महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, ८ साउन । नेपाल मजदुर किसान पार्टी चाँगुका सदस्य एवम् नेमकिपा भक्तपुर जिल्ला समितिका पूर्वसदस्य केदारबहादुर थापाको बुधबार निधन भयो ।
२०३५÷३६ सालदेखि नेमकिपामा आबद्ध भई पार्टीको निर्देशनअनुसार सङ्गठनमा लाग्दै आउनुभएका थापाले छालिङ्ग गाउ पञ्चायतको वडा नं. २ को निर्वाचित वडा अध्यक्ष भई जनताको सेवा गर्नुभएको थियो ।
देशमा बहुदलीय व्यवस्था लागू भएपछि उहाँले नेमकिपाको तर्फबाट छालिङ्ग गाविसमा उम्मेदवारी दिनुभयो । स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएको बेला स्व. थापाले छालिङ्ग गाविसमा नेमकिपाको प्रतिनिधि भई सेवा गर्नुभयो ।
शेरबहादुर थापा र मखमली थापाको जेठो छोराको रुपमा २००३ सालमा जन्मनुभएका स्व. थापाको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
स्व. थापाको पार्थिव शरीरमा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजू, नेक्राकिसङ्घ भजिस अध्यक्ष गोविन्द दुवाल र नेमकिपा भजिसका पूर्वअध्यक्ष केदार खड्काले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
दम र निमोनिया रोगबाट पीडित स्व. थापाको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
Leave a Reply