्मीहरूको साथमा खुला प्रक्रियामा यो काम चीनले गर्नेछ । यो हरित हुने छ, दिगो हुने छ ।
(लेखक जेफ्री कोलम्विया विश्वविद्यालयको दिगो विकास केन्द्रका निर्देशक र संयुक्त राष्ट्र सङ्घका वरिष्ठ सल्लाहकार हुन्)
अनु.– हौसला
स्रोतः Beijing Review, No. 20, May 16, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *