भर्खरै :

भारतलाई पहिले हिन्दू राष्ट्र बनाएर देखाओस्

प्रकाश
भारतका तथाकथित हिन्दूवादी नेताहरू नेपालमा आएर धर्मका नाममा नेपाली जनतालाई विभाजित गर्ने कोसिस गरिरहन्छन् । उनीहरू प्रसङ्ग बेप्रसङ्ग नेपाल हिन्दू राष्ट्र हुनुपर्ने नमागिएको सल्लाह र सुझाव दिने गर्छन् त्यो पनि आदेश निर्देशको भाषामा । विश्व हिन्दू सङ्घ र वल्र्ड हिन्दू फेडरेसनको संयुक्त आयोजना राजधानीमा शनिबार सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमनियन स्वामीले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने माग राखेका छन् । उक्त गोष्ठीका प्रमुख वक्ता डा. स्वामीले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताए । स्वामीसँगै भाजपाका अर्का नेता तरुण विजयले पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनी जोडतोड मन्तव्य राखेका थिए ।

देशमा कस्तो राजनीतिक र आर्थिक व्यवस्था राख्ने भन्ने कुरा कुनै देशका जनताको तत्कालीन लक्ष्य र चाहनामा भरपर्ने कुरा हो । फेरि कुनै पनि आधुनिक प्रजातान्त्रिक राज्य कानुनतः र व्यवहारतः धर्मनिरपेक्ष हुने गर्दछ । कुनै धर्मविशेषप्रति बढी अनुराग र अरु धर्मप्रति अनुदार बन्न मिल्दैन । नेपाली जनताले अहिलेका लागि लोकतान्त्रिक गणतन्त्र चाहे र त्यसैका लागि मत दिए । हो नेपालको जनसङ्ख्याको बहुसङ्ख्या हिन्दू धर्म मान्छन् तर त्यसैका आधारमा नेपाल हिन्दू राज्य हुनुपर्छ भन्नु मुढाग्रहबाहेक केही होइन ।

देशमा कस्तो राजनीतिक र आर्थिक व्यवस्था राख्ने भन्ने कुरा कुनै देशका जनताको तत्कालीन लक्ष्य र चाहनामा भरपर्ने कुरा हो । फेरि कुनै पनि आधुनिक प्रजातान्त्रिक राज्य कानुनतः र व्यवहारतः धर्मनिरपेक्ष हुने गर्दछ । कुनै धर्मविशेषप्रति बढी अनुराग र अरु धर्मप्रति अनुदार बन्न मिल्दैन । नेपाली जनताले अहिलेका लागि लोकतान्त्रिक गणतन्त्र चाहे र त्यसैका लागि मत दिए । हो नेपालको जनसङ्ख्याको बहुसङ्ख्या हिन्दू धर्म मान्छन् तर त्यसैका आधारमा नेपाल हिन्दू राज्य हुनुपर्छ भन्नु मुढाग्रहबाहेक केही होइन । नेपाली जनता नेपाल हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा छैनन् । जनसङ्ख्याको हिसाबले विश्वमा सबभन्दा बढी हिन्दूको बसोबास भएको देश भारत हो । भाजपाको घोषित नीति भारतलाई हिन्दू राज्य बनाउने नै हो । भाजपाका र भारतका अरु कथित विद्वान नेताहरू हिन्दू राज्य बनाएर फाइदा हुने भए भारतलाई नै किन हिन्दू राज्य बनाएर देखाउँदैनन् ? उनीहरू आफ्नो चाहना एक स्वतन्त्र र स्वाधीन देश नेपालमाथि किन लाद्न खोज्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *