भर्खरै :

मस्कोको चिठी

रवीन्द्रनाथ टौगोर
‘ब्रेमेन’ आन्ध्रमहासागर
३ अक्टोबर, १९३०
म अमेरिकी तटतर्फको यात्रामा छु । तर मेरो मनभरि रुसका सम्झनाहरू छन् । मैले अरु देशहरू पनि भ्रमण गरेको छु तर यतिको प्रभावित भएको थिइनँ । उनीहरू आ–आफ्ना विभागका क्रियाकलापहरूमा सीमित थिए ः यहाँ राजनीति, त्यहाँ अस्पताल, अरु कतै विश्वविद्यालय र सङ्ग्रहालय विशेषज्ञहरू त्यसैमा व्यस्त थिए । पूरै देश एउटा उद्देश्यमा तल्लीन थियो । क्रियाकलाप एउटै भूमिमा समाहित थियो, एउटा स्नायु प्रणाली, एउटा विशाल शरीर र महान् व्यक्तित्व ।
यस्तो देश जहाँ शक्ति र सम्पत्तिको चाहना एक जनाको निहित स्वार्थमा विभाजित छ यस्तो मानसिक एकता झन्डै असम्भव छ । पाँच वर्षको युरोपेली युद्धको दौरानमा विभिन्न देशको ठूलो परिणामको क्रियाकलापले उनीहरूलाई अस्थायीरूपमा भए पनि एउटै उद्देश्यमा एकीकृत ग¥यो । तर सार चाहिँ रुसमा के भइरहेको थियो भन्ने नै हो । त्यहाँ उनीहरू एउटा असाधारण एकाइको सिर्जना गर्दै थिए । यसको नाम थियो साझा कार्य, साझा मन र साझा सम्पत्ति ।
रुस भ्रमण गरेदेखि मैले उपनिषद्का भनाइहरूलाई महसुस गरेको छु । लालचमा नपर किनभने सत्य सबैमा व्याप्त छ । व्यक्तिगत लालचले सत्यको महसुस गर्न अवरोध खडा गर्छ । त्यसबाट मात्र आनन्द लेऊ, जुन सत्यको एकताबाट प्राप्त होस् । बोल्सेभिकवादीहरू जीवनको भौतिक पक्षको बारेमा यही भन्दै छन् । उनीहरू सम्पूर्ण मानव सत्य र मानवतालाई मनन गर्छन् । मानवता र सत्यको मेलबाट प्राप्त खुसीबाट मात्र आनन्द लेऊ । अरुको सम्पत्तिमा लालच नगर । अनि लालचको सुरुआत व्यक्तिगत विभाजनबाट उत्पत्ति हुन्छ । त्यसलाई हटाएर उनीहरू भन्छन्, “आफ्नो प्रयोजनका लागि कसैको सम्पत्ति नचोर ।”
पूरै युरोपेली देशहरूमा राष्ट्रिय प्रयास भनेको व्यक्तिगत उपलब्धि मनोरञ्जन नै हो । यसको कार्यान्वयन अत्यन्त अधिकतम छ । वास्तवमै पुराणहरूमा समुन्द्र मन्थनजस्तो यसले दुवै विष र अमृतलाई सतहमा ल्याइदिन्छ । अमृत केहीको भागमा मात्र पर्छ भने बहुसङ्ख्यकको भागमा विष नै पर्छ । यसको व्याख्या अनन्त र अनवरत छ । पहिले प्रत्येकले स्वीकार गर्दथे कि यो अपरिहार्य थियो । लालच मानव प्रवृत्तिमा थियो । असमानताको मनोरञ्जन प्राकृतिक थियो । त्यसैले प्रतिस्पर्धा अनवरत हुनेछ । तर, बुभ्mनैपर्ने तथ्य के छ भने सत्य भनेको एकतामात्र हो । विभाजन भ्रम हो । जुन क्षणमा हामीले यो कुरा सही विचार र प्रयत्नले स्वीकार गर्दैनौँ, यो सपनाजस्तै हराएर जानेछ ।
रुसमा यो प्रयास अस्वीकृतहरूका लागि देशैभरि अगाडि बढाइँदै छ । सम्पूर्ण कार्यहरू एउटै प्रयासका लागि समाहित भएको छ । त्यसैले म यहाँ आइपुग्दा यो महान् विचारको प्रभाव हो भन्ने सोचेँ । मैले संसारको कहीँ पनि शिक्षा विकासको यस्तो भव्य चरण बराबरको अनुभूति गर्न पाएको थिइनँ किनभने अरु देशमा शिक्षाको फल उसका लागि मात्र प्राप्त गर्छ जसले शिक्षा लिएको हुन्छ । व्यक्तिगत तवरको शिक्षाको चाहनाले सबैलाई बराबरी प्रभाव पार्छ किनभने उनीहरू शिक्षालई सबैको मनमस्तिष्कमा संयोजन गरेर सम्पूर्ण समुदाय र मानव सेवामा समर्पित गर्दछन् । उनीहरू विश्वकर्मा हुन् । त्यसैले उनीहरूसँग विश्व मन छ ः साँच्चै विश्वविद्यालय उनीहरूको लागि हो ।
रुसीहरू शिक्षाको प्रसार विभिन्न माध्यमबाट गर्दै छन् । तीमध्ये एउटा सङ्ग्रहालय हो । प्रत्येक गाउँ र सहर सबै किसिमको सङग्रहालय सञ्जालले ढाकिएको छ । त्यस्ता सङ्ग्रहालयहरू हाम्रो शान्ति निकेतनजस्तो निष्कृय छैनन् बरु सक्रिय छन् ।
क्षेत्रीय शिक्षाको विस्तार पूरै रुसमा भएको छ । यस्ता शिक्षाका केन्द्रहरू लगभग २,००० (दुई हजार) सङ्ख्यामा र तिनीहरूको सम्बन्ध सत्र हजार सदस्यहरूसँग छ । इतिहास, भूत र वर्तमान आर्थिक अवस्थाको अध्ययन सम्बन्धित स्थानीय केन्द्रमा गरिन्छ । माटोको उत्पादकत्व विश्लेषण गरिन्छ र खनिजको खोजी गरिन्छ । सङ्ग्रहालयको माध्यमबाट गरिने यस्ता केन्द्रमा सम्बन्धित शिक्षाको प्रसारको महान् उत्तरदायित्व छ । बृहत प्रसारित क्षेत्रीय शिक्षा र यससँग सम्बन्धित सङ्ग्रहालयहरू नयाँ युगका शिक्षा प्रगतिका केही मुख्य माध्यमहरू हुन् जुन रुसमा सुरु गरिएको छ ।
कालीमोहनले शान्ति निकेतनका छेउछाउमा यस्तै कार्यहरू गरेका छन् । तर हाम्रा शिक्षक र विद्यार्थीहरू सम्मिलित नभएकाले कममात्र प्रभाव पार्न सफल भएको छ । सोधपुछ र जाँचका लागि मानसिकरूपमा तयारी हुनु सफलताभन्दा कम महत्वपूर्ण छैन । मैले सुनेअनुसार प्रभावले आफ्ना अर्थशास्त्र विभागका विद्यार्थीहरूसँग कलेजमा यस्तो जग बसालिसकेका छन् । तर, यो अझ बृहत्रूपमा गरिनुपर्दछ । विद्यालय तहका विभागहरूलाई समेत यस्ता कार्यमा अग्रसर गराइनुपर्दछ र क्षेत्रीय सङ्ग्रहालयको प्रदर्शनीको व्यवस्था गरिनुपर्दछ ।
तिमीलाई रुसको चित्र प्रदर्शन भवनको व्यवस्थापनको बारेमा सुन्न मन हुनेछ । मस्कोमा प्रसिद्ध ‘टे«टयाकोभ प्रदर्शनी’ नामक चित्रकला सङ्कलन छ । झन्डै तीन लाख मानिसहरू १९२८ देखि १९२९ को बीचमा मरेका थिए । सबै भ्रमण गर्न चाहनेहरूलाई व्यवस्थापन गर्न गाह«ो भएको छ । त्यसैले आगन्तुकहरूले अगाडि नै आफ्नो नाम दर्ता गराइसक्नुपर्छ ।
रुसमा भएको १९१७ को क्रान्ति अगाडि यस्ता प्रदर्शनी भ्रमण गर्ने उच्च वर्गका मात्र हुन्थे । विद्वान र उनीहरू कथित बुर्जुवाइहरूमात्र हुन्थे । हाल उनीहरूको ठाउँमा ज्यालादारी जस्तै ः डकर्मी, लोहार, किरानापसले, लुगा सिलाउने आदि हुने गर्दछन् । यीबाहेक रुसी सैनिक, सैनिक अधिकृत, किसानहरू पनि आउँछन् ।
त्यस्ता प्रदर्शनीहरूले मानिसहरूमा क्रमैसँग कलात्मक भाव उजागर गर्दछ । पहिले हेराइमा कलाको रहस्यमय अर्थ र सही प्रशंसा असम्भव छ । उनीहरू अचम्मित र भ्रमित हुँदै प्रदर्शनी हलमा टहलिँदै हेर्छन् । प्रत्येक सङ्ग्रहालयमा त्यहाँ सक्षम सहयोगीको व्यवस्था छ । उनीहरूको छनौट शिक्षासँग सम्बन्धित अधिकारीहरूबाट हुन्छ अथवा त्यस्तै प्रदेश संस्थाबाट पनि हुन्छ । उनीहरूसँग आगन्तुकहरूको कुनै मौद्रिक कारोवार हुँदैन । त्यहाँका सहयोगीहरूले यतिमात्र विषय खुराक आगन्तुकहरूका लागि चित्रमात्र पर्याप्त छैन भनेर महसुस गर्नुपर्छ ।
आजसम्म पनि धेरै काम मानिसहरू मात्र चित्रकलाको संरचना रङ योजना, खाली ठाउँ, प्रकाश र प्रविधिको बारेमा ज्ञान राख्दछन् । त्यसकारण सहयोगी सम्पूर्णरूपले विषयगत सर्वज्ञ हुनुपर्दछ ताकि उसले आगन्तुकहरूको उत्सकुता र सहजता उजागर गर्न सकोस् । उसले सङ्ग्रहालयमा एउटामात्र चित्र हुन्न भन्ने कुरा पनि बुझ्नुपर्छ । त्यसैले आगन्तुकको उद्देश्य एउटा मानचित्र हेर्ने हुनुहुँदैन । उनीहरूले सङ्ग्रहालयमा राखिएका सबै चित्रकला प्रविधिसहित बुझ्नुपर्दछ । सहयोगीको भूमिका केही चित्रहरूको पहिचान गरी व्याख्या गर्ने हुनुपर्दछ । यिनीहरूको धेरै चर्चा पनि गरिनु हुँदैन । अनि २० मिनेटभन्दा बढी समय पनि लगाउनु हुँदैन । मुख्य कुरा व्याख्यामा चित्रको आफ्नो भाषा र लय ताल हुन्छ । के आवश्यक छ भने चित्रकलाभित्रको संरचना विषय र आसय देखाउनुपर्छ जसले चित्र बुझ्न सकिने होस् । अर्को महत्वपूर्ण कुरा कसरी कुनै चित्र अनौठो छ र त्यसमा अरुभन्दा के भिन्नता छ भन्ने देखाउनुपर्छ । आगन्तुकले अलिकतिमात्र थकान महसुस गरेमा व्याख्या गर्न बन्द गरिनुपर्छ । मैले अनभिज्ञहरूलाई चित्रकला कसरी पढाइन्छ भन्ने केही टिपोट तयार पारेको छु । हाम्रा मानिसहरूले के कुरामा ध्यान पु¥याउनुपर्छ भन्ने कुरा मैले पहिलेका पत्रहरूमा पनि भनेको छु । उनीहरू जति सक्दो छिटो पूरा देशलाई कृषि र यान्त्रीकरणको माध्यमबाट मजबुत बनाउँदै छन् । यो काम अत्यन्त व्यवहारिक छ । यो एउटा आफ्नै बलबुत्ताले आफूलाई उभ्याउन सक्ने अभियान भनेको एउटा महान र विशाल प्रयास हो ।
जब हाम्रो देशमा राष्ट्रव्यापी राजनीतिक क्रियाकलपको बारेमा चर्चा हुन्छ, हामी एउटा रातो बत्ती बालेर पूरा बाँकी उज्यालोका बत्तीहरू निभाएर अरुको ध्यान आकर्षित गर्नुपर्छ भन्छौँ । ललितकलाले यस्ता सबै विचारहरूलाई फिक्का बनाइदिन्छ । हाम्रा देशवासीहरू लगातार हातले शरीरमा पिट्ने कुस्तीबाज बनाउनैपर्छ । कोर्दा देवी सरस्वतीको वीणालाई एउटा लठीमा परिवर्तन गर्न सकिन्थ्यो होला । उनीहरूलाई जानकारी छ कि ज–जसले सौन्दर्यको प्रशंसा गर्नसक्दैनन् उनीहरू वास्तवमा असभ्य हुन् । उनीहरू बाहिरबाट जति अशिष्ट देखिन्छन् त्यति नै भित्रीरूपमा कमजोर पनि हुन्छन् । उनीहरूले नाच्ने, गाउने र कार्य सम्पादन गर्ने अनि डरलाग्दो अनिकाल सन् १९१७ को क्रान्तिको बेलामा पनि कुनै विवादविना त्यो महान् ऐतिहासिक कार्यमा रुसीहरू सहभागी भएका थिए ।
मरुभूमिमा शक्ति हुँदैन । वास्तविक शक्तिको प्रतिमूर्ति त पानीमा मात्र देखिन्छ । जहाँ पानी चट्टानलाई घिचोल्दै बाहिर आउँछ । जहाँ बन्दै गरेको वसन्तको सौन्दर्यले पहाडलाई उच्च र आकर्षित बनाएको छ । विक्रमादित्यले भारतलाई सिथियनहरूबाट खाली गराए । तर कालीदासलाई मेघदूत लेख्न कहिल्यै निषेध गरेनन् । जापानीहरू तरवार राम्ररी चलाउन सक्छन् भन्ने कुरा कसैले अस्वीकार गर्दैनन् तर त्यतिकै धुत्र्याइँका साथ उनीहरू झाडु पनि चलाउँछन् । यही रुस आएर मैले उनीहरू सबै कामदारमा परिणत भएको र कलकारखानामा सामान आपूर्तिमात्र गर्ने काम गरेको भए मैले बुझ्नुपथ्र्यो कि उनीहरू सुक्खा लागेर मर्थे होलान् । एउटा वृक्षमा पातहरू नभए त्यसबाट आउने आवाजमा मिठास हुँदैन । त्यसले काठ उत्पादन गरेकोमा गर्व गर्नसक्छ । तर, त्यो सिकर्मीको ज्यासलमा राखिएको मृतक काठसरहमात्र हुन्छ । त्यो वृक्ष फलविहीन हुन्छ । त्यसकारण हाम्रा नायकहरूलाई भन्न चाहन्छु र भक्तहरूलाई सचेत गर्न चाहन्छु कि जब घर आइपुग्नेछु म मेरा क्रियाकलापहरू कुनै पादरीको कडा चेतावनीले पनि अब रोकिने छैन ।
रुसी मञ्चमा प्रदर्शन गरिएका कलाले कहिल्यै नरोकिने नयाँ सिर्जनाको साहस गरेको छ । यो साहसिक सिर्जना पनि सामाजिक क्रान्तिमा क्रियाशील छ । समाजमा उनीहरू कुनै पनि राजनीति र कलाकारिताले डराउँदैनन् ।
रुसी व्यक्तिले पुराना धार्मिक संस्था र राजनीतिक व्यवस्थालाई जरैबाट उन्मूलन गरेको छ । दुवैले सदियौँदेखि उनीहरूको मस्तिष्क र क्रियाशीलतालाई आफ्नो मातहतमा नियन्त्रित गरेका थिए किनभने राजा जो आफ्ना जनतालाई स्वतन्त्रताबाट वञ्चित गरेको भए पनि ऊ धर्मभन्दा भयानक हुन्न । राजाले जनताको अनभिज्ञताबाट फाइदा उठाई उनीहरूको मानसिक स्वतन्त्रताको हनन गर्दछ । जनतालाई दासत्वमा कैद गर्न मुख्यरूपले राजालाई सहयोग गर्ने धर्मले नै हो । धर्मले जनतालाई अन्धविश्वासी बनाउँछ । यस्तो धर्म विषकन्याजस्तै हो । विषकन्याले आकर्षित गरी अङ्कमाल गर्छिन् र मार्छिन् । सौन्दर्यको वाण मृतको वाणभन्दा गहिराइमा पुग्छ र जानकारी नै नदिई हत्या गर्छ ।
रुसीहरूले जारको बेइज्जतीबाट र आफ्नै हीनताबोधबाट संरक्षण गरेका छन् । अरु देशका भक्तहरूले जति नै निन्दा गरे पनि म व्यक्तिगतरूपमा निन्दा गर्न सक्दिँन । धार्मिक मोहभन्दा नास्तिकता धेरै गुणा फलदायी हुन्छ । धार्मिक मोहले मनलाई अन्धकार बनाउँछ र आत्मालाई कालकोठरीमा बन्द गर्दछ ।
आन्ध्र महासागर
४ अक्टोबर १९३०
रुस भ्रमण गर्ने मेरो एउटै उद्देश्य थियो – छोटो समयमा शिक्षा प्रसारको लागि त्यहाँ के गरिँदै छ र यसको परिणाम कस्तो छ भन्ने नै हो ।
भारतमा भएको दुःखको जड भनेको अनभिज्ञता नै हो भन्ने मेरो विचार छ । फरक जात, धार्मिक घृणा, पहलको कमी, भौतिक साधनको कमीको कारण शैक्षिक स्थिति कमजोर छ । साइमन आयोगको प्रतिवेदनअनुसार भारतमा हुने बृहत् आपराधिक गतिविधिमा अङ्ग्रेज शासनको एउटा कमजोरी के देखाइयो भने त्यहाँ पर्याप्त शैक्षिक विकासको मापन हुनसकेन । त्यहाँ केही थप आवश्यकता थियो । मानौँ, घरधनीले होसियार हुन सिकेका छैनन् । ऊ एउटा कोठाबाट अर्को कोठामा जाँदा ढोकाको फ्रेममा ठक्कर खान्छ । ऊ छायाँबाट डराउँछ । आफ्नो भाइ नै चोर होला भनेर पिट्न चाहन्छ । लगातार ओछ्यानमा सुतिरहन्छ र कहीँ बाहिर जाने साहस गर्दैन । जब ऊ भोको हुन्छ, उसले खाना पाउँदैन । अब ऊ भाग्यमा निर्भर हुनुको विकल्प हुँदैन । उसका सबै उपायहरू बन्द भएका हुन्छन् । त्यसकारण त्यो घरको व्यवस्थापन उसलाई सुम्पन्नु हुँदैन । के उसको समयको अन्त्य भएको हो ?
युरोपमा एकपटक निर्दोष महिलाहरूलाई बोक्सी भनेर जलाइयो, वैज्ञानिकहरूलाई पापी भनेर जलाइयो, अति नै निर्दयी भएर धार्मिक विश्वासलाई दमन गरियो । अनि कुनै धार्मिक समुदायलाई राजनीतिक अधिकारबाट वञ्चित गरियो । मध्य युगदेखि इतिहासका कति मुख्र्याइँ, पाप र अन्धोपनको थुप्रो लागिरहेको छ, कति लागेको थियो र ती सबै कसरी गए त ? त्यसको आवश्यक विषय भनेको शिक्षा नै हो ।
यही शिक्षाको शक्तिले नै छोटो समयमै जापानले राजनीतिक र भौतिक विकास गर्न सफल भएको हो । आधुनिक टर्कीले अत्यधिक साहसका साथ हठधार्मिकताबाट शिक्षाकै कारण मुक्ति पाएको छ । ‘भारत सुत्छमात्र’ किनभने उनको घरमा प्रकाश निषेधित छ । शिक्षाले आधुनिक संसारलाई चनाखो बनाउँछ र भारतको विकासको ढोका सदा खुला राख्दछ ।
जतिखेर म रुसतिर लागेको थिएँ मैले धेरै अपेक्षा गरेको थिइनँ किनभने मैले अङ्ग्रेज राज्यबाट धेरै कुरा हासिल गरिसकेको थिएँ । भारतको प्रगति गर्न कति कठिन छ भनेर केही विदेशीहरूले अशुभ शैलीमा घोषणा गरेका छन् । परिवर्तन अत्यन्त गाह«ो छ भन्ने कुरा म स्वीकार्छु । तर हामी किन यस्तो अवस्थामा छौँ ? भन्ने प्रश्नले घोचिरहन्छ ।
रुसमा आम मानिसमा आएको उपलब्धि अधिक नभए पनि कम चाहिँ होइन । त्यहाँ भारतमा भन्दा पनि गाह«ो अवस्था थियो । यी दुई देशका जनताको अवस्था करिब करिब उस्तै छ । उस्तै साक्षरता दर असहायपन र उनीहरूको वर्ग पुरातन सोचको बोझ, पण्डित्याइँले सदा दबिएको थियो । उनीहरूको आत्मसम्मान उपल्लो वर्गका बुटको धूलोमा लतपत भएको थियो । उनीहरूले आधुनिक वैज्ञानिक युगको कुनै फाइदा र सौभाग्य प्राप्त गर्न सकेका थिएनन् । उनीहरूको भाग्य उनीहरूको पुर्खाको भूतमै जकडिएको थियो । यसले उनीहरूलाई कुनै एउटा पुरातन सोचमा हजारौँ वर्षदेखि जकडेर राखिएको थियो । जब यसका विरुद्ध उनीहरूको रगत तातेको थियो उनीहरूले त्यो रिस नजिकका यहुदीहरूमाथि पोखे । उनीहरू आफ्नै वर्गका मानिसहरूलाई यति सजिलै हिंसा गर्दथे कि जति उनीहरू कथित माथिल्ला वर्गको अगाडि शिर निहुराउँथे ।
उनीहरूको अवस्था यस्तो थियो । ती जनता जसले आफ्नो भाग्य आफ्नै वशमा ल्याउन सफल भएका छन् र हाल उनीहरू अङ्ग्रेज जतिकै शक्तिशाली छैनन् किनभने उनीहरू सन् १९१७ मा मात्र शक्तिमा आए । उनीहरूको राजनीतिक स्थिरताका लागि न समय नै थियो न कुनै शक्ति । देश विदेश दुवैतर्फ शत्रुता थियो । आम जनतालाई सक्षम र विवेकशील बनाउन जुन प्रतिज्ञा उनीहरूले गरेका छन् त्यो भारतीय शासकभन्दा धेरै गुणा प्रशंसनीय छ । त्यसकारण रुसमा कुनै कुरा हेर्न अपेक्षा गर्नु पनि अन्याय हुन्थ्यो होला ।
हामीलाई के जानकारी छ र सुनेका छौँ भने त्यहाँ धेरै बाध्यता छ । आदेशको भरमा पनि सजाय गरिन्छ । त्यहाँ अरु पक्षमा केही हदसम्म स्वतन्त्रता भए तापनि प्रशासनको प्रबन्धको बारेमा मौन रहन्छ । तर, यो त चन्द्रमाको थोरै अँध्यारो पक्षमात्र हो । मेरो मुख्य आशय भनेको राम्रो पक्षको विश्लेषण गर्नु हो ।
कति युरोपेली तीर्थ यात्रामा हिँडेका लङगडाहरूलाई भगवानको कृपाले सग्ला मानिसमा अचानक परिवर्तन हुन्थ्यो भन्ने विश्वास थियो । यहाँ पनि यस्ता विश्वासहरू छन् । अति कम समयमा लङ्गडाहरूको वैशाखी रधमा परिवर्तन भएर उनीहरूलाई यताउति घुमाउँथ्यो । मानवताको सवालमा रुसले शिर ठाडो पार्न सफल भएको छ । उनीहरूका मस्तिष्क र हातहरू आफ्नै भएका छन् ।
म झन्डै ७० वर्षको भएँ । तर, योभन्दा अघि मैले कहिल्यै धैर्य गुमाएको छैन । सहनै नसकिने अनभिज्ञता देखेर मैले सबभन्दा बढी भाग्यलाई दोष दिएको छु । मैले आफ्नो सरल र झिनो प्रयाससमेत गरेको छु । जब मैले मेरो देशको दयनीय अवस्था देखेँ, मैले मेरो घमण्ड त्यागिदिएँ । मैले अधिकारीहरूसँग सहयोग मागेँ तर लाजमर्दो र पश्चातापपूर्ण कुरा के छ भने आफ्नै देशवासीले मेरो सहयोगको विद्रोह ग¥यो । विदेशीको अधीनमा भएको देशको सबभन्दा ठूलो रोग यही हो । आफन्तमै भएको शत्रुता, इष्र्या, साँगुरोपन मस्तिष्कमा रहनु भनेको देशको सबभन्दा ठूलो विष हो ।
जे हुन्छ भएरै छाड्छ । मैले किताबमा पढेको छु र यो देशको ‘अत्यन्त गाह«ो’ अवस्थाबारेमा पनि सुनेको छु । तर, यसबाट कसरी मुक्ति पाइन्छ भन्ने कुरा आफै देखेको छु ।
अनुवाद – भानु हुमागाइँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *