अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
तेहरान, २२ असार (एएफपी) । इरानले सन् २०१५ मा विकसित राष्ट्रसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दीको सन्दर्भमा, अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ ।
तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले खासगरी इरानको आणविक हतियारमाथिको मोहलाई नियन्त्रण गर्ने प्रावधानको व्यवस्था गरिएको थियो ।
“हामीलाई लाग्छ हामी समाधान निकाल्न सक्छौँ तर यदि आगामी ६० दिनमा समाधानको उपाय अवलम्बन गरिएन भने तेहरानले तेस्रो कदम चाल्न वाध्य हुनेछ,” इरानी उप–विदेशमन्त्री अव्वास अराग्चीले तेहरानमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो । इरानले पेट्रोलियम पदार्थको विक्रीमा आएको कमीलाई प्रोत्साहन गर्नुलाई समाधान प्रयासको पहिलो शर्तका रूपमा उल्लेख गरेको छ ।
सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहेपनि वर्तमान् ट्रम्प प्रशासनले गत वर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो । अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।
Leave a Reply