विपतको घडीमा चीन र नेपालबिच फाटो नल्याइयोस्
- भाद्र १९, २०८३
–गोपाल नगरकोटी
सामाजिक कार्यकर्ता समाजका अगुवा हुन् । समाजमा सामाजिक कार्यकर्ताहरूको महत्वपूर्ण योगदान हुन्छ । कसैलाई आपत्विपत् गर्दा दुःख पीडा हुँदा सामाजिक कार्यकर्ताले सक्दो सहयोग गरेको हुन्छ । समाजका नागरिकहरूको मर्का बुझ्ने, पीडामा मलम हाल्ने र कुनै समस्याको समाधान खोज्ने भएकोले सामाजिक कार्यकर्ताको महत्व बढेको हो । तर, यो पुँजीवादी समाज भएको हुँदा समाजमा व्यक्तिगत स्वार्थले बढी ठाउँ पाइरहेको छ । समाजमा जस्तो विकृति, विसङ्गगति भए पनि, युवाहरू कुलतमा लागे पनि टुलुटुलु हेरिरहने बानी छ । मानिस समाजमा, समाजसँग मिलेर दुःख सुख बाँड्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी भएको हुँदा समाजका नागरिकहरू, समाजसेवी या समाज सुधारकहरू मुखमा दही जमाएर बस्दैनन्, बस्नुहुँदैन ।
समाजमा देखिएका कमी कमजोरी र विकृति विसङ्गतिको विरोध गर्ने तर आफूले केही काम नगर्ने पात्रहरू पनि समाज छन् । गलत कामको विरोध गर्ने कुरा आफ्नो ठाउँमा छ । तर, समाजको एक जिम्मेवार नागरिकले उपाय पनि खोज्नुपर्छ र उपाय खोजेर निकास दिनुपर्छ । कुनै युवा कुलतमा लागेको छ, चोरी चकारीमा लागेको छ भने हामी मौन बस्नुहुँदैन । कुलतको बाटोबाट कसरी अलग्ग गर्ने र समाजमा कसरी सरिक गराउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । समाजबाट बाहिरिएपछि, समाजमा बस्न मन नगरेपछि ती पात्रहरू गलत बाटोमा लागेको थाहा पाउनुपर्छ । कुनै साथीहरू बिरामी हुनसक्छ, दुर्घटनामा घाइते हुनसक्छ, बेहोस भएर, छटपटिएर लड्न सक्छ, त्यसबेला तत्काल सम्बन्धित निकाय वा संस्थामा पु¥याएर आफ्नो बुद्धि र विवेकले भ्याएअनुसारको सहयोग गर्नुपर्छ ।
सामाजिक कार्यकर्ताहरू निःस्वार्थी हुनुपर्छ । लोभमा फस्ने या लोभमा परेर सामाजिक कार्यकर्ताको जिम्मेवारी पूरा हुँदैन । हामीमा साथीभाइलाई सम्झाउन सक्ने क्षमता हुनुपर्छ । व्यक्तिगत स्वार्थमा लाग्ने र सङ्कीर्ण विचारका कार्यकर्ताहरू लामो समयसम्म टिक्दैनन् । सामाजिक कार्यकर्तालाई अगुवाको रूपमा लिइनुपर्छ । समाजको सेवा गर्ने भावनाको विकास गर्न नसकेकै कारण कति व्यक्तिहरू व्यक्तिगत स्वार्थमा लागे । व्यक्तिगत स्वार्थप्रति उत्प्रेरित हुनथालेकोले नै समाज सेवामा कमी आएको हो । समाजसेवी भन्ने तर समाजको कुनै सेवा नगर्ने व्यक्ति कसरी समाजसेवी हुन्छ । अतः वडाको टोल टोलमा, बस्ती बस्तीमा सामाजिक कार्यकर्ताहरूको खाँचो छ । सामाजिक कार्यकर्ताहरूको सहयोग आवश्यक छ । सामाजिक कार्यकर्तालाई उत्साहित बनाउने, जागरुक बनाउने र क्रियाशील बनाउने काममा राजनीतिक कार्यकर्ताहरूको पनि ध्यान जानुपर्छ ।
Leave a Reply