आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
यु चिनकुइ
के चीन सैद्धान्तिक शत्रु हो ? के चीनले मूल्य–मान्यता, राजनीतिक प्रणाली र विकासका अवधारणा निर्यात गरेर पश्चिमा विचारधारालाई चुनौती दिइरहेको छ ? चीनको उदयसँगै केही राजनीतिक नेता, पर्यवेक्षक र सञ्चारमाध्यमले यी विषय निकै जोडका साथ उठाइरहेका छन् । पश्चिमा ढाँचाभन्दा भिन्न तरिकाबाट अघि बढिरहेको चीन पश्चिमा मूल्य–मान्यताको लागि ठूलो चुनौती बन्न सक्ने उनीहरूको बलियो विश्वास छ । त्यस्तो भए अहिलेको अन्तर्राष्ट्रिय व्यवस्थामा परिवर्तन आउने कुराको बुझाइको सार हो ।
अस्ट्रेलियाका उदारपन्थी सांसद एन्ड्रउ हस्ते चीनविरोधीको रुपमा चर्चित छन् । उनले गत बिहीबार चीनलाई न्यूनाङ्कन गर्ने अस्ट्रेलियाली सरकारको विरोधमा चेतावनी दिए । सन् १९३० दसकको समयको तुलना गर्दै उनले त्यत्तिबेला नाजी जर्मनीविरुद्ध फ्रान्सले पुग्दो तयारी नगर्दा भोग्नुपरेको समस्यासँग चीनप्रति अहिलेको पश्चिमाहरूको बुझाइले भविष्यमा खतरा हुन सक्ने बताए । उनले चीनको विदेश नीतिमा कम्युनिष्ट विचारधाराको भूमिकालाई पश्चिमले उपेक्षा गरिरहेको तर्क गरे ।
हस्तेको विस्फोटक टिप्पणी चीनविरुद्धको कडा वैचारिक पूर्वाग्रहको अभिव्यक्ति हो । चीन र अस्ट्रेलियाबीच कुनै प्रमुख स्वार्थको टकराव छैन । बरु दुई देशबीच बलियो आर्थिक सम्बन्ध कायम रहेको छ । तर, केही अस्ट्रेलियाली राजनीतिक कुलीन वर्ग चीनप्रति किन यति बिघ्न डराइरहेका छन्, बुझिनसक्नु छ । संरा अमेरिकामा विदेश विभागअन्तर्गत नीति–निर्माण निर्देशक किरोन स्किनरले चीनलाई संसारभर पुग्न खोजिरहेको ‘वैचारिक प्रतिस्पर्धी’ को रुपमा व्याख्या गरेका छन् । केही पश्चिमाहरू विशेषतः केही अतिवादी विचार बोकेकाहरू चीनलाई गलत तरिकाले बुझ्दैछन् ।
विचारधारा वा मूल्यमान्यता निर्यात गर्ने चीनको कुनै रणनीतिक मनसाय छैन । न त विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामा परिवर्तन गर्ने मनसाय नै चीनले राखेको छ । चीनले विशुद्ध प्रतिरक्षात्मक प्रकृतिको रक्षा नीति अङ्गालेको छ । सबै पक्षको हित हुने विन–विन कोअपरेसनको बाटो हुँदै चीन संसारभर पुगेको छ । चीनको विदेश नीतिमा कम्युनिस्ट विचारधाराविरुद्ध दिइएको चेतावनी पूर्णतः निराधार छ । चीनले लामो समयदेखि आफ्नो घरेलु अर्थतन्त्रलाई टेवा पु¥याउने विदेश नीति अङ्गाल्दै आएको छ । विदेश सम्बन्ध प्रभावित नगर्न उसले वैचारिक भिन्नता पन्छाउने प्रयास गर्दै आएको छ ।
आफ्नो सभ्यता र विचारधारा अरुको भन्दा अब्बल भएको दाबी गर्दै बेलायती उपनिवेशवादीहरूले अस्ट्रेलियाका आदिवासी जनताको नरसंहार गरे । त्यस्तो नरसंहारबाट दुर्बल मानिसहरूलाई पन्छाएको भनी बेलायतीहरू सोच्थे । पश्चिमा अब्बलताको यस्तो विचारधारा एडोल्फ हिटलरको विचारधारासँग मिल्दोजुल्दो थियो ।
आज पनि केही पश्चिमाहरू पश्चिमा सभ्यताको निरपेक्ष अब्बलतामाथि विश्वास गर्छन् । यो एकप्रकारको अतिवाद हो । वास्तवमा यस्तो सोचाइले समाजमा द्वन्द्व उत्पन्न गर्छ । विभिन्न सभ्यताहरूबीच द्वन्द्वको अवस्था सिर्जना गर्छ । फलतः संसारमा गम्भीर चुनौती देखापर्छ ।
गैरपश्चिमा देशहरू, विशेषतः एसियाली देशहरूको तीब्र गतिमा उदय भएसँगै पश्चिमाहरूले प्राप्त गर्दै आएको तुलनात्मक लाभ कमजोर बनेको छ । केही पश्चिमाहरू आज थप संवदेनशील र साँघुरो विचारका बनेका छन् । अरु सभ्यताप्रति उनीहरूको अविश्वास, निगरानी र निर्ममतालाई उत्कर्षमा पु¥याइएको छ । उनीहरूले गैरपश्चिमा सभ्यताको उदयको सामना गर्नुपर्छ र त्यसमा अनुकूलित हुन सिक्नुपर्छ ।
पश्चिम केन्द्रवादमा अल्झिएको वैचारिक अतिवाद संसारको लागि सबभन्दा ठूलो सुरक्षा चुनौती हो । त्यसैकारण संसारमा अर्को युद्धको सम्भावना सधैं रहिरहन्छ ।
केही अस्ट्रेलियाली राजनीतिक नेताहरूले उछालेको ‘चीनको खतरा’ सिद्धान्तकै कारण पछिल्ला वर्षमा चीन र अस्टे«लियाबीचको सम्बन्धमा शिथिलता आएको हो । चीनका विदेशमन्त्री वाङ यीले यसै महिनाको सुरुमा दुई देशबीचको सम्बन्ध सुधार गर्ने प्रयास ‘सन्तोषजनक नभएको’ बताए । क्यानबेराले विवेक पु¥याउन जरुरी छ । दुई देशबीचको सम्बन्ध पुनःगठन गर्न हस्तेजस्ता राजनीतिक नेताहरूलाई जिम्मा लगाइनु हुन्न ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply