भर्खरै :

डेंगुबाट हालसम्म ६ को मृत्यु ५ हजार ९५ जना संक्रमित

काठमाडाँै, ३० भदौ । देशभर महामारीको रुपमा फैलँदै गरेको डेँगु रोगबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने करिब ५ हजार ९५ जना सङ्क्रमित भएको तथ्याङ्क प्राप्त भएको छ । प्राप्त तथ्याङ्कअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी करिब १ हजार १ सय ७० व्यक्ति डेंगुबाट सङ्क्रमित रहेका छन् भने २ जनाको मृत्यु भएको छ । त्यसैगरी चितवनमा करिब १ हजार १ सय २८ व्यक्ति डेँगुबाट संक्रमित बनेका छन् भने १ जनाको मृत्यु भएको तथ्याङ्क छ । हालसम्म डेँगुबाट प्रदेश नं १ मा १ जना, प्रदेश नं ३ मा ४ जना र प्रदेश नं ७ मा १ जनाको मृत्य भएको छ ।
डेँगु एडिस नामक लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो जातको लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्छ । डेंगु रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आंखाका गेडी दुख्ने, वाकवाकी र बान्ता हुने, मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरिरमा विमिराहरु देखापर्ने आदि लक्षणहरु देखिन्छन् । डेँगु रोगको निश्चित उपचार छैन । यो रोग लागिसकेपछि प्रशस्त आराम गर्ने, सिटामोलको सेवन गर्ने, प्रशस्त झोल पदार्थ र तागतिलो खानेकुरा खाने गर्नुपर्छ । डेँगु रोकथामको निम्ति आफ्नो वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा पूरा बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ।
डेँगु रोगबाट प्रभावित जिल्लाहरुको अवस्था (२०७६/४/१ देखि २०७६/५/२६ सम्मको)
 

प्रदेश जिल्ला विरामी संख्या मृत्यु
१ झापा
मोरङ्ग
सुनसरी
भोजपुर
उदयपुर
धनकुटा
ईलाम
संखुवासभा
पाँचथर
३३३
५४
३५३
४
५३
५
४
३
२२
१ – सुनसरी
२ सप्तरी
धनुषा
महोत्तरी
सर्लाही
बारा
पर्सा
रौतहट
७
२
३
७
१२
४
४
३ काभ्रेपलाञ्चोक
ललितपुर
भक्तपुर
काठमाडौँ
धादिङ
मकवानपुर
चितवन
नुवाकोट
सिन्धुली
रामेछाप
सिन्धुपाल्चोक
दोलखा
४
३५
३३
११७०
१८
७२८
११२८
२
३
२
१
२

२–काठमाडाै‌

१–चितवन

१–सिन्धुपाल्चाेक

गण्डकी गोरखा
स्याङ्जा
कास्की
बाग्लुङ
तनहुँ
पर्वत
लमजुङ
मनाङ
म्याग्दी
नवलपरासी पूर्व
९
४७
७९१
६
४०
१०
८
१
४
५६
५ रुपन्देही
कपिलवस्तु
पाल्पा
नवलपरासी पश्चिम
दाङ
बाँके
गुल्मी
अर्घाखाँची
रोल्पा
प्युठान
बर्दिया
५०
८
७
२
३
७
५
५
१
६
३
कर्णाली दैलेख
पश्चिम रुकुम
२
२
७ डोटी
कैलाली
दार्चुला
अछाम
कञ्चनपुर
१
१५
६
१
४
१–डाेटी
  जम्मा ५०९५ ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *