भर्खरै :

हङकङको पछिल्लो अवस्था

हङकङको मोङ ककमा शनिबार अर्को नयाँ विरोध प्रदर्शन भयो । यसअघिका प्रदर्शनजस्तै त्यो प्रदर्शन पनि हिंसामा परिणत भयो । एक ठाउँमा पुगेर उपद्र्याहा प्रदर्शनकारीहरूले खम्बामा झुण्ड्याइएको चीनको राष्ट्रिय झन्डा हटाए र समुद्रमा फालिदिए । साथै उनीहरूले ‘स्वतन्त्र हङकङ’ जस्ता नारा लेखिएको झन्डा त्यहाँ फहराए । झन्डामाथिको यो आक्रमणप्रति हङकङ र मुलभूमि चीनका जनताले कडा विरोध जनाएका छन् ।
शनिबार राति, केही प्रदर्शनकारीहरूले सिम शा सुई प्रहरी चौकीमा घेरा हाले र प्रहरीको सवारी साधनमाथि आगजनी गरे । प्रहरीले बाध्य भएर भीडलाई धपाउन अश्रुग्याँस प्रहार गर्नुप¥यो । शनिबार ढिला राति केही प्रदर्शनकारीहरूले वोङ ताई सिन क्षेत्रका प्रहरी कारहरूमा नियन्त्रण जमाए । प्रस्टतः सो क्षेत्रमा फैलिएको हिंसाले चीनको राष्ट्रिय सार्वभौमिकता र हङकङ प्रहरीको प्राधिकारलाई चुनौती दिएको छ ।
हङकङ प्रहरीलाई कानुन र सामाजिक व्यवस्थाको रक्षा गर्न हम्मेहम्मे पर्न थालेको छ किनभने कानुन र प्रहरीलाई प्रदर्शनकारीहरूले तुच्छ मान्ने गरेका छन् । प्रहरी अधिकारीहरूमाथि हमला र झन्डाको अपमानको पराकाष्ठा हो । तथापि हुलदङ्गापछि प्रहरीहरूले पनि फराकिलो निर्णय गर्न थालेका छन् । तर, उनीहरूले कानुनमै बसेर ती निर्णय गरिरहेका छन् ।
अवस्थालाई नियन्त्रणमा लिने सबभन्दा प्रभावकारी तरिका भनेको छुल्याहाहरूलाई नियन्त्रण गर्नु नै हो । प्रहरीमाथि आक्रमण, सम्पत्तिमा क्षति र आगजनीलगायतका धेरै अपराध गरेको हुनाले उनीहरूलाई गिरफ्तार गर्नु हङकङ प्रहरीको अधिकार हो । प्रहरीले रङ्गेहात गिरफ्तार गर्न नसके पनि उपद्रयाहा प्रदर्शनकारीहरूविरुद्ध प्रमाण जम्मा गर्ने र शङ्कास्पदको पछि लाग्ने काम गर्न सक्छ । ती व्यक्तिलाई न्यायको कठघरामा उभ्याउनु लामो प्रक्रिया हुनसक्छ । तर, ती मानिसहरूलाई ठाउँको ठाउँ गिरफ्तार गर्नु नै उपयुक्त विकल्प हुनसक्छ । प्रहरी प्रशासन चुस्त बनाउन सकिन्छ ।
हङकङको कुल जनसङ्ख्यामा त्यस्ता उपद्रव गर्ने मानिसको सङ्ख्या निकै कम मात्र छ । त्यहाँ भइरहेका हिंसात्मक प्रदर्शनहरूले पु¥याएको क्षतिबारे केही हङकङबासीलाई हेक्का नहोला । तर, यसको निम्ति जिम्मेवार भने निकै कममात्र छन् । हङकङ प्रहरीले हिंसात्मक प्रदर्शनमा सहभागी भएका सबैलाई गिरफ्तार गर्नुपर्छ । व्यवहारमा यस्तो गर्नु कठिन पक्कै होला । तर, कम्तीमा हङकङ प्रहरी यो सिद्धान्तमा अघि बढ्नुपर्छ ।
प्रहरीले कानुनको पालना गरिरहेको छ । प्रहरीका केही जवानहरूलाई प्रदर्शनकारीले अपमानपूर्ण व्यवहार गरेका छन् । तर, समग्र प्रहरी शक्तिमाथि नै हमला गरिएको छैन । हङकङका प्रहरीहरूले कानुनको पालना गरिरहेको कुरा केही नागरिकले बुझेका छैनन् । ढिलो–चाँडो उनीहरूले यो कुरा बुझ्नेछन् । हङकङमा उच्च व्यावसायिक र कानुनप्रति बफादार प्रहरीको आवश्यकता छ । कानुनी शासनको हङकङको भावना स्थायी समयको लागि गौण बनेको छ । तर, यो अवस्था सधैँ रहनेछैन ।
चीनको केन्द्रीय सरकार र १४ अर्ब चिनियाँजनता हङकङमा कानुनी शासन ध्वस्त भएको टुलुटुलु हेरेर बस्न सक्दैनन् । केही उपद्रयाहाहरूले केही समयको लागि सुव्यवस्थामा दखल पु¥याउन सक्छन् । तर, उनीहरूले कहिल्यै पनि यो सहर आफ्नो नियन्त्रणमा लिन सक्दैनन् । उनीहरूले हङकङमाथि कब्जा गर्ने न कुनै बाटो छ न हङकङको कानुन र ऐन आफू मनखुशी पुनर्लेखन गर्न सक्छन् ।
हङकङ प्रहरीलाई कानुनको पालना गर्न आफ्नो अधिकार पूर्णतः अभ्यास गर्ने अधिकार छ । हिंसात्मक प्रदर्शन गर्ने प्रदर्शनकारीलाई गिरफ्तार गर्ने हङकङ प्रहरीलाई पूर्ण अधिकार छ ।
चीनका देशभक्त जनता आज हङकङ प्रहरीको पक्षमा छन् । उनीहरू प्रहरीमाथिको अपमानपूर्ण गतिविधिको भत्र्सना गर्छन् । हङकङको आजको अराजक अवस्थाको अन्त्यको लागि प्रहरीको भूमिका अझ प्रभावकारी बनाउनुपर्छ । हङकङ र मूलभूमि चीनको समर्थनमा हङकङले कानुनअनुसार आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । हङकङको सामाजिक व्यवस्था कायम राख्नुपर्छ ।
उपद्रयाहाहरू केही पनि होइनन्, काल्पनिक भ्रमले कैद काँतरहरू हुन् । कानुनको सम्झौताहीन कार्यान्वयन नै उनीहरूलाई सही ठाउँमा ल्याउने एउटै बाटो हो । यही बाटोले मात्र हङकङको कानुनी शासन वा कानुनी शासनको रक्षा गर्ने शक्तिको रक्षा गर्छ ।
कुनै कानुनी प्रणालीको कसीमा घोटेर हेर्दा हङकङमा उपद्रयाहाहरूले गरेका अपराध सह्य हुन सक्दैन । हिंसात्मक प्रदर्शनकारीहरूसामू हङकङ प्रहरी आत्तिनुहुन्न । कानुनले शासन गरेको हङकङमा न्यायको जीत हुनुपर्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *