राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
दैलेख, ११ कार्तिक । वि.सं २०५४ सालको स्थानीय निर्वाचनमा बिन्द्रासैनी नगरपालिका–१ का निर्वाचित वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता भद्रबहादुर शाहीको दसौँ दिनको पुण्यतिथीमा स्मृति तथा श्रद्धाञ्जली सभा सोमबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले भद्रबहादुर शाही पार्टीका निष्ठावान् कार्यकर्ता भएको चर्चा गर्दै असल कार्यकर्तालाई पार्टीले सधैँ सम्झिरहने छ भन्नुभयो ।
पार्टीको निर्देशन पालना गर्दै अनुशासित भएर लाग्नु नै असल कार्यकर्ताको पहिचान भएको धारणा राख्दै उहाँले कार्यकर्ताहरू अध्ययनशील हुनु जरुरी रहेको बताउनुभयो ।
सभामा नेमकिपा दैलेखका अध्यक्ष खगेन्द्रबहादुर शाही, इन्द्रप्रसाद चौलागाईं, लवराज ढकाल, जोगी शाही, कृष्णबहादुर शाही, दीपक शाहीलगायत परिवारजनले भद्रबहादुर शाहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
Leave a Reply