पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र ९, २०८३
काठमाडाँै, ३० भदौ । देशभर महामारीको रुपमा फैलँदै गरेको डेँगु रोगबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने करिब ५ हजार ९५ जना सङ्क्रमित भएको तथ्याङ्क प्राप्त भएको छ । प्राप्त तथ्याङ्कअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी करिब १ हजार १ सय ७० व्यक्ति डेंगुबाट सङ्क्रमित रहेका छन् भने २ जनाको मृत्यु भएको छ । त्यसैगरी चितवनमा करिब १ हजार १ सय २८ व्यक्ति डेँगुबाट संक्रमित बनेका छन् भने १ जनाको मृत्यु भएको तथ्याङ्क छ । हालसम्म डेँगुबाट प्रदेश नं १ मा १ जना, प्रदेश नं ३ मा ४ जना र प्रदेश नं ७ मा १ जनाको मृत्य भएको छ ।
डेँगु एडिस नामक लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो जातको लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्छ । डेंगु रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आंखाका गेडी दुख्ने, वाकवाकी र बान्ता हुने, मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरिरमा विमिराहरु देखापर्ने आदि लक्षणहरु देखिन्छन् । डेँगु रोगको निश्चित उपचार छैन । यो रोग लागिसकेपछि प्रशस्त आराम गर्ने, सिटामोलको सेवन गर्ने, प्रशस्त झोल पदार्थ र तागतिलो खानेकुरा खाने गर्नुपर्छ । डेँगु रोकथामको निम्ति आफ्नो वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा पूरा बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ।
डेँगु रोगबाट प्रभावित जिल्लाहरुको अवस्था (२०७६/४/१ देखि २०७६/५/२६ सम्मको)
| प्रदेश | जिल्ला | विरामी संख्या | मृत्यु |
|---|---|---|---|
| १ | झापा मोरङ्ग सुनसरी भोजपुर उदयपुर धनकुटा ईलाम संखुवासभा पाँचथर |
३३३ ५४ ३५३ ४ ५३ ५ ४ ३ २२ |
१ – सुनसरी |
| २ | सप्तरी धनुषा महोत्तरी सर्लाही बारा पर्सा रौतहट |
७ २ ३ ७ १२ ४ ४ |
|
| ३ | काभ्रेपलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ धादिङ मकवानपुर चितवन नुवाकोट सिन्धुली रामेछाप सिन्धुपाल्चोक दोलखा |
४ ३५ ३३ ११७० १८ ७२८ ११२८ २ ३ २ १ २ |
२–काठमाडाै १–चितवन १–सिन्धुपाल्चाेक |
| गण्डकी | गोरखा स्याङ्जा कास्की बाग्लुङ तनहुँ पर्वत लमजुङ मनाङ म्याग्दी नवलपरासी पूर्व |
९ ४७ ७९१ ६ ४० १० ८ १ ४ ५६ |
|
| ५ | रुपन्देही कपिलवस्तु पाल्पा नवलपरासी पश्चिम दाङ बाँके गुल्मी अर्घाखाँची रोल्पा प्युठान बर्दिया |
५० ८ ७ २ ३ ७ ५ ५ १ ६ ३ |
|
| कर्णाली | दैलेख पश्चिम रुकुम |
२ २ |
|
| ७ | डोटी कैलाली दार्चुला अछाम कञ्चनपुर |
१ १५ ६ १ ४ |
१–डाेटी |
| जम्मा | ५०९५ | ६ |
Leave a Reply