भर्खरै :

नाकाबन्दीमार्फत चीनले संरा अमेरिकी कम्पनीलाई आफ्नो दाँतमात्र देखाएको हो

चीनको विदेशमन्त्रालयले गत शुक्रबार ताइवानी टापुलाई हातहतियार बेच्ने संरा अमेरिकी कम्पनीमाथि नाकाबन्दी लगाउने घोषणा ग¥यो । चीनको उक्त घोषणाले संरा अमेरिकामा एउटा तरङ्ग फैलायो । संरा अमेरिकी विदेश विभागका प्रवक्ताले सोमबार ‘संरा अमेरिकी कम्पनीलाई अन्यायपूर्वक बेफाइदा गर्ने कुनै पनि गतिविधिलाई नजिकबाट नियालिरहेको’ बताए । उनले ताइवानलाई हतियार बेच्न छुटको लागि पनि प्रयास गर्ने बताए ।
चीनले नाकाबन्दीबारे बिस्तृत कुरा सार्वजनिक गरेको छैन । तथापि संरा अमेरिका भने यतिबेला दबाबमा परेको छ । भ्वाइस अफ अमेरिकाको चिनियाँ कार्यक्रमअनुसार संरा अमेरिकी प्रतिनिधि टेड योहोले बितेका चालीस वर्षमा संरा अमेरिकी राष्ट्रपतिहरूले ताइवान टापुमा हतियार बेच्न ८६ पटक निर्णय गरिसकेको र चीनले यो कुरा स्वीकारेर अतिरञ्जनापूर्ण व्यवहार गर्न नहुने भनी चेतावनी दिएका छन् । जे होस्, गलत भनेको गलत नै हो । संसारले गलत कुरालाई बोकेर हिँड्नुपर्ने कुनै तर्क छैन ।
चीन र संरा अमेरिकाबीच तेस्रो संयुक्त वक्तव्य सन् १९८२ को अगस्ट १७ मा हस्ताक्षर भएको थियो । सो वक्तव्यमा संरा अमेरिकाले ताइवानको विषय पूर्णतः निक्र्योल नभएसम्म क्रमशः ताइवानलाई हतियार बेच्न कम गर्दै जाने उल्लेख छ ।
तर, वाशिङ्टनले पटक–पटक सो वक्तव्यको भावना मिचेर ताइवानलाई बेच्ने हतियारको परिमाण बढाउँदै गएको छ । यसले ताइवानको शान्तिमा ध्वंसात्मक असर पारेको छ ।
संरा अमेरिकाले यदि यही कुरामा जोड गरिरहे चिनियाँमूलभूमिले त्यस्ता कदमविरुद्ध प्रतिकारात्मक कदम बढाउन बाध्य हुनेछ ।
विगतमा भन्दा संरा अमेरिकाले यतिबेला चीनले आफ्ना कम्पनीमाथि लगाएका नाकाबन्दीको विषयमा बढी प्रचार प्रसार र जोड दिइरहेको छ किनभने चीन यतिबेला शक्तिशाली बन्दै छ । चीन आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अहिले सक्षम भइसकेको छ । आफ्नो हित र राष्ट्रिय सुरक्षामा आँच पार्ने कुनै पनि किसिमको कदमविरुद्ध अहिले प्रतिकार गर्न चीन सक्षम छ ।
संरा अमेरिकाले चिनियाँकम्पनीमाथि नाकाबन्दी थोपर्ने अनि चीनले त्यसको त्यसै गरी जवाफ दिन नसक्ने अवस्था आज होइन । मे ३१ मा चीनले संरा अमेरिकी कम्पनीले दखल पु¥याएका चिनियाँ हित रोकथाम गर्न ‘अविश्वसनीय क्षेत्रको नामावली’ घोषणा गरेको थियो । संरा अमेरिकी कम्पनीलाई चीनले कति सजाय गर्न सक्छ, त्यो त भन्न सकिन्न । तर, चीनले आफ्नो भनाइ प्रस्ट र सुनिने गरी राखेको छ । चीन र संरा अमेरिकाबीचको खेल अहिले एकपक्षीय छैन, दुई पक्षीय हो ।
ताइवानलाई हतियार बेच्ने संरा अमेरिकी हतियार कम्पनीहरूले ढिलोचाँडो आफ्नो मूल्य तिर्नैपर्नेछ । संरा अमेरिकी कम्पनीहरूले पुराना हातहतियार ताइवानलाई बढी मूल्यमा बेच्दै आएको छ । ती हतियारका ठेकेदारहरू ताइवानलाई हतियार बेच्ने कामका प्रबद्र्धक मात्र होइनन्, बरु त्यसबाट फाइदा उठाउनेहरू पनि हुन् ।
केही चिनियाँहरू संरा अमेरिकामाथि लगाएको नाकाबन्दीको प्रभावबारे सन्देह पोख्ने गर्छन् । तर, त्यसको परिणाम उनीहरूले सोचेभन्दा निकै भिन्न हुनसक्छ ।
यतिबेला ताइवानलाई हतियार बेच्ने काममा संलग्न संरा अमेरिकी चार वटा कम्पनीहरूले सिंगो चीनको बजारलाई उपेक्षा गर्न सक्दैन । उदाहरणको लागि संरा अमेरिकी जनरल डाइनामिक्स संसारकै सबभन्दा ठूलो व्यापारिक जेट विमान–गफस्ट्रिम एरोस्पेस निर्माणकर्ता हो । उसको लागि चीन तेस्रो सबभन्दा ठूलो बजार हो । ओशकोश कर्पोरेशनले निर्माण गर्ने विमान उद्धारक र अग्नीनियन्त्रक सवारी चीनका ६० भन्दा बढी विमानस्थलमा प्रयोग हुँदै आएका छन् ।
चीनको राष्ट्रिय हितलाई उपेक्षा गरेका संरा अमेरिकी कम्पनीहरूमाथिको नाकाबन्दीले त्यस्तै काम गर्ने अरु संरा अमेरिकी कम्पनीहरूलाई रोक्ने एउटा चेतावनी पनि हो । दीर्घकालमा चीनको हितलाई हानी पु¥याउने र कानुनी घेरा तोड्ने व्यक्ति पनि चिनियाँनाकाबन्दीको शिकार बन्न सक्छन् । मानिसहरूले यसबारे चिन्तन गर्न जरुरी छ ।
ग्लोबल टाइम्सको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *