के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
ख्वप अस्पतालले पु¥याइरहेको सेवा सुविधाबारे तथ्याङ्कसहित चर्चा परिचर्चा हामी भक्तपुरवासीले मात्र होइन, देशैभरिका विभिन्न स्थानीय निकायअन्तर्गतका जनप्रतिनिधि र कर्मचारीहरूले समेत अवलोकन गरी जानकारी प्राप्त गरेर उत्साहित भई फर्केका समाचारहरू पढ्न र सुन्न पाइन्छ । यहाँका नगरवासीहरूले त्यसमा गर्व गर्ने प्रशस्त ठाउँ रहेको छ ।
अस्पतालले आफ्नो क्षमताभन्दा बढी बिरामीहरूको सेवा प्रदान गर्दै गरेको कुरा दैनिक सात सत्न्दा बढी सेवाग्राहीको तथ्याङ्कले पुष्टि गर्दछ । वर्षको ३६५ दिन नै ओ.पी.डी. सेवा प्रदान गर्ने देशमा सायदै अरू अस्पताल होला । त्यसकारण, सेवाग्राहीहरूको लाइन टिकट काट्ने काउन्टरदेखि औषधि लिने ठाउँसम्मै लामै देखिन्छ । आफ्नो स्वास्थ्यप्रति बढी सचेत भएर हो या स्वास्थ्य बीमाका कारणले उपचार सेवा सस्तो ठानेर हो अस्पताल परिसरमा अक्सर गरी भिडभाड नै देखिन्छ । ओ.पी.डी.मा जँचाउन आउने केही बिरामीको त औषधि लिँदासम्म दिनभरि नै बितिसकेको हुन्छ ।
९ वैशाखको दिन हो श्रीमती र म दुबै न्युरो सर्जिकल विभागमा जँचाउनको निम्ति ख्वप अस्पताल पुग्यौँ । अघिल्लो दिनमै आज जँचाउन दिउँसो दुई बजे टोकन लिनुपर्ने जानकारी पाएअनुसार १ः३० बजे नै अस्पताल पुग्यौँ । दुई नबजिकन टोकन प्रदान नगरिने हुनाले बिहान आएका बिरामीलाई पनि फर्काएका थिए । आधा घण्टा अझै बाँकी भएकोले क्यान्टिनमा खाजा खानतिर लाग्यौँ । आइतबार र मङ्गलबार २ दिन मात्र न्युरो विशेषज्ञ डाक्टरले जाँच्दो रहेछ । त्यो दिन १०–१२ जनालाई टोकन बाँडिसकेको थियो । डाक्टर ३ बजे मात्रै आउने जानकारी दिइयो । नयाँ भवनको पहिलो तलामा १०५ नम्बरको कोठा हाडजोर्नी तथा न्युरो सर्जिकल विभाग रहेछ ।
दिउँसो ३ बजे समय दिइएको थियो । ढोका बाहिर टोकनको नम्बरअनुसार बिरामीहरू लाइन कसे । टोकन लिएको समयदेखि १ घण्टा बितिसकेको थियो । प्रश्न उठ्ने स्वाभाविकै थियो । खोइ त डाक्टर साहेब ? तीन त बज्यो नि । आउनुहुन्छ, बस्नु न भनियो । ३ः३० बज्यो, डाक्टर आउँदैन, त्यहाँ उपस्थित एक कर्मचारीमार्फत डाक्टर साहेबसँग सम्पर्क राख्न लगाइयो । उहाँ मानव अङ्ग प्रत्यारोग केन्द्र दूधपाटी भक्तपुरमा अप्रेसन थिएटरमा व्यस्त भएको र ४ः३० बजेतिर मात्रै ख्वप अस्पतालमा पुग्ने खबर आयो । लाइनमा डेढ घण्टादेखि धैर्यका साथ कुरिरहेका बिरामीहरूको अनुहार मलिन देखिए । कोही कार्यालयमा बिदा लिएर आएका थिए त कोही घरमा बाल बच्चा छोडेर आएका थिए ।
साँझ ५ बज्यो । बिरामीहरूको धैर्य टुट्न थालेको थियो । घरी–घरी सम्बन्धित डाक्टरले त्यो फ्ल्याटमा प्रिस्केप्सनमा स्क्यान गरी छाप राख्ने महिला कर्मचारीसँग बिरामी अझै कति जना कुर्दै छन् भनी सोधे । १२ जनामा २ जना अत्यास लागेर घर फर्किसकेका थिए । अरू १० जना कुरिराखेकै छन् भनी जवाफ जान्थ्यो ।
कुरूवा बिरामीहरू खासखुस कुरा गर्न थाले । कोही त झोकिएर बोल्न थाले । आज डाक्टर साहेबको नभ्याउने भए घर जाँदा हुन्छ भनी पठाउनुपथ्र्यो । त्यत्रो बेर कुराउन लगाए । डाक्टर आउने केही निश्चितता छैन । कसैले अस्पतालको इन्चार्जसँग बुझ्न कम्मर कसे । हुन पनि समय निकै गइसकेको थियो । ३ देखि साढे तीन घण्टासम्म केही नगरी चुपचाप एकै ठाउँमा बसेर दिन कटाउन पनि मुस्किलै हुन्थ्यो । समयको हिसाबले तीन घण्टा मात्रै राख्दा पनि १० जनाको ३० घण्टा डाक्टर कुर्नमै बितिसकेको थियो । कोही भन्थे, मेजर अप्रेसन होला नि । हामीले भनेर मात्रै कहाँ चाँडो सकिन्छ र ? कोही झर्किन्छ, “मेजर अप्रेसन गर्न लामो समय लाग्छ । डाक्टरलाई थाहा नै भइहाल्छ नि । सेडुलअनुसार समयको ख्याल गरी बिनासित्तै अर्कालाई यसरी दुःख नदिई अर्को दिन आउनुहोला किन भन्न सक्नुभएन ?” बिरामीहरू जाउँ कि बसौँ दोधारमै थिए । कसैलाई पनि चयनको महसुस भएन । एक जना सेवाग्राही त जङ्गिए, “यही हो ख्वप अस्पतालका डाक्टरहरूको ताल ? फेरि पनि फोन गर्नु यो तरिकाले हुँदैन है ।” भन्दै त्यो कर्मचारीलाई हकारे ।
फोनमा उताबाट जवाफ आउँछ, “जाममा परेँ, म आइपुग्छु ल ।” डाक्टर आइपुग्ने विश्वास त दिलायो । फेरि अस्पतालकै एकजना गार्ड आएर डाक्टर अप्रेसन थिएटरमै रहेकोले निश्चित नभएको कुरा बताउन आउँछ । कुरूवाहरूमा निराशा र आक्रोसका भावहरू गुञ्जिन्छ । त्यतिञ्जेल साँझ ५ः४५ बजिसकेको थियो । त्यहीबेला न्युरोका डाक्टर क्षमा गर्नुहोला है भन्दै टुप्लुक्क आइपुग्नुभयो । एउटी अर्धबँैसे किसानी आइमाई जङ्गिनुभयो । उहाँ भक्तपुर जिल्लाको सुदूरपूर्व डाँडापारि (ल्योसिंगूँ) देखि जँचाउन आउनुभएको थियो ।
जनताको अस्पताल भनी चिन्न थालिएको, विशेषज्ञ सेवासहित ३६५ दिनमै सञ्चालन हुने जनप्रतिनिधिहरूको उद्घोषका साथ अगाडि बढेको ख्वप अस्पतालमा माथि उल्लेख गरिएका एक–दुई ओटा अप्ठ्यारा कुराहरूले अस्पतालकै तेजोवध नहोला भन्न सकिन्न । नयाँ अस्पताल, सफा फराकिला कोठाहरू आकर्षक त देखिन्छन् तर कर्मचारी र डाक्टरहरूको व्यवस्थापनमा सुधार्नुपर्ने धेरै कुरा बाँकी रहेको देखियो । अतः केही सुझावहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
१. पूर्णकालीन डाक्टरहरूको व्यवस्था गर्नुपर्ने ।
२. विशेष अवस्थामा डाक्टरको वैकल्पिक सेवा उपलब्ध गराउनुपर्ने ।
३. नागरिक बडापत्र उपयुक्त ठाउँमा टाँगिनुपर्ने, जसमा बिरामीले कुन सुविधा कहिले, कहाँ, कसरी उपलब्ध हुन्छ भन्ने विवरण पनि समेटिएको होस् ।
४. अस्पतालले प्रदान गर्ने सेवा सुविधाबारे सुनिश्चित गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने ।
Leave a Reply