नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
लुयन चीयानझाङ (LUAN JIANZHANG)
चीनबारे राम्रो बुझाइ राख्न तपाईले चिनियाँ कम्युनिस्ट पार्टीबारे बुझ्न जरुरी हुन्छ । चिकपाले चीनको राष्ट्रिय स्वतन्त्रता र मुक्तिका निम्ति चिनियाँ जनताको नेतृत्व ग¥यो । पार्टीले समाजवाद स्थापना ग¥यो । सुधार र खुलापनको महान यात्रा पार्टीको नेतृत्वमा चीनले सुरु ग¥यो र विकासका कठिनतम सिलसिलाहरू साहसपूर्वक सम्पन्न ग¥यो ।
बितेका चार दशकमा चीनले ७४ करोडभन्दा बढी जनतालाई गरिबीबाट माथि उठायो । सन् १९७८ मा ९७.५ प्रतिशत गरिबी जोखिम दर (poverty incidence rate) बाट सन् २०१७ को अन्तसम्ममा ३.१ प्रतिशतमा झार्न सफल रह्यो । यो मानव विकासको इतिहासमै एउटा अभूतपूर्व उपलब्धि हो । यही प्रक्रियामा चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदायो ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्दं्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) बाह्य गतिविधिका लागि पार्टीको जिम्मेवार कार्यकारी विभाग हो । विभिन्न देशका राजनैतिक पार्टीहरूसँग विविध क्षेत्रमा आदानप्रदानद्वारा यस विभागले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न महत्वपूर्ण मञ्च र संयन्त्र बाहिरी विश्वलाई प्रदान गर्दै आइरहेको छ । हालैमात्र चिनियाँ कम्युनिस्ट पार्टीले १६० वटा देश र क्षेत्रभन्दा बढीको राजनीतिक क्रमबाट ४०० वटाभन्दा बढी राजनीतिक पार्टीसँग नियमित र समयसमयको आदानप्रदानलाई कायम राख्यो ।
सी चिङ फिङको प्रस्तावको विश्वव्यापी महत्व अर्थात् अपरिहार्यता
सन् २०१७ अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनले सबैलाई एकतामा आउन आह्वान ग¥यो । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमाथि सी चिङफिङको विचार चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा समावेश गरियो । पार्टी सदस्यहरूलाई काम गर्नका लागि सो विचार नयाँ मार्गनिर्देशक बन्यो । सी चिङ फिङको उक्त विचार चीनको संविधानमा त्यसको पछिल्लो वर्ष सम्मानपूर्वक समावेश गरियो । सम्मेलनलाई सम्बोधन गर्दै आफ्नो मन्तव्यमा सी चिङ फिङले उद्घोष गर्नुभयो –“दशकौँको कडा परिश्रमपछि चिनियाँ विशेषतासहितको समाजवादले नयाँ युगमा पदार्पण गर्न सम्पूर्ण अवरोध सफलतापूर्वक पार ग¥यो । यो चीनको विकासमा नयाँ ऐतिहासिक मोड हो ।”
चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश ग¥यो भन्नुको तात्पर्य निम्न छन्– चिनियाँ राष्ट्रले आधुनिक समयको सुरुआतदेखि लामो समयसम्म थुप्रै आरोह–अवरोहको सामना ग¥यो, थुप्रै अद्भूत रुपान्तरण पनि हासिल ग¥यो ।
चीन आफ्नो खुट्टामा उभियो, धनी भएर हुर्कियो र शक्तिशाली बन्दै छ । चीनले पुनर्जागरण र पुनप्र्राप्तिको तेजिलो आशालाई उत्साहका साथ सञ्चार ग¥यो । यसको अर्थ २१ औँ शताब्दीको चीनमा वैज्ञानिक समाजवाद पूर्ण क्षमता र ऊर्जाका साथ विकास गरिनेछ । अहिले चिनियाँ विशेषतासहितको समाजवादको झन्डा उँचो फहरिरहेको छ । यस अर्थमा चिनियाँ विशेषतासहितको समाजवादको मार्ग, विचार, प्रणाली र संस्कृतिले आधुनिकीकरणतर्फ अन्य विकासशील देशहरूलाई डो¥याउनको निम्ति नयाँ विकासशील र प्रज्वलित दिशा र गति प्रदान ग¥यो । आफ्नो स्वाधीनता रक्षार्थ स्वतन्त्रतामाथि कुनै आँच नआउने गरी विकासको गतिमा कुद्न चाहने अन्य देशहरूलाई यसले विकल्प प्रदान ग¥यो । समस्या सामना गरिरहेको मानवजातिलाई चिनियाँ अवधारणा र चिनियाँ बौद्धिकता प्रदान ग¥यो ।
माथिका धारणाहरूले नयाँ राष्ट्रपति चिनियाँ विशेषतासहितको समाजवादमाथि राष्ट्रपति सी चिङ फिङको विचारको विश्वव्यापी अपरिहार्यता दर्शाउँछ । यसलाई तीन तहमा विभाजन गरी बुझ्न सकिन्छ –
पहिलो तह, विश्वका समाजवादी आन्दोलनबारे छ । नयाँ युगमा प्रवेश गरेदेखि चिनियाँ विशेषतासहितको समाजवादले आफ्नो बलियो ऊर्जा र महत्व प्रकट गर्दछ । कठिनाइलाई बहादुरीले जित्दै चिनियाँ कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको झन्डालाई उचाइमा पु¥याउन खोज्दै छ ।
चीन आफ्नो खुट्टामा उभियो, धनी भएर हुर्कियो र शक्तिशाली बन्दै छ । चीनले पुनर्जागरण र पुनप्र्राप्तिको तेजिलो आशालाई उत्साहका साथ सञ्चार ग¥यो । यसको अर्थ २१ औँ शताब्दीको चीनमा वैज्ञानिक समाजवाद पूर्ण क्षमता र ऊर्जाका साथ विकास गरिनेछ । अहिले चिनियाँ विशेषतासहितको समाजवादको झन्डा उँचो फहरिरहेको छ । यस अर्थमा चिनियाँ विशेषतासहितको समाजवादको मार्ग, विचार, प्रणाली र संस्कृतिले आधुनिकीकरणतर्फ अन्य विकासशील देशहरूलाई डो¥याउनको निम्ति नयाँ विकासशील र प्रज्वलित दिशा र गति प्रदान ग¥यो । आफ्नो स्वाधीनता रक्षार्थ स्वतन्त्रतामाथि कुनै आँच नआउने गरी विकासको गतिमा कुद्न चाहने अन्य देशहरूलाई यसले विकल्प प्रदान ग¥यो । समस्या सामना गरिरहेको मानवजातिलाई चिनियाँ अवधारणा र चिनियाँ बौद्धिकता प्रदान ग¥यो ।
दोस्रो तह, आफ्नो स्वतन्त्रता र स्वाधीनता रक्षा गर्दै विकासको मार्गमा तीव्र गतिशील हुन चाहने विकासशील देशबारे छ । चीनले ती विकासशील देशलाई आधुनिकीकरणतर्फ उन्मुख हुनका निम्ति नयाँ विकल्प प्रदान ग¥यो । सामान्यतः धेरैजसो देशहरूले पश्चिमा विकास मोडल नै आत्मसात गरिरहेको देखिन्छ । चिनियाँ विकास मोडेलको सफलताले विकासमा आधुनिकीकरणको नयाँ मार्ग खुलेको अनुभूति धेरैले गरे । यसले मानवजातिले सामना गरिरहेका सम्पूर्ण समस्या समाधानका लागि चिनियाँ बौद्धिकता र अवधारणा पस्केको छ ।
सन् २०१७ नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म पेइचिङमा चीन र विश्वका राजनीतिक पार्टीहरूको उच्चस्तरीय वार्ता र बैठक चल्यो । जसको सार “एउटा राम्रो विश्व र मानव जातिका लागि साझा भविष्यसहितको समुदाय निर्माणका लागि सामूहिक कार्यमा राजनीतिक पार्टीहरूको दायित्व अर्थात् जिम्मेवारी”, उक्त उच्चस्तरीय बैठकमा १२० देशहरूका ६ सय प्रतिनिधिहरू सहभागी थिए ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले मानव जातिको लागि साझा भविष्यसहितको समुदाय निर्माणका लागि ४ वटा बुँदा प्रस्ताव गर्नुभयो –
१) त्रासरहित सुरक्षित विश्वको निर्माण गरौँ ।
२) गरिबी निवारणका लागि प्रयास थालौँ र साझा समृद्धिको मार्ग कोरौँ ।
३) खुला र समावेशी विश्व निर्माण गरौँ ।
४) सफा र सुन्दर विश्व बनाऔँ ।
राष्ट्रपति सीको उक्त प्रस्तावले सहभागीहरूबीच एक किसिमको चर्चाले प्रवेश पायो । पार्टीको शासनमा चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र रणनीतिले देश र सारा विश्व जगतमा फेरि एकचोटि छलफलको तरङ्ग ल्यायो ।
जर्मनका विज्ञ फ्लोरिन लुपे (Florian Lupe) ० ले औँल्याए –“चिनियाँ कम्युनिस्ट पार्टीको एउटा ठूलो विशेषता भनेको उसले पछ्याएको व्यावहारिक मार्ग हो, जसले देशलाई आर्थिक चमत्कारमात्र दिएन बरु विश्वमै धेरैभन्दा धेरै मान्यता र इज्जत दिलायो ।”
सोही बैठकमा ब्राजिलको प्रजातान्त्रिक आन्दोलनका अध्यक्ष रोमेरो जुका (Romero Juc’a) ले बोले, “आज विश्व शरणार्थी समस्या, आतङ्कवाद र खाद्य सुरक्षणका सवालजस्ता अत्यन्तै जटिल चुनौतीहरूसँग सामना गरिरहेको छ । राजनीतिक पार्टीहरूले उक्त चुनौतीहरू समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । आज ब्राजिल आफ्नै विकास मार्ग निर्माणार्थ प्रयास गर्दै छ । हामी चीनसँगको सहकार्यको अपेक्षा गर्दछौँ र ब्राजिलको राजनीतिक परिदृश्यमा देखापरेका चुनौतीहरूको सामना गर्न चीनको अनुभवबाट सिक्नेछौँ ।”
दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय कङ्ग्रसको कार्यकारी समिति सदस्य र हाल राज्य सुरक्षा उपमन्त्री जीजी कोड्वा (Zizi Kodwa) ले आफ्नो धारणा राखे –“महासचिव सी चिङ फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले अतुलनीय एवम् निर्वाध प्रगति ग¥यो र देशलाई अग्रगामी मार्ग प्रदान ग¥यो । त्यसकारण पनि समयसँगै यसको सामयिकता बढ्दै छ ।” कोड्वाले जोड दिँदै भने, “बलियो पार्टीको नेतृत्वमा मात्रै मानव जातिका लागि साझा भविष्यसहितको समुदाय निर्माणको नेतृत्व सम्भव छ । उनले फेरि दोहो¥याए, ‘राष्ट्रपति सी चिङ फिङले प्रस्ताव अगाडि सारेझैँ अन्य देशका राजनीतिक पार्टीले पनि विश्वजगतलाई हेर्ने नयाँ अवधारणा अनुसरण गर्नुपर्दछ । सम्पूर्ण देशहरूले भौगोलिक आकारभन्दा माथि उठेर साझा भाग्यसहितको समुदाय निर्माणार्थ हातमा हात जोडी सामूहिक पहल गर्न आवश्यक छ । यसले पार्टीदेखि पार्टीसम्म, जनतादेखि जनतासम्मको आदानप्रदानलाई प्रोत्साहन गर्नेछ । सिमापारिका क्षेत्रहरूसम्म सम्बन्ध फराकिलो गरी फैलिनेछ र सम्बन्धको गहिराइसम्म पुग्न सघाउनेछ ।’
शासनमा चीनको सिद्धान्त र अभ्यासको अपिल
हाम्रो पार्टी–पार्टीबीचको आदानप्रदानमा हामीले विदेशी राजनीतिक पार्टीको चीनसँग मुख्यतः निम्न तीन पक्षमा चासो रहेको पायौँ –
१) लक्षित गरिबी निवारण
२) भ्रष्टाचारविरोधी प्रयासहरू
३) पार्टी निर्माण(Party building)
यसले अन्य देशहरूले सामना गरिरहेका साझा समस्याहरू प्रतिबिम्बित गर्दछ । यी तीनमध्ये पनि लक्षित गरिबी निवारणमा चीनको सफलतामा अन्य देशहरूले बढी चासो देखाएको देखिन्छ ।
सन् २०१३ नोभेम्बरमा महासचिव सी चिङ फिङले पहिलोचोटि लक्षित गरिबी निवारणबारे रणनीतिक विचार अगाडि सारेदेखि चीनले लक्षित उपाय र नीतिहरूको कार्यान्वयनलाई तीव्रता दियो । नीतिहरूको सही कार्यान्वयन र निरन्तरको अथक मेहनतले गर्दा गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल भयो । सन् २०१४ देखि २०१७ को अवधिका दौरान चीनको ग्रामीण भेगका गरीबको सङ्ख्या ८ करोड २४ लाख ९० हजारबाट घटेर ३ करोड ४ लाख ७० हजारमा झ¥यो । यसले वार्षिक औसत न्यूनीकरण दर १५.८ प्रतिशत रहेको देखाउँछ ।
सन् २०१८ जुलाइमा दर इस सलाम (Dar is Salaam), तान्जानिया (Tanzania) मा सम्पन्न विश्व राजनीतिक पार्टीहरूको उच्चस्तरीय बैठक, अफ्रिकाकेन्द्रित कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीसँगको संवादले अफ्रिकी राष्ट्रिय अवस्था र आवश्यकताअनुसार अफ्रिकी देशहरूको विकास मार्गको अन्वेषणलाई केन्द्रमा राख्यो । यद्यपि त्यहाँ सहभागीहरू पटक–पटक गरिबी निवारणकै विषयमा फर्के । यो क्षेत्रमा चीनको अभ्यास र अनुभवबाट उनीहरू प्रभावित र उत्साही देखिए । आज पनि धेरै अफ्रिकी देशहरूका लागि गरिब निवारणको मुद्दा अझै पनि एउटा गम्भीर चुनौतीको रूपमा खडा छ ।
चीन आएका विदेशी प्रतिनिधिमण्डलले जब गरिबी निवारणका लागि आदानप्रदानको मनसाय राख्छन्, हामी सामान्यतया तिनीहरूलाई पहिले चीनको लक्षित गरिबी निवारण नीति र अभ्यासबारे सारभूत कुरा बताउँछौँ । त्यसपछि गरिबी उन्मूलनका लागि अभ्यास भइरहेको क्षेत्रमा अवलोकन गराउँछौँ । हामीले कसरी गरीब जनतालाई गरिबीबाट माथि उठायौँ भन्ने जानकारी व्यवहारबाट देखाउँछौँ । विशेष क्षेत्रमा विशेष समूहका लागि लक्षित उपायहरू अनुरुप कसरी काम गर्छौँ, त्यो बताउँछौँ ।
सन् २०१८ अक्टोबरमा सम्पन्न २४ औँ वानसाऊ मञ्च (Wanshou Forum) ले विशेषगरी “लक्षित गरिबी निवारण र चीन–अफ्रिका सहकार्य” मा जोड दियो । कार्यक्रम चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको रेनमिन विश्वविद्यालयको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा १२ वटा अफ्रिकी देशहरूबाट राजनीतिक पार्टीहरू र करिब ६० जना प्रतिनिधिहरूले भाग लिए । पछि प्रतिनिधिमण्डलका सबै उत्तर चीनको हपेइ प्रान्त (Hebei Province) मा चेनतिङ(zhengding) र चीङ ताङ (Xingtang) क्षेत्रमा सत्य तथ्य बुझ्न अवलोकनमा गए ।
केही प्रतिनिधिहरूले टिप्पणी गरे, “चीनमा प्रत्येक गरिब मानिसका लागि लक्षित सहायताको बन्दोबस्त भएको देखियो ।” गरिब जनताका लागि मध्यम आम्दानीका व्यक्तिको सहयोगविना र ठूलो लगानीको आवश्यकताविना गरिब जनताको सहयोगको लागि ई–वाणिज्य एउटा ठूलो अवसरको रूपमा रहेको केहीले महत्वका साथ उठाए । तिनीहरूले सम्पूर्ण चिनियाँ अनुभवलाई आफ्नो घर वा देशमा लाने प्रतिबद्धता जनाए साथै कृषि र मानव शक्ति तालिममा चीनसँग थप आदानप्रदानको अपेक्षा राखे ।
विगतमा अल्पविकसित देशहरूलाई आर्थिक या भौतिक सहायता गर्ने चीनको नीति आज पूर्णतः बदलिएको छ । आज चीन अल्पविकसित देशलाई विकासका सिद्धान्त र अनुभवबाट सहयोग गर्छ । एउटा पुरानो चिनियाँ भनाइ छ, “कसैलाई माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो हो ।”
अर्कोतर्फ पार्टी निर्माणमा चिकपाको सफलता र भ्रष्टाचारविरुद्धको लडाइँले अन्तराष्ट्रिय रूपमै विश्वसनीयता हासिल गरिरहेको छ । यतिबेला विश्वमा धेरैजसो राजनीतिक पार्टीहरू आफ्ना भित्री स्वाभाविक चुनौतीहरूको सामना गर्दै छन् । चिकपाले पार्टी अनुशासनलाई अझ बलियोसँग अगाडि बढाउन गरेको अनवरत मेहनत र ऊर्जामा विदेशी राजनीतिक पार्टीहरूले चासो र उत्सुकता देखाइरहेका छन् । आपसी आदानप्रदान गतिविधिमा दक्षिण अफ्रिकाबाट अफ्रिकी राष्ट्रिय काँग्रेसको पूर्र्वी क्याप प्रान्तका कन्भेनर र राष्ट्रिय कार्यकारी समितिका सदस्य रेन्गवी बबल खिजे Hrengiwe Buble Nkhize ले चीनको भ्रष्टाचारविरोधी अभियानमा पार्टीको सफलताबाट आपूm प्रभावित भएको सुनाइन् । “भ्रष्टाचारविरुद्धको लडाइँमा चीनको भूमिकाबाट हामी साँच्चै नै सिक्न इच्छुक छौँ । हामीले स्थानीय पार्टी विद्यालयको भ्रमण ग¥यौँ । पार्टी कार्यकर्ताहरूलाई शिक्षित बनाउन र पार्टीको क्षमता अभिवृद्धि गर्न पार्टी स्कूलको भूमिकाबारे अवगत भयौँ । मेरो विचारमा भ्रष्टाचारविरोधी आन्दोलनविना देशको विकास उद्देश्य प्राप्त हुँदैन”– उनले बताइन् । उनी आफ्नो देशसँग बढीभन्दा बढी दुईपक्षीय आदानप्रदानको अपेक्षा राख्छिन् ।
खिजे (Mkhize) ले जोडिन् कि उनी नागरिक समाजलाई नजिक ल्याउने र गठबन्धनलाई बलियो बनाउने सन्दर्भमा चिकपासँग सिक्न उत्सुक छिन् । “हामीले चीनबाट सिकेको सबैभन्दा महत्वपूर्ण पाठ भनेको गरीब परिवार र समुदायमाथि प्रत्यक्ष लगानी गर्ने र चोरी तथा अनियमितता पटक्कै नसहने पक्ष नै हो । हामीले स्थापित प्रणालीमा झुकाव नराख्ने र असफल कार्यकर्ताहरूलाई राख्नु हुँदैन ।” –उनले निष्कर्ष दिइन् ।
अन्तर्राष्ट्रिय समुदायमा चीनको उदयसँगै थुप्रै देशहरू चीनसँग आदानप्रदान र सम्पर्क बलियो बनाउन उत्सुक छन् । चीनको साझा विकास अवसरहरू र अनुभवबाट सिक्न आतुर छन् । यसैबीच कहीँकतै चीनको रणनीतिक मनसायमाथि शङ्काको स्वर गुञ्जायमान नभएको होइन । त्यसकारण चिकपाले आफ्नो बढी पसिना बाहिरी दुनियाँको चासोमा सकारात्मक प्रतिक्रिया र बाह्य आदानप्रदानमा शङ्काभाव हटाउनतर्फ खर्चनुपर्छ ।
सन् २०१७ मा सम्पन्न विश्व राजनीतिक पार्टीको उच्चस्तरीय बैठकसँग चिकपाको संवादको उद्घाटन समारोहमा व्यक्त मन्तव्यमा राष्ट्रपति सीले जोड दिनुभयो, “चिनियाँ कम्युनिस्ट पार्टी न विकासको विदेशी मोडेल आयात गर्छ न त चिनियाँ मोडल निर्यात नै गर्छ , न अन्य देशलाई चिनियाँ अभ्यासहरू हुबहु अनुसरण गर्न कुनै दबाब नै दिन्छ ।” उहाँले पुनः जोड दिँदै चिकपा दुबै चिनियाँ जनताको भलाइ र मानव जातिको प्रगतिको निम्ति निरन्तर लम्किरहने बताउनुभयो । त्यसकारण, आफ्नो विकासमा सरिक हुनुबाहेक चिकपाले विश्वका लागि थुप्रै अवसरको ढोका भने जरुर खोल्नेछ ।
अनुवाद — सुनीति
China Today
Vol.68 No.7 July 2019
Exchanges on Governance Galvanize Global Development
Leave a Reply