राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, ११ कार्तिक । हरेक राजनीतिक कार्यकर्ताहरू निःस्वार्थी, इमानदार, देशभक्त तथा देश र जनताप्रति समर्पित हुनुपर्छ । जनताको दुःख सुख बुझ्न जनतामाझ पुग्नुपर्छ; सङ्घर्ष र आन्दोलनमा भाग लिनुपर्छ । उनीहरूलाई देश र जनताको पक्षमा हुने हरेक आन्दोलनमा जनताको सहभागिता जनाउन देश विदेशको आन्दोलन, राजनीतिक स्थिति र जनताको समस्याबारे सुसूचित पार्नुपर्छ, जागरुक बनाउनुपर्छ । सर्वसाधारण जनतालाई सिद्धान्तनिष्ठ, विचारबाट सुसूचित बनाउन कार्यकर्ताहरू बस्ती बस्ती र घर आँगनमा पुग्नुपर्छ । यसरी नै कार्यकर्ताहरू एक एक पाइला गरेर पोख्त हुन्छन् । कार्यकर्ताहरू साथीभाइमाझ चिया गफमा समय बिताउनुभन्दा देशको आवश्यकता के हो, जनताको समस्या के हो भन्नेबारे सुसूचित पार्नुपर्छ । यसका लागि कार्यकर्ताहरूले साम्यवादी समाज, समाजवादी समाज र पुँजीवादी समाजको स्थितिबारे जनतालाई अवगत गराउनुपर्छ । कम्युनिस्टको तत्कालीन र दीर्घकालीन उद्देश्यबारे स्पष्ट पार्नुपर्छ । शोषणरहित समाज, आदर्शोन्मुख समाजबारे कार्यकर्ताहरू पनि सुसूचित हुनुपर्छ र तद्नुसार जनतालाई सचेत पार्नुपर्छ ।
कम्युनिस्ट पार्टीको उद्देश्य शोषणरहित समाज स्थापना गर्नु हो । त्यो समाज स्थापना गर्न ऐतिहासिक युग लाग्छ । त्यो समाज कसैले चाहेर पनि अहिले नै स्थापना सम्भव छैन; सम्भव हुँदैन; कसैले त्यो इच्छा राखेर पूरा हुने पनि होइन । त्यसबारे जनतालाई बताउनुपर्छ । हो, हामीले प्रतिक्रियावादी, पुँजीवादी समाजलाई बदल्नुपर्छ, समाजवाद स्थापना गर्न समाजवादी अभियानमा लाग्नुपर्छ; समाज बदल्न जनताको विचारलाई बदल्नुपर्छ । आदर्शोन्मुख समाज हाम्रो आवश्यकता हो; त्यो समाज जनताको निम्ति हो । तर, त्यो समाज स्थापना गर्न पनि त्यतिकै गा¥हो छ । त्यो देश र जनताको आवश्यकता भए पनि अहिल्यै स्थापना हुँदैन । त्यसको लागि सुझबुझ बनाउने अभियानहरू चलाइरहनु पर्छ; जनतालाई बताइरहनुपर्छ । देशका व्यापक जनता राजनीतिक, वैचारिक र सांस्कृतिक रूपले सुसूचित भएपछि, देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश मिलेपछि देशमा हुने आन्दोलन र सङ्घर्ष सफल हुन्छ ।
चीनमा क्रान्ति भएको लामो दशक भयो । त्यहाँ अहिले पनि शोषणरहित समाज स्थापना भएको छैन । तर, चिनियाँ सरकार त्यस कार्यमा लागिपरेको छ । त्यसकारण, शोषणरहित समाज स्थापना गर्न त्यति सजिलो छैन । त्यही कारण त्यो समाज स्थापना गर्न ऐतिहासिक युग लाग्छ भनिएको हो । जुन देशमा कम्युनिस्टहरूप्रति जनताको विश्वास बढ्छ† कम्युनिस्टहरू सङ्गठित हुन थाल्छन् त्यहाँ कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन, निष्क्रिय बनाउन, कम्युनिस्ट पार्टीमाझ फाटो ल्याउन अनेक षड्यन्त्र गर्छन्†;नक्कली कम्युनिस्ट पार्टी खडा गर्छन् । यो विश्व कम्युनिस्ट पार्टी र आन्दोलनमा हुँदै आएको घटना हो । त्यसरी नै नेपालको कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन देशका विदेशी दलाल, साम्राज्यवादी, विस्तारवादी शक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू लागिरहेका छन् । ती संस्थाहरूले चाल पाइकन या नपाइकन गुप्तचरहरू खेलाइरहेका हुन्छन् । हेर्दा ऊ साथीजस्तो हुन्छ; साथीको व्यवहार गरिएको हुन्छ । तर, उसले गुप्तचरी काम गरिरहेको हुन्छ । यसबारे कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्छ ।
कम्युनिस्ट पार्टी बलियो हुन्छ, कम्युनिस्ट पार्टीको प्रभाव बढ्छ; कम्युनिस्ट पार्टीको सरकार आउँछ भनेरै शत्रुले नक्कली कम्युनिस्ट पार्टी खडा गर्छ† कम्युनिस्ट नेताहरूलाई अनेक मुद्दा राखेर थुन्छ; जेलमा कोच्छ । कति जेलमै कम्युनिस्ट नेताहरू मरेका छन्; मारिएका
छन् । साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी र पुँजीवादी देशहरूले यस्ता कार्य गरिरहेका हुन्छन् । उनीहरू नक्कली कम्युनिस्ट पार्टी खडा गरेर, पार्टीभित्र घुसेर, लोभलालच देखाएर, पैसा बगाएर, जाली काम गर्न, भ्रम फैलाउन, झगडा गराउन अघि सरिरहेका हुन्छन् । कति कार्यकर्ताहरू आफूलाई कम्युनिस्ट हो जस्तो बनाउन कम्युनिस्ट कार्यकताहरूसँग लागेका हुन्छन्; भिजेका हुन्छन् र कुराकानी पनि ठिक्कै गर्छन् । तर, तिनै कार्यकर्ताहरू भित्र भित्र अर्कै दलमा रहेर काम गरिरहेका हुन्छन्; अर्को दलको सेवा गरिरहेका हुन्छन् । सारमा, उनीहरू द्वैधचरित्रका हुन्छन् । जहाँ गए ठिक्क पार्ने स्वभावका त्यस्ता कार्यकर्ताहरूदेखि सावधान हुनुपर्छ । आफूलाई कार्यकर्ता भन्ने तर तिनीहरूले आफ्नो जिम्मेवारी पूरा नगरी विरोध गरिरहेका हुन्छन् । यी सवालमा कार्यकर्ताहरू जहिल्यै सचेत र चनाखो हुनुपर्छ ।
Leave a Reply