भर्खरै :

चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – ९

खण्ड – ४ ः संरा अमेरिकी प्रशासनको व्यापार अधिनायकवादी अभ्यासहरू
दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय आर्थिक व्यवश्थाको महत्वपूर्ण निर्माता र बहुपक्षीय व्यापारिक साम्राज्यको प्रमुख सहभागीका हिसावले संरा अमेरिकाले बहुपक्षीय व्यापार नियमहरू हेर्ने र विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणालीमा रही यसका सदस्य राष्ट्रहरूबीच हुने व्यापार सङ्घर्षहरू सही ढङ्गले समाधान गर्न नेतृत्व गर्नुपथ्र्यो । अन्तर्राष्ट्रिय समुदायसामु संरा अमेरिकी प्रशासनले यही प्रतिज्ञा गरेको थियो । तथापि संरा अमेरिकी नयाँ प्रशासनले कार्यालय सम्हालेयता ‘अमेरिका पहिलो’ जस्तो साँघुरो नीतिमा केन्द्रित रही एकपक्षीयवाद र आर्थिक अधिनायकवादको अभ्यास ग¥यो । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई लत्यायो । विश्वभरि अन्तर्राष्ट्रिय व्यापार विवाद चर्कायो । संरा अमेरिकाको यस कदमले चीनलगायत अन्य मुलुकहरूको अहित मात्र गरेन, संरा अमेरिका स्वयम्को अन्तर्राष्ट्रिय प्रतिष्ठा खतरामा पा¥यो र सबैभन्दा महत्वपूर्ण त यसले विश्व बहुपक्षीय व्यापार व्यवस्थाको जग नै हल्लाइदियो । अन्ततगत्वा, यसले संरा अमेरिकाको दीर्घकालीन स्वार्थमा आघात पु¥याउने छ ।
१. संरा अमेरिकाको आन्तरिक कानुनमा टेकेर एकपक्षीय रूपमा व्यापार सङ्घर्ष चर्काइयो
औद्योगिक चोट र बौद्धिक सम्पत्ति अधिकार सुरक्षाको उद्वरण गर्दै संरा अमेरिकी प्रशासनले विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणाली पन्छाएर अन्तर्राष्ट्रिय व्यापार सङ्घर्ष चर्काइरहेको छ । यस्तो काम गर्न संरा अमेरिका आफ्नो आन्तरिक कानुनको हवाला दिँदै, दफा २३२, दफा २०१ र दफा ३०१ अन्तर्गत अनुसन्धान गर्दैछ । यस्ता अनुसन्धानहरूमा प्रायः चुनिएका प्रमाणहरूका आधारमा गलत निष्कर्ष निकालिन्छ । विश्व व्यापार सङ्गठनको आधिकारिकताविना, संरा अमेरिकाले गैरकानुनी रूपमा दण्ड दिने काम गर्दैछ । अन्य विश्व व्यापार सङ्गठनका सदस्य मुलुकहरूलाई चर्को भन्सार दर लाद्ने काम गर्दैछ जुन विश्व व्यापार सङ्गठनको सबैभन्दा आधारभूत तथा केन्द्रीय नियम र अनुशासनको गम्भीर उल्लङ्घन हो । साथै संरा अमेरिकाले सबैभन्दा सहयोगी मुलुक जस्तो व्यवहार गर्दै भन्सार बाध्यकारी नीति लागू गर्दैछ । यस्तो एकपक्षीय कार्यले चीन लगायत विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रको हितमा आघात पु¥याउँछ । मुख्यतः यस्ता कदमले विश्व व्यापार सङ्गठनको अधिकार र उसको विवाद समाधान प्रणालीलाई कमजोर पार्छ, बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय व्यापार सन्तुलनलाई अपार जोखिमतिर धकेल्छ ।
संरा अमेरिकी प्रशासनले आफ्नो व्यापार संरक्षणवादका निम्ति ‘राष्ट्रिय सुरक्षा’ को बहानामा धेरै मुलुकहरूको उत्पादनका विरुद्ध दफा २३२ अनुसार अनुसन्धान ग¥यो । सन् २०१७ को अप्रिलमा आफ्नो व्यापार विस्तार ऐन १९६२ को दफा २३२ मा टेकेर संरा अमेरिकी प्रशासनले ‘राष्ट्रिय सुरक्षा’ को बहानामा चीनलगायत अन्य प्रमुख अर्थतन्त्रहरूको स्टिल तथा आल्मुनियम उत्पादनविरुद्ध अनुसन्धानको सुरुआत ग¥यो । सन् २०१८ मार्चमा, यही एकपक्षीय अनुसन्धानको निष्कर्षका आधारमा संरा अमेरिकाले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत भन्सार दरको घोषणा ग¥यो । जसको चौतर्फी विरोध र प्रतिकार भयो । सन् २०१८ अप्रिल ५ का दिन चीनले स्टिल र आल्मुनियमविरुद्धको संरा अमेरिकी दफा २३२ विरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा दायर ग¥यो । संरा अमेरिकाले आफ्नो नीतिलाई निरन्तरता दिंदै युरोपेली युनियनविरुद्ध पनि स्टिल र आल्मुनियममा जुन १ बाट भन्सार दर बढाउने घोषणा ग¥यो । युरोपेली युनियनले यसको प्रतिकार ग¥यो र विश्व व्यापार सङ्गठनको नियम उल्लङ्घन गरेको आरोप लगाउँदै संरा अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठनमा अपिल ग¥यो । यूरोपेली सङ्घका व्यापार आयुक्त सिसिलिया माल्म्स्ट्रोमले भने, “संरा अमेरिका ‘खतरनाक खेल’ खेल्दैछ, र युरोपेली सङ्घ (EU) ले यसको प्रतिकृया नदिएमा गैरन्यायिक भन्सार स्विकार्नुपर्ने हुन्छ ।” सन् २०१८ को अगष्टसम्ममा स्टिल र आल्मुनियममा लगाइएको दफा २३२ विरुद्ध नौ मुलुकले विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गरे । सन् २०१८ जुलाईमा संरा अमेरिकी प्रशासनले ‘राष्ट्रिय सुरक्षा’ को नाममा आयात हुने साधन र पार्टपुर्जामा दफा २३२ अनुसार अर्को चरणको अनुसन्धान सुरु ग¥यो ।
स्टिल र आल्मुनियम दुवै उत्पादनका आधारभूत कच्चा पद्धार्थ भएको र सवारी साधनहरू सामान्य उपभोग्य साधनहरू भएको स्वतः पुुष्टि हुन्छ । यसलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोडेर हेर्नु तर्कसङ्गत देखिँदैन । पिटरसन इन्टिच्यूट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ प्राज्ञ चाद बाउन (Chade Bown) का अनुसार संरा अमेरिकी सवारी साधन उत्पादन उद्योगहरूको क्षमता उपयोगको दर ८० प्रतिशतभन्दा उच्च छ र संरा अमेरिकामा सञ्चालित सवारी साधनको करिब ९८ प्रतिशत आयात युरोपेली सङ्घ, जापान, क्यानाडा, दक्षिण कोरिया र मेक्सिकोबाट हुन्छ । तसर्थ सवारी साधनको आयातले संरा अमेरिकी सुरक्षामा खतरा हुन्छ भन्ने तर्कबाट थालिएको अनुसन्धान आधारविहीन छ । संरा अमेरिकी प्रशासनले स्वेच्छाचारी ढङ्गले बढाएको राष्ट्रिय सुरक्षाको दायराको न कुनै सैद्धान्तिक तर्क छ न त कुनै ऐतिहासिक तर्क छ । वास्तविकता त यो हो कि संरा अमेरिकी राष्ट्रपतिलाई केही कानुनका दफाहरूले दिएको कार्यकारी शक्तिको प्रयोग गर्दै व्यापार संरक्षणवादको अभ्यास गर्न नियमित कानुनी प्रतिबन्धहरूलाई छल्नु हो ।
संरा अमेरिकाले विभिन्न मुलुकहरूका उत्पादन विरुद्ध दफा २०१ अन्तर्गत अनुसन्धान ग¥यो । सन् २०१७ मेमा आफ्नो व्यापार ऐन १९७४ को आधारमा टेकेर संरा अमेरिकाले आयातित वासिङ्ग मेशिन र फोटोभाल्टिक उत्पादनविरुद्ध दफा २०१ अनुसन्धानको थालनी ग¥यो । सन् २०१८ जनवरीमा संरा अमेरिकाले वासिङ्ग मेसिनमा तीन वर्षका लागि अधिकतम ५० प्रतिशतको भन्सार दर लगाउने र फोटोभाल्टिक उत्पादनमा चार वर्षका लागि अधिकतम ३० प्रतिशत भन्सार दर लगाउने निर्णय ग¥यो । संरा अमेरिकाले सन् २००१ बाट दफा २०१ अन्तर्गत अनुसन्धान गरेको यो नै पहिलोपटक हो । दक्षिण कोरियाबाट संरा अमेरिका निर्यात हुने प्रमुख उत्पादन वासिङ्ग मेसिन भएको कारण, उसले परामर्शका निम्ति विश्व व्यापार सङ्गठनमा मे महिनामा निवेदन बुझायो र प्रतिवाद स्वरूप संरा अमेरिकी केही सामाग्री आयातमा दिंदै आएको भन्सार छुट स्थगन ग¥यो । सन् २०१८ अगष्ट १४ का दिन चीनले फोटोभोल्टिक उत्पादनविरुद्ध संरा अमेरिकी दफा २०१ उपायहरूविरुद्ध विश्व व्यापार सङ्गठन विवाद समाधान प्रणालीमा मुद्दा दायर ग¥यो ।
सन् २०१७ अगष्टमा संरा अमेरिकाले आफ्नो व्यापार ऐन १९७४ मा टेकेर चीनविरुद्ध दफा ३०१ अनुसन्धानको थालनी ग¥यो । सन् २०१८ को जुलाई र अगष्टबाट करिब ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री अमेरिका निर्यातमा २५ प्रतिशत भन्सार दर लगायो र भन्सार दर बढाउने उपायको निरन्तरता दियो । सन् २०१८ सेप्टेम्बर २४ बाट संरा अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री आयातमा १० प्रतिशत भन्सार दर लागू ग¥यो । दफा ३०१ अनुसन्धान संरा अमेरिकी आन्तरिक कानुनमा उपलब्ध व्यापार अनुसन्धानको प्रावधान हो । यसले अन्य मुलुकहरूलाई संरा अमेरिकी बौद्धिक सम्पत्ति मानकहरू र बजार प्रवेश आवश्यकताहरू स्वीकार गर्न लगाउँछ वा प्रतिशोधपूर्ण व्यापार प्रतिबन्धको सामना गर्न बाध्य बनाउँछ । यस्तो अभ्यासलाई १९९० को दसकमा नै ‘आक्रामक एकपक्षीयवाद’ (aggressive unilateralism) का रूपमा परिभाषित गरिएको थियो ।
ऐतिहासिक तथ्यले यस दफा ३०१ अनुसन्धानको थालनी निकै दुर्लभ भएको देखाउँछ । प्रायः मुद्दाहरू परामर्शबाट समाधान गरिएका छन् । सन् २०१८ मार्चमा पिटरसन इन्स्टिच्यूट फर इन्टरनेशनल इकोनोमिक्सद्वारा प्रकाशित प्रतिवेदनका अनुसार सन् १९७४ देखि अहिलेसम्म संरा अमेरिकी सरकारले १२२ बाट दफा ३०१ अनुसन्धानहरू गरिसकेको छ । तर, सन् २००१ देखि हालसम्म यही एउटा मात्र नयाँ दफा ३०१ अनुसन्धान गरियो । सन् १९९४ मा संरा अमेरिकी सरकारले एक ‘प्रशासनिक कामसम्बन्धी वक्तव्य’ जारी ग¥यो । जसमा उल्लेख थियो – अमेरिकी प्रशासनले दफा ३०१ अनुसन्धान विश्व व्यापार सङ्गठनका नियमहरूभित्र बसेर मात्र सञ्चालन गरिनेछन् र संरा अमेरिकाले दफा ३०१ मा टेकेर प्रतिबन्ध लगाउन विश्व व्यापार सङ्गठनको विवाद समाधान अङ्ग (Dispute Settelement Body DSB) बाट अनिवार्य रूपमा आधिकारिकता लिनेछ । सन् १९९८ मा युरोपेली समाजले दफा ३०१ विरुद्ध विश्व व्यापार सङ्गठनमा विवाद समाधान अङ्गमा मुद्दा दायर ग¥यो । यस क्रममा अदालतले प्रारम्भिक उपलब्धिका रूपमा उल्लेख ग¥यो । संवैधानिक भाषाका आधारमा दफा ३०१ विश्व व्यापार सङ्गठनका नियमहरूसँग असङ्गत छ । संरा अमेरिकाले हाल भइरहेको चीनसँगको आफ्नो व्यापार सङ्घर्षका क्रममा दफा ३०१ अनुसन्धानहरू बिउँतायो । विश्व व्यापार सङ्गठनको आधिकारिकता विना नै चिनियाँ सामाग्रीमाथि चर्को भन्सार दर लादेको छ । संरा अमेरिकी यी कदमहरूले आफ्ना पुराना प्रतिबद्धताहरू स्पष्ट रूपमा उल्लङ्घन ग¥यो र यो पूर्णतः गैरकानुनी छ ।
२. अन्य मुलुकका औद्योगिक नीतिहरूविरुद्ध आधारहीन आरोपहरू
बजार असफलतालाई सम्बोधन गर्न र सामाजिक सुरक्षाको सुधार गर्ने एउटा सशक्त हतियारको रूपमा रहेको अ‍ैद्योगिक नीतिलाई विश्व व्यापार सङ्गठनका नियमहरूसँग तादात्म्य (Consistent) राख्ने हदसम्म आधारहीन आरोपहरू लगाइने विषय बनाइनु हुन्न ।
औद्योगिक नीति लागू गर्ने पहिलो मुलुक नै संरा अमेरिका हो । यस्ता नीतिहरूको प्रयोगलाई संरा अमेरिका खासै महत्व दिंदैन । तर, संरा अमेरिकी सरकारले औपचारिक व्यवस्थाले प्रत्याभूत गर्नेभन्दा निकै धेरै औद्योगिक नीतिहरू अपनाएको छ । नविन खोजका निम्ति प्रोत्साहन र सरकारी खरिददेखि विशिष्ट क्षेत्र तथा कम्पनीलाई सहुलियतदेखि भन्सार संरक्षण तथा व्यापार सम्झौता सम्मका यस्ता औद्योगिक नीतिहरूले संरा अमेरिकी उद्योगहरूलाई प्रतिस्पर्धी शक्ति बढाउन प्रमुख भूमिका खेलेको देखिन्छ ।
उत्पादन क्षेत्रमा विश्व नेतृत्वदायी भूमिका बलियो बनाउन संरा अमेरिकाले हालैका वर्षहरूमा ठूलो सङ्ख्यामा औद्योगिक नीतिहरूको निर्माण गरेको छ । एक्काइसौं शताब्दी र विशेषगरी अन्तर्राष्ट्रिय आर्थिक मन्दिपछिको दशकमा संरा अमेरिकाले थुप्रै औद्योगिक नीतिहरू अपनायो । उदाहरणका लागि ‘अमेरिकी निर्माण पुनःर्जीवनका लागि रूपरेखा’ (२००९), ‘संरा अमेरिकी उत्पादन वृद्धि ऐन’ (२०१०), ‘अत्याधुनिक निर्माण उत्पादन साझेदारी’ (२०११), ‘उत्पादनमा पुनःर्जागरण आर्थिक बृद्धिका लागि चार लक्ष्य’ (२०११), ‘आधुनिक उत्पादन का लागि राष्ट्रिय र रणनीतिक योजना’ (२०१२), ‘अमेरिकी नवीन खोजका निम्ति रणनीतिक प्रारम्भिक डिजाइन’ (२०१३) आदि । यस्ता योजनाहरू प्रमुख क्षेत्रहरूका लागि समेत बनाएका थिए । जस्तै ग्रिड आधुनिकीकरण अगुवाइ (२०११), स्वच्छ ऊर्जा उत्पादन अगुवाइ (२०१३), संरा अमेरिकी राबोटिक्सका लागि मार्गचित्र इन्टरनेटदेखि रोबोटिक्ससम्म (२०१३), धातुमा आधारित समष्टि (additive) उत्पादनका लागि नाप विज्ञान मार्गचित्र (२०१३), राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान तथा विकास रणनीतिक योजना (२०१६) र संरा अमेरिकी राष्ट्रिय मेसिन इन्टेलिजेन्स रणनीति (२०१८) आदि ।
अन्य नीतिहरू जस्तै यी नीतिहरूले पनि उत्पादनका लागि लगानी वृद्धि गर्न, केही उत्पादनको सरकारी खरिद वृद्धिका निम्ति निर्यात कम्पनीहरूलाई विश्व बजारमा विस्तार गर्न ऋण सहयोग दिन र उत्पादनका प्रमुख क्षेत्रहरूमा नवीन खोजका निम्ति लगानी जुटाउन सरकारी लगानी समायोजन तथा सुधार गर्ने विशिष्ट उपायहरू बोकेको छ ।
संरा अमेरिकाले आफ्नो औद्योगिक नीतिहरू बनाउँदै र बढावा दिंदै गर्दा अन्य मुलुकहरूका जायज औद्योगिक नीतिहरूविरुद्ध निराधार आरोपहरू लगायो । विश्व लगानी प्रतिवेदन २०१८ (UNCTAD) का अनुसार नयाँ औद्योगिक क्रान्तिका अवसर र चुनौतीहरूको प्रतिकृयास्वरूप कम्तीमा १०१ विकसित तथा विकासोन्मुख अर्थतन्त्रहरूले (विश्व कूल गार्हस्थ उत्पादनको ९० प्रतिशतभन्दा धेरै) पछिल्लो १० वर्षमा औपचारिक रूपमा औद्योगिक विकास रणनीति लागू गरे । संरा अमेरिकी नीति–पत्र (Policy Paper) जस्तै अमेरिकी नवीन खोज (innovation) का निम्ति रणनीतिक पृष्ठभूमिमा र आफ्नै राष्ट्रिय परिस्थितिका आधारमा चीनले ‘मेड इन चाइना २०२५’ कार्यक्रम तय गरेको हो ।
मेड इन चाइना २०२५ एउटा परिचयात्मक पत्र हो जसले विकासको एउटा दृष्टिकोण, बजार केन्द्रित, खुला र समावेशी खाकाको वर्णन ग¥यो । चीन सरकारले मेड इन चाइना २०२५ लाई दुवै आन्तरिक र अन्तर्राष्ट्रिय लगानीलाई लागू हुनेगरी खुला प्रणालीको व्यवस्था ग¥यो । विभिन्न अवसरमा चिनियाँ नेताहरूले विदेशी कम्पनीहरूलाई मेड इन चाइना २०२५ मा स्वागत गर्दैछन् । सन् २०१७ मा चीनको राज्य परिषद्ले खुलापनलाई विस्तार गर्ने उपायहरू उल्लेख गर्दै विदेशी लगानीलाई सक्रिय उपयोग गर्ने विषयमा सूचना जारी गरेको थियो । यस सूचनाले स्पष्ट पार्छ कि मेड इन चाइना २०२५ नीति दुवै विदेशी लगानीका कम्पनीहरू र चिनियाँ कम्पनीहरूलाई बराबर लागू हुन्छ । यस पत्रमा विश्व व्यापार सङ्गठनका नियमहरूलाई कडाइका साथ अपनाइएको छ । नियमहरू कानुनी, पारदर्शी, निष्पक्ष र भेदभावरहित प्रकृतिका छन् । मेड इन चाइना २०२५ को कार्यान्वयनसँगै संरा अमेरिकी कम्पनीहरूसहित धेरै विदेशी कम्पनीहरू यसमा सहभागी भएका छन् ।
३. ‘लामो हाते अधिकार क्षेत्र’ (long-arm jurisdiction) र संरा अमेरिकी आन्तरिक कानुनका आधारमा अन्य मुलुकविरुद्ध प्रतिबन्ध
‘लामो हाते अधिकार क्षेत्र’ भन्नाले आफ्नो सिमानाभन्दा परसम्म आफ्नो पहुँच पु¥याउने अभ्यास र आफ्नो मुलुकको आन्तरिक कानुनका आधारमा विदेशी संस्थाहरूमाथि क्षेत्राधिकार लाद्ने अभ्यास हो । पछिल्ला वर्षहरूमा संरा अमेरिकाले नागरिक आर्थिक लगानी एकाधिकारविरोधी निर्यात नियन्त्रण र साइवर सुरक्षालगायत अनेक क्षेत्रमा बृहत क्षेत्राधिकारको अभ्यास विस्तार गरेको छ । अन्तर्राष्ट्रिय मामिलामा संरा अमेरिकाले बारम्बार अन्य मुलुकका संस्थाहरू वा व्यक्तिहरूलाई संरा अमेरिकी आन्तरिक कानुनको पालना गर्न निर्देशन ग¥यो । अन्यथा उनीहरूले संरा अमेरिकी नागरिक, आपराधिक वा व्यापार प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि निर्यात नियन्त्रणलाई लिन सकिन्छ । आफ्नो प्राविधिक फाइदाहरू जम्मा गर्न अमेरिकाले लामो समयदेखि चौतर्फी निर्यात नियन्त्रण प्रणाली स्थापना गरेको छ । निर्यात नियन्त्रण ऐन, निर्यात प्रशासनिक नियमावली र अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनबाट लाइसेन्स प्राप्त गर्न संरा अमेरिकी निर्यातकर्ताहरू निर्यात गर्ने प्रयोगकर्ताहरूले आवेदन दिनुपर्छ । विदेशी खरिदकर्ताहरूले पनि अन्तिम प्रयोग, अन्तिम प्रयोगकर्ताका रूपमा निषेधित नियमावली उल्लङ्घन गर्न पाइँदैन । अन्यथा उनीहरू पनि संरा अमेरिकाबाट आयात गर्न निषेधित संस्थाको सूचीमा पर्नेसम्मको सजायको भागिदार हुनुपर्ने हुन्छ । सन् २०१८ को अगष्ट १ सम्मको तथ्याङ्कअनुसार संरा अमेरिकी वाणिज्य विभागको यस्तो निषेधित सूचीमा संसारभरिका १,०१३ संस्थाहरू सूचीकृत भइसकेका छन् । यस्तो व्यवस्थाले संरा अमेरिकी संस्थाहरूसहित सम्बन्धित संस्थाहरू हित प्रतिकूल मात्र होइन विकासोन्मूख मुलुकहरूको विकासको अधिकारलाई समेत खुम्च्यायो ।
संरा अमेरिका आफ्नो ‘लामो हाते अधिकार क्षेत्र’ लाई बलियो पार्न आफ्नो निर्यात नियन्त्रण कानुनहरू मिहिन ढङ्गले पुनरावलोकन र पुनर्लेखन गर्दैछ । सन् २०१८ अगष्ट १३ का दिन संरा अमेरिकी राष्ट्रपतिले राष्ट्रिय रक्षा प्राधिकार ऐन २०१९ मा हस्ताक्षर गरे जसको एक महत्वपूर्ण खण्ड निर्यात नियन्त्रण पुनःगठन ऐन (Export Control Reform Act) (ECRA) हो । निर्यात नियन्त्रण पुनःगठन ऐनले विदेशी स्वामित्वमा रहेका कम्पनीहरूमाथिको नियन्त्रणलाई थप कसिलो बनाउनेछ, “उदाउँदो तथा आधारभूत प्रविधि” माथिको नियन्त्रण थप बलियो बनाउनेछ र अन्तर–संस्था प्रकृयालाई अनिवार्य बनाई कानुन लागू गर्ने क्षमता अभिवृद्धि गर्नेछ । भर्खरै संरा अमेरिकी वाणिज्य विभागको उद्योग तथा सुरक्षा व्यूरो (Bureau of Industry and security of the US Department of Commerce) ले ४४ वटा चिनियाँ कम्पनीहरूलाई ‘संरा अमेरिकी राष्ट्रिय सुरक्षा वा विदेश नीति हितविपरित कार्य गरेको’ आरोपमा आफ्नो सङ्ख्या सूचीमा सूचीकृत ग¥यो र वास्तवमा यो ‘लामो हाते अधिकार क्षेत्र’ को विस्तार एवम् विकास हो ।
अनुवाद ः सुमोना
The Facts and China’s Position on China- US Trade Friction
September 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *