आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
प्रभात पटनायक
विख्यात इतिहासकार तथा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का मेरा निकै पुराना सहकर्मी प्राध्यापक रोमिला थापरलाई सन् २०१९ जुलाईमा जेएनयूका शिक्षाध्यक्षको नामबाट एउटा पत्र ठमाइयो । सो पत्रमा थापरलाई विश्वविद्यालयसमक्ष आफ्नो व्यक्तिगत विवरण (सीभी) बुझाउन भनिएको थियो । विश्वविद्यालयले गठन गरेको एउटा समितिबाट उनको कार्य मूल्याड्ढन र उनलाई दिइएको जेएनयूको प्रोफेसर इमिरिटाको पदलाई निरन्तरता दिने–नदिने निक्र्योल गर्न समितिले सीभी मागेको पत्रमा उल्लेख थियो । थापर सन् १९९१ मा प्राध्यापक पदबाट निवृत्त भएकी थिइन् र त्यसलगत्तै उनलाई प्रोफेसर इमिरिटा पदमा पदासिन गरिएको थियो ।
जेएनयूको आजको कार्यकारी परिषद्लाई प्रोफेसर इमिरिटाको अर्थ थाहा छैन सायद । प्रोफेसर इमिरिटा धेरैले दर्खास्त मागेर नियुक्त गरिने पदजस्तो सोचिएको देखियो ।
प्रोफेसर इमिरिटा नितान्त फरक पदवी हो । खासमा त्यो कुनै पद होइन । प्रोफेसर इमिरिटा कसैले दर्खास्त हालेर हासिल गर्न सकिने पद पनि होइन । प्रोफेसर इमिरिटा भनेको आजीवन प्राध्यापनपछि निवृत्त हुने वा निवृत्त प्राध्यापकलाई उनको विशिष्ट सेवाको लागि विश्वविद्यालयले सम्मानार्थ प्रदान गरिने पद हो । यो संसारकै सबै विश्वविद्यालयमा लागू हुने पद्धति हो ।
यहाँ प्रस्ट हुनुपर्ने कुरा के हो भने, प्राध्यापक इमिरिटस वा इमिरिटा पदवी प्रदान गरिने पत्रमा उनको सम्मानित जीवन र योगदानको चर्चा गरिएको हुन्छ । प्राध्यापन र अनुसन्धानमा प्राध्यापकले गरेको विशिष्ट योगदान र विशिष्ट प्राज्ञिक उपलब्धिको कदर स्वरूप सो पदवी प्रदान गरिएको हुन्छ । तर, जेएनयूको अहिलेको प्रशासनले न त यो कुरा बुझेको छ न बुझ्ने कोसिस गरेको देखियो । त्यसकारण उनीहरूको जानकारीको लागि यो व्याख्या आवश्यक परेको हो ।
प्रोफेसर इमिरिटस सम्मानित पदवी हो भन्नुको अर्थ विश्वविद्यालयले यो पदवीबाट सम्मानित व्यक्तिलाई कुनै आर्थिक वा अन्य कुनै विशेष सुविधा वा बन्दोबस्त गर्नुपर्छ भन्ने होइन । विश्वविद्यालयमा विशिष्ट योगदान गरेका प्राध्यापकहरूमध्येबाट केहीलाई सम्मानार्थ यो सम्मानको रूपमा प्रदान गरिने पदवी हो ।
त्यसकारण यो पदमा एक जनालाई निकालेर अर्को कोही प्राध्यापकलाई नियुक्ति गर्ने कुनै प्रश्नै उठ्दैन । प्रोफेसर इमिरिटा पदवीको निम्ति विश्वविद्यालयले कुनै विशेष व्ययभार पनि बोक्नुपर्दैन । प्राध्यापकले गरेको प्राज्ञिक योगदानको आधारमा विश्वविद्यालयले प्रोफेसर इमिरिटा छनौट गर्ने हो । यस्ता प्राध्यापकहरूको सङ्ख्या जति पनि हुनसक्छ । जीवनभर योगदान पु¥याएका सम्मानित व्यक्तित्वलाई नै यो पदवीबाट सम्मानित गरिने हो । त्यसकारण यो पदवी पाइसकेको व्यक्तित्वलाई फेरि फेरि मूल्याड्ढन गरिंदैन ।
यो पदवी आगामी दिनमा गरिने कामको लागि दिइने होइन । हिजो गरेको योगदानको आधारमा प्रदान गरिने हो । निवृत्त हुनुअघि प्राध्यापकले गरेको योगदानको आधारमा यो पदवी दिइने हो अर्थात् प्राध्यापकलाई पदवी दिइनुअघि गरेको योगदानको आधारमा यो पदवी दिइन्छ । यो आजीवन सम्मानको पदवी हो । त्यसकारण पदवी दिइसकेपछि फेरि पदवी पाउने व्यक्तिको कामको पुनःमूल्याड्ढन गरिंदैन । भविष्यमा गरिने कामबाट यो पदवीको निरन्तरता निर्भर रहँदैन ।
विश्वविद्यालयले यो पदवी प्रदान गर्दा कुनै दर्खास्त वा व्यक्तिगत विवरण माग्दैन । यस्तो पदवी प्राप्त गरेका प्राध्यापकको प्राज्ञिक उपलब्धि र गतिविधि तथा व्यक्तिगत विवरण विश्वविद्यालयको वेभसाइट र रेकर्डमा राखिएको हुन्छ । विश्वविद्यालय प्रशासनले नै यसको व्यवस्थित अभिलेख राखिएको हुन्छ । व्यक्तिगत विवरण मागिरहनु पर्ने आवश्यकता नै रहँदैन । न त कुनै परीक्षा वा समूहगत परीक्षणको नै आवश्यकता पर्दछ ।
विश्वविद्यालयका शिक्षाध्यक्षको पत्रको जवाफमा थापरले इमिरिटस प्राध्यापक पदवी प्रदान गर्नुको अर्थ जानेर नै यो पत्र पठाइएको हो कि होइन भनी प्रतिप्रश्न गरिन् । थापरले ठीक प्रश्न गरेकी छिन् ।
विश्वविद्यालयले बनाएको भनिएको समितिले के र कसरी उनको मूल्याड्ढन गर्ने हो ? प्राचीन भारतको इतिहासको सुरुवाती अध्ययनको विशिष्ट पुस्तक ‘द पास्ट बिफोर अस’ जस्ता उनी प्रोफेसर इमिरिटस बन्नुअघि लेखिएका पुस्तकहरूको आधारमा उनको मूल्याड्ढन गरिने हो ? वा नोबेल पुरस्कारकै दाँजोको मानिने क्लुज इतिहास पुरस्कार २००८ को आधारमा उनको मूल्याड्ढन गरिने हो ? क्लुज पुरस्कार नोबेल पुरस्कारले नसमेटेको विषयमा दिइने विश्वविख्यात पुरस्कार हो । उनको अन्य प्रकाशन र पुरस्कारलाई त्यो समितिले कति अड्ढ प्रदान गर्ने हो ?
रोचक कुरा त के हो भने, जेएनयूको त्यो पत्र प्राप्त गर्नुअघि थापरको हातमा अमेरिकी दार्शनिक समाज (एपीएस) को पत्र हात प¥यो । पत्रमा उनी सो समाजको सदस्य भएको जानकारी उल्लेख थियो । एपीएस संरा अमेरिकाका विद्वानहरूको निकै पुरानो संस्था हो । त्यसको सदस्यता बौद्धिक क्षेत्रमा हासिल गरेको उपलब्धिको आधारमा प्रदान गरिन्छ ।
एउटा विदेशी बौद्धिक समाजले भारतका एक जना सम्मानित विद्वानलाई गरेको व्यवहार र थापरले दसकौं सेवा गरेको विश्वविद्यालयले उनलाई गरेको व्यवहारमा कति प्रस्ट भिन्नता ¤ थापर जेएनयूकी संस्थापन प्राध्यापक हुन् । जेएनयूकै इतिहास अध्ययन केन्द्रले पनि शिक्षाध्यक्षबाट थापरको इमिरिटस पदवीबारे पुनर्विचार गर्ने विश्वविद्यालयको पत्रचारप्रति भत्र्सना गरेको छ ।
आजभोलि उच्च शिक्षाको गुणस्तर सुधारको विषयमा व्यापक चर्चा–परिचर्चा हुने गरेको छ । यदि हाम्रो विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरूमाथि यस्तो व्यवहार हुने हो भने त्यो मृगतृष्णामात्र हुनेछ ।
(लेखक जेएनयूका प्राध्यापक हुन् ।)
स्रोत ः सिटिजन
नेपाली अनुवाद ः सजिला
Leave a Reply