नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
उसै गर्मी चितवन, बितेका केही दिन यता पत्रकार शालिकराम पुडासैनीको मृत्युले अझ तातेको छ । पत्रकार पुडासैनीको हत्या हो वा आत्महत्या भन्ने कुरा प्रहरीले अझै पनि यकिनका साथ आधिकारिक भनाइ बोेलेको छैन । पुडासैनीले मर्नुअघि खिचेको भनिएको भिडियोको आधारमा प्रहरीले पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार पुडासैनीका श्रीमतीले पक्राउ परेका तीनै जनाविरूद्ध किटानी जाहेरी दिइन् । चितवनमा ‘रवि लामिछानेका फ्यान’ को नाममा दुई दिनदेखि प्रदर्शन भइरहेको छ । घटनाबारे प्रहरीले आधिकारिक भनाइ सार्वजनिक नगर्दा सर्वसाधारण यो घटना पनि कञ्चनपुरमा अघिल्लो वर्ष भएको निर्मला हत्या काण्डजस्तै सामसुम बन्दै जाने हो कि भन्ने आशङ्का गर्न थालेका छन् । घटनाबारे आधिकारिक निकायबाट सत्य तथ्य कुरा नबोलिँदा अड्कलबाजी र अतिरञ्जनापूर्ण प्रचारबाजी पनि थालेको छ । विशेषतः सामाजिक सञ्जालमार्फत अनेकथरी कुरा बाहिर आउँदा घटनाको अनुसन्धान प्रभावित हुनेमात्र होइन, सर्वसाधारणमा समेत यसको अनेकथरी प्रभाव पर्दै जाने अवस्था छ ।
निर्मला पन्तको काण्डमा पनि झन्डै यस्तै दृश्य देखिएको थियो । प्रहरी अनुसन्धान ढिला गर्दै जाने, घटनाबारे जिम्मेवार निकात्न्दा अन्य पक्षले अनेकथरी कुरा गर्ने, फलतः अनुसन्धान अझै जटिल बन्दै जाने अवस्थाको कारण आजसम्म पनि निर्मलाले न्याय पाउन सकेकी छैनन् । पछि प्रहरीले अनुसन्धानमा कमजोरी भएको स्वीका¥यो । पत्रकार पुडासैनीको घटनामा पनि यस्तै अवस्था दोहोरिने छनक देखिंदैछ ।
प्रहरी र अनुसन्धान निकायलाई अनुसन्धान गर्न दिनुपर्छ । अनुसन्धानलाई प्रभावित बनाउने तरिकाबाट कसैले सडकबाटै न्याय गर्ने तरिकाका गतिविधि रोकिनुपर्छ । सडकमा चर्को बोलेकै भरमा घटनाको सत्यतथ्य निरूपण हुने होइन । कुनै पनि व्यक्तिको पक्ष वा विपक्षमा लागिहाल्नुभन्दा अनुसन्धानको बिनादबाब निष्पक्ष अनुसन्धानको लागि नागरिकले आफ्नो तर्फबाट सजगता अपनाउन जरूरी छ । अपराधीको कुनै मुखौटो हुँदैन । त्यसकारण अनुसन्धानअघि नै कसैलाई निर्दोष र कसैलाई दोषी देखाउनु सही व्यवहार होइन ।
सरकारले यो घटनाबारे अझै पनि सत्यतथ्य कुरा जनतासमक्ष राख्न ढिलाई गर्नुहुन्न । तत्कालै घटनाको विस्तृत जानकारी जनतासमक्ष ल्याए यसमा अन्य पक्षले खेल्न सक्नेछैनन् । कसैले व्यक्तिगत पूर्वाग्रह वा रिस साँध्न नै कसैलाई दबाब दिन्छ वा कसैको मृत्युलाई उपयोग गर्न खोज्छ भने त्यो अर्को ठूलो अपराध हो । हत्या पुष्टि भए हत्यारा, आत्महत्या प्रमाणित भए त्यसको कारण पत्ता लगाउन अनुसन्धान निकायलाई सहयोग गर्नुपर्छ । सामाजिक सञ्जालमा सस्तो लोकप्रियताको भोक मेटाउन जथाभावी मनपरी श्रव्यदृश्य खिच्दै पोस्ट गर्नुले अनुसन्धानलाई अझ जटिलतातिर धकेल्नेछ ।
जनताको चिन्ताः अर्को निर्मला हत्या काण्ड नदोहोरिउन् भन्ने हो । फेरि पनि अपराधीले उन्मुक्ति पाउने अवस्थाको नआओस् भन्ने हो । जनताको यो आशङ्का मिसिएको भनाइलाई गृहप्रशासनले मनन गर्न जरूरी छ । जनतालाई गुमराहमा राखेर सडकमा आगो बल्न दिइरहने अवस्थाको अन्त्य गरिनुपर्छ ।
Leave a Reply