रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेरिस, २७ जुलाई ।
फ्रान्सका अर्थ तथा वित्तमन्त्री बु्रनोले माएरीले संरा अमेरिकी चेतावनीबीच इन्टरनेट कम्पनीहरूमा विद्युतीय कर लगाउने निर्णय कायम रहने बताउनुभएको छ ।
गएको जुलाई ११ मा फ्रान्सेली सदनले गुगल, अमेजन, फेसबुक र एप्पलजस्ता कम्पनीहरूमा विद्युतीय कर लगाउने निर्णय गरेको थियो । यस्तो निर्णय गर्ने फ्रान्स पहिलो देश बनेको छ ।
“विद्युतीय गतिविधिमा कर लगाउनु एउटा चुनौती हो र यो हामी सबैको चासो हो । यो विषयमा हामी जी ७ र आर्थिक सहकार्य तथा विकास सङ्गठन (ओईसीडी) मा छलफल गर्न चाहन्छौ“”, फ्रान्सको विदेशमन्त्रीले भन्नुभयो ।
शुक्रबार नै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती कम्पनीहरूलाई संरा अमेरिकाले मात्र कर लगाउन पाउने जिकिर गर्नुभएको थियो । संरा अमेरिका ती कम्पनीहरूको गृह देश भएकोले उसले मात्र त्यस्तो कर लिन पाउने ट्रम्पको दाबी थियो ।
वाशिङ्टनले यदि ती कम्पनीहरूमाथि कर थोपरेर उस्तै खालको प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ । उहा“ले फ्रान्सको उक्त कदमलाई फ्रान्सेली राष्ट्रपति माक्रोंको मूर्खताको संज्ञा दिनुभएको छ । ट्रम्पले भन्नुभयो, “मैले सधैं भन्ने गरेको छु, फ्रान्सेली वाइनभन्दा अमेरिकी वाइन उत्तम छ ।”
फ्रान्सको विद्युतीय सेवा कर प्रणालीले फ्रान्सेली प्रयोगकर्तालाई विद्युतीय सेवा प्रदान गर्ने प्राविधिक कम्पनीलाई तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेको छ ।
सो बन्दोबस्तअनुसार यो वर्ष ४० करोड युरो जम्मा हुने अपेक्षा गरिएको छ । सन् २०२२ सम्ममा राजस्व ६५ करोड युरो पुग्ने अपेक्षा गरिएको छ ।
फ्रान्सको सो कदमको प्रतिक्रियामा संरा अमेरिकी व्यापार प्रतिनिधिले सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत फ्रान्सविरुद्ध गत जुलाई १० मा अनुसन्धान थालनी गरिसकेको छ । फ्रान्स सरकारले संरा अमेरिकामा आधारित प्राविधिक कम्पनीमाथि अन्यायपूर्ण कर थोपरेको उसको दाबी छ ।
सन् १९७४ मा कार्यान्वयनमा आएको संरा अमेरिकाको व्यापार कानुनको धारा ३०१ ले संरा अमेरिकालाई कुनै पनि देशमाथि एकपक्षीय कर थोपर्ने वा व्यापारमा रोक लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिएको छ ।
Leave a Reply