भर्खरै :

बुद्धिचालको अधिवेशन सम्पन्न निरञ्जन अध्यक्ष

भक्तपुर, २२ असार । भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको पाँचौँ जिल्ला अधिवेशन आइतबार भक्तपुरका बुद्धिचालप्रेमी तथा भक्तपुरका बुुद्धिचाल खेलाडीहरूको उपस्थितिमा सम्पन्न भयो । भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष निरञ्जन प्रजापतिको सभापतित्वमा सम्पन्न अधिवेशनमा अध्यक्ष प्रजापतिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूको अध्यक्षतामा गठित तीन सदस्य निर्वाचन समितिले निरञ्जन प्रजापतिकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ । नवगठित समितिका अन्य पदाधिकारीहरू उपाध्यक्षमा पूर्णसुन्दर श्रेष्ठ, सचिवमा शिवसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा बद्रीकेदार दुवाल, सदस्यहरूमा प्रविस प्रजापति, विक्रम चोकामी, नातिभक्त दुमरु, सविना श्रेष्ठ र सविना गुज रहनुभएको छ । नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले अर्काे चार वर्षको कार्यकालका लागि निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एवम् शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *