अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
लन्डन, ९ साउन (एएफपी) । बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषद्को पहिलो बैठकमा युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतको विषयमा छलफल गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।
बुधबार प्रधानमन्त्री पदको सपथ लिनुभएका जोन्सनले पूर्वप्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहनुभएका आधाभन्दा बढी मन्त्रीलाई हटाउनुभएको छ ।
उहाँले युरोपेली सङ्घ (ईयू) बाट बेलायत बाहिरिनुपर्छ भनेर अभियान चलाउने नेतालाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिनुभएको छ । जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन् ।
प्रधानमन्त्री जोन्सनले पूर्वप्रधानमन्त्री थेरेसा मेको सरकारका गृहमन्त्री साजिद जावेदलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुभएको छ । ब्रेक्जिटका कट्टर समर्थक डोमिनिक राबलाई जोन्समनले विदेशमन्त्री बनाउनुभएको छ ।
बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ब्रेक्जिटका विषयमा ‘तर र यदि’ जस्ता शब्द अब लाग्दैनन् । हामी युरोपेली सङ्घबाट बिदा हुन्छौँ ।
Leave a Reply