शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
हवाना, २५ भदौ । डोरियन आँधीबेहरीका कारण समस्यामा परेका बहमासका जनताको सेवा गर्न समाजवादी देश क्युवाले चिकित्सक र शिक्षकहरू परिचालन गरेको छ ।
क्युवाली स्वयम्सेवकहरूले बहमासका स्थानीय प्रशासनसँगको सहकार्यमा बहमासका जनतालाई चिकित्सकीय र शिक्षा क्षेत्रमा सहयोग गर्ने बताइएको छ । उनीहरू लामो समय बहमासमा बसेर प्रकोपपछि पनि जनताको सेवामा लाग्ने क्युवा सरकारले जनाएको छ ।
बहमासका लागि क्युवाली राजदूतले बहमासमा सुरूको चरणमा ६० जना क्युवाली स्वयम्सेवकहरू बहमास जान लागेको पुष्टि गरेका छन् ।
क्युवाली स्वयम्सेवकहरू डोरियन आँधीबेहरीले सबभन्दा बढी प्रभावित बनाएको अबाको र ग्रान्ड बहमासमा बसेर काम गर्ने राजदूतले बताउनुभएको छ ।
“सङ्कटग्रस्त संसारका अन्य भूभागमा जस्तै क्युवाली स्वयम्सेवकहरूले सङ्कट सामना गर्नुका साथै पुनःनिर्माणको चरणमा पनि जनताकै साथमा रहनेछन्”, क्युवाली राजदूतले जानकारी दिनुभयो ।
क्युवाको चिकित्सकीय अन्तर्राष्ट्रवाद क्युवाली क्रान्तिकै विरासत हो । क्युवाबाट गरिब तथा अल्पविकसित देशहरूमा न्यून आय भएका उपेक्षित जनताको सेवामा ठूलो सङ्ख्यामा चिकित्सकहरू परिचालन हुँदै आएको छ ।
बहमासमा परिचालित क्युवाली चिकित्सक र शिक्षकहरूले ठूला अप्ठ्यारा र प्रतिकूलताको सामना गर्नेछन् । डोरियन आँधीले क्यारिबियाली क्षेत्रमा नराम्ररी विनाश गरेको छ । बहमासले त्यो आँधीले अझ ठूलो विनाश गरेको छ । हालसम्म सो आँधीले सात मानिसको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी घर नष्ट गरेको छ ।
Leave a Reply