भर्खरै :

समाजवाद स्थापना गर्न युरोपमा वामपन्थीहरूको आन्दोलन

समाजवाद स्थापना गर्न युरोपमा वामपन्थीहरूको आन्दोलन

काठमाडौँ, ८ कार्तिक । साम्राज्यवादी देशहरूको विरोध र बदनाम भएसँगै विश्वमा कम्युनिस्टहरूको आन्दोलन र प्रभाव बढ्दै गएको छ । समाजवाद स्थापनाको निम्ति स्पेनमा लाखौँ वामपन्थीहरू सरकारको विरोधमा सडकमा उत्रे । विशेषतः साम्राज्यवादको अगुवाइ गर्ने संयुक्त राज्य अमेरिकाले शक्तिको उन्मादमा अरु स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गर्दै त्यहाँको प्राकृतिक स्रोत र साधन हातमा लिने काम गर्न थालेपछि विश्वका विभिन्न मुलुकमा वामपन्थी शक्तिहरूले विरोध गर्न थालेका छन् । स्पेनलगायत युरोपको अन्य देशमा भएको सडक आन्दोलनले संयुक्त राज्य अमेरिका एक्लिँदै गएको र आक्रमण र थिचोमिचोको विरोध बढेको हो । अमेरिकी ट्रम्प प्रशासनले इरानमा कुनै पनि बेला हमला हुनसक्ने चेतावनी दिएका छन् । त्यसको जवाफमा इरानले कडा प्रतिकार गर्ने जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प एकातिर वार्ताको आह्वान गर्दै छन् भने अर्कोतिर आक्रमण गर्ने चेतावनी दिँदै छन् । युरोपका विभिन्न देशमा भएको प्रदर्शन र सभा साम्राज्यवाद र पुँजीवादको विरोधमा भएको हो । युरोपका विभिन्न देशमा भइरहेको आन्दोलनले साम्राज्यवादी र पुँजीवादी देशहरूलाई झस्काएको छ । अमेरिकाले इरानमा कुनै पनि बेला अचानक आक्रमण गर्नसक्नेछ । इरानले त्यसको कडा प्रतिकार गर्ने जनाएको छ ।
साम्राज्यवादी देशका शासकहरू भएसम्म संसारका जनताले निर्धक्कसँग सुख र सुरक्षितका साथ जीवन बिताउन पाउने छैनन् । यसकारण, अमेरिकी आक्रमणको विरोधमा संसारका स्वाधीन र सार्वभौम सरकार र जनताले अमेरिकी हैकमको विरोध र प्रतिकार गर्नुपर्छ । साम्राज्यवादी शक्तिलाई छुट दिएर संसारमा शान्ति स्थापना हुनेछैन । अतः साम्राज्यवाद अन्त्य नभएसम्म साम्राज्यवादविरोधी शक्तिहरूले विरोध गरिरहनुपर्छ । यही सन्देश युरोपको विभिन्न देशमा पुग्नेछ र साम्राज्यवादको विरोध संसारभर गरिरहने छ ।
अरु देशको धन सम्पत्ति खरानी बनाउन पाएपछि मख्ख पर्ने र आक्रमणलाई सफलता मान्ने अहङ्कारी अमेरिकी राष्ट्रपति ट्रम्पको अरु देशलाई तर्साएरै, धम्की दिएरै तेल खानी कब्जा गर्ने कलुषित नियतदेखि संसारका स्वाभिमानी जनता जुर्मुराएर उठ्दै छन् । तेलको खानी आफ्नो कब्जामा राख्न नपाएसम्म आक्रमण गरेर विध्वंस मच्चाइरहने ट्रम्प शान्ति बिथोल्ने खलनायक हुन् । विश्वका विभिन्न मुलुकमा धम्की दिएर, आक्रमण गरेर आतङ्क मच्चाएर प्रभुत्व कायम गर्न खोज्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभ्याउन कानुनविद्हरू अघि बढ्नुपर्ने समय आइसकेको छ । उनलाई युद्ध अपराध र अपहरणकारीको मुद्दा लगाएर जेलमा नकोचिएसम्म संसारका न्यायप्रेमी जनताले सन्तोषको सास फेर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *