भर्खरै :

नेपालीहरू भारतविरोधी होइनन् – १

  • कार्तिक ११, २०८३
  • योगेन्द्रमान बिजुक्छेँ
  • विचार
नेपालीहरू भारतविरोधी होइनन् – १

(वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले विवादास्पद अभिव्यक्तिहरू निरन्तर दिँदै आएका छन् । केही महिनाअघि पश्चिमी गोलाद्र्धलाई आफ्नै अधीनमा राख्ने अमेरिकी ‘मुनरो नीति’ को समर्थन गर्दै नेपाललगायत दक्षिण एसियाका अन्य देशहरूले छिमेकी भारतको अधीनता स्वीकार गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । फेरि केही दिनअघि भारतमा आयोजित एनडीटीभीको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्ति नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवादास्पद बनेको छ ।
विशेष गरी उनले ‘अब नेपालको भारतविरोधी राष्ट्रियता, आर्थिक र कूटनीतिक नीतिको अन्त्य भएको’ घोषणा गरे । नेपालको परराष्ट्रमन्त्रीको हैसियत बिर्सेर उनी भारतीय विदेशमन्त्रीसँग एउटै मञ्चमा बसेका थिए । उनी दर्शकदीर्घामा बसेर आफ्ना समकक्षी भारतीय विदेशमन्त्रीलाई प्रश्न गरिरहेको दृश्यले कूटनीतिक मर्यादाको ख्याल नगरी नेपालको बेइज्जत गरेको र भारतको ताबेदारी गरेको आरोप उनीमाथि लागेको छ ।
नेपालको नीति भारतविरोधी रहँदै आएको भन्ने उनको बुझाइ गलत र तथ्यहीन छ । मन्त्री वाग्लेले आफूलाई जानकारी नै नभएको विषयमा बोल्दै भारतको चाकरी गरेको धेरैले बुझेका छन् । नेपाल–भारत सम्बन्धका बारेमा भारतका पूर्वराजदूत रञ्जित रेले आफ्नो संस्मरणात्मक पुस्तक ‘काठमाडौँ डिलेमा’ मा पनि नेपालीहरू किन भारतको विरोध गर्छन् भनी गुनासो गरेका छन् ।
उनको भनाइलाई स्पष्ट पार्न लेखिएका केही टिप्पणीले ‘मजदुर’ दैनिक तथा आम पाठकलाई नेपालीहरू भारतविरोधी किन होइनन् भन्ने बुझ्न सहयोग पुग्ने उद्देश्यले यो आलेख पुनः प्रकाशित गरिएको छ । पूर्वराजदूत रेको जिकिरलाई यहाँ सङ्क्षिप्त पारिएको छ । सं.)
पूर्वराजदूत रञ्जित रेको जिकिर

१. भूकम्पपछिको भारतीय सहयोग र नेपालीहरूको प्रतिक्रिया
सन् २०१५ (वि.सं. २०७२) को अप्रिलमा नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले नेपालको सहयोगका लागि छ घण्टाभित्रै प्रभावित १४ जिल्लामा पुगेर उद्धार तथा राहत कार्य गरेको थियो । त्यस सहयोगको कुल मूल्य रु. ४५० करोड (६५ मिलियन अमेरिकी डलर) बराबर थियो, जुन त्यतिबेला कुनै पनि देशले उपलब्ध गराएको सबैभन्दा ठुलो सहयोग थियो । तर, यति ठुलो सहयोगका बाबजुद पनि नेपालीहरूले भारतको नियतमाथि शङ्का गर्ने गरेको र काठमाडौँमा भारतविरोधी भावना फैलिएको लेखकको भनाइ छ । सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममा भारतविरोधी हल्ला फैलिएका थियो । सामाजिक सञ्जालमा ‘भारतीय मिडिया, भारतै फर्क’ र ‘भारत, आफ्नै देश फर्क’ जस्ता भनाइ भाइरल भइरहेको थियो ।
भूकम्पपछिको आफ्नो दिल्ली भ्रमणको क्रममा मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे जानकारी गराउँदा उहाँले ‘नेपालीहरू भारतीयहरूलाई किन मन पराउँदैनन् ?’ भनेर सोध्नुभयो । प्रधानमन्त्री मोदीको त्यही प्रश्नको जवाफ खोज्ने प्रयासमा मैले आफ्नो पुस्तकको पहिलो अध्यायमा चर्चा गर्ने कोसिस गरेको छु ।

वि.सं. २०७२ को भूकम्पको बेला भारतले मात्र होइन, चीन, क्युवा, टर्की, जापान, कोरियालगायत धेरै देशले सहयोग गरेका थिए । विभिन्न गैरसरकारी तथा अन्तरसरकारी संस्था र व्यक्ति विशेषले समेत मनग्य सहयोग गरेका थिए ।

भारत–नेपाल सम्बन्धका केही व्यक्तिगत संस्मरण
भारत–नेपाल सम्बन्धको प्रकृति र जटिलताको सम्झना गराउने केही व्यक्तिगत संस्मरण म यहाँ प्रस्तुत गर्न चाहन्छु ।

क) माधवकुमार नेपालसँगको भेट
नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित उहाँको घरमा भेट्दा उहाँले दुई देशबिच बराबरी हैसियतको मित्रता हुनुपर्नेमा भारतले ‘भाइ–भाइको सम्बन्ध’ को कुरा किन गर्छ भनी सोध्नुभयो । सायद माधवजीले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले ‘भारत ठुलो दाइ होइन, आफ्नो कान्छो आफन्तको हेरचाह गर्ने ठुलो दाइ हो’ भन्ने आशयमा गरेको टिप्पणीलाई लिएर त्यसो भन्नुभएको हुनुपर्छ ।

ख) फूटबल प्रतियोगितामा भारतीय खेलाडीप्रतिको व्यवहार
सन् २०१३ को सेप्टेम्बरमा काठमाडौँको दशरथ रङ्गशालामा भारत र अफगानिस्तानबिच फूटबल प्रतियोगिता भएको थियो । फूटबल असाध्यै मन पराउने नेपालीहरू ‘धोती, धोती’ भन्दै भारतीय खेलाडीहरूलाई गाली गरिरहेका थिए र रङ्गशाला त्यही आवाजले गुञ्जायमान थियो । काठमाडौँ उपत्यकामा भारत र अर्को कुनै देशको टोलीबिच प्रतिस्पर्धा हुँदा नेपालीहरू प्रायः भारतको नभई अर्को देशको पक्षमा उभिने गर्छन् ।

ग) ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने विषय
एकपटक हनुमानढोका जाँदै गर्दा न्युरोडनजिकै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने नारा लेखिएका टिसर्ट लगाएका युवाहरूको जमघट देख्यौँ । हामी प्रदर्शनको नजिक पुग्दा मेरो व्यक्तिगत सुरक्षा अधिकारी चिन्तित भए । उनले तुरुन्तै फर्किनुपर्ने बताए, नत्र स्थिति भयावह हुनसक्ने उनको भनाइ थियो ।
नेपालमा बुद्ध जन्मेको तथ्यलाई सार्वजनिक प्रदर्शनमार्फत दोहो¥याउनुपर्ने आवश्यकता किन प¥यो भनेर म सोचिरहेको थिएँ । नेपालका लागि यो विषय किन यति संवेदनशील बन्यो ? यदि कुनै भारतीयले बुद्ध भारतभूमिमा जन्मेका हुन् वा बुद्ध भारतमा जन्मेका हुन् भन्यो भने नेपालमा प्रदर्शन हुने गर्छन् ।

घ) बुद्धसम्बन्धी भारतीय विदेशमन्त्रीको अभिव्यक्ति
अगस्ट २०२० मा भारतीय उद्योग परिसङ्घको आयोजनामा भएको वेबिनारमा विदेशमन्त्री एस. जयशङ्करले अनौपचारिक टिप्पणीका क्रममा ‘बुद्ध भारतका दुई महापुरुषमध्ये एक हुन्’ भनेपछि नेपालमा विरोधको लहर उठ्यो । नेपालीहरूले बुद्ध भारतीय नभएको दाबी गरे । बुद्धिजीवी, पूर्वकर्मचारी र एक पूर्वप्रधानमन्त्रीले समेत उक्त टिप्पणीलाई अनुचित भने ।
नेपालको परराष्ट्र मन्त्रालयले आधिकारिक विज्ञप्ति जारी गर्दै गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य स्थापित र निर्विवाद रहेको उल्लेख ग¥यो । सोही विज्ञप्तिमा लुम्बिनी बुद्ध दर्शनको स्रोतसमेत भएको स्पष्ट पारियो ।

ङ) बुद्धको जन्मस्थलबारे भारतको धारणा
सन् २०१४ मा नेपालको संविधानसभामा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा शान्तिका दूत बुद्ध नेपालमा जन्मेको कुरा पुष्टि गरेका थिए । भारतको परराष्ट्र मन्त्रालयले पनि बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शङ्का नरहेको र बौद्ध सम्पदा भारत तथा नेपाल दुवैको साझा सम्पदा भएको सङ्केत गर्दै विवादलाई सामान्य बनाउने प्रयास गरेको थियो ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई नेपालले आत्मसात गरेको छ । यो नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो । भारतले यस तथ्यलाई आफ्नो पक्षमा पार्ने वा त्यसको श्रेय लिन खोज्ने प्रत्येक प्रयासको नेपालले कडा विरोध गर्छ ।
लेखकका विचारमाथि आलोचनात्मक टिप्पणी
बुँदा १ सम्बन्धमा
भारतले नेपाललाई गरेको सहयोगका बाबजुद नेपालीहरूले भारतप्रति देखाएको प्रतिक्रियाबारे लेखकको चित्तदुखाइ जायज छैन । लेखकले प्रस्तुत गरेको वृत्तान्तबाट उनको मनसाय स्पष्ट हुन्छ—नेपाललाई सहयोग गरेबापत नेपाल र नेपालीहरू भारतप्रति नतमस्तक हुनुपर्छ भन्ने उनको अपेक्षा देखिन्छ ।
सक्षम देशले कमजोर देशलाई तथा आपतविपतको बेला एउटा देशले अर्को देशलाई सहयोग गर्नु छिमेकीहरूबिचको सामान्य परम्परा हो । अझ प्राकृतिक प्रकोपका बेला यस्तो सहयोग मानवीय भावनाका आधारमा गरिन्छ ।
वि.सं. २०७२ को भूकम्पको बेला भारतले मात्र होइन, चीन, क्युवा, टर्की, जापान, कोरियालगायत धेरै देशले सहयोग गरेका थिए । विभिन्न गैरसरकारी तथा अन्तरसरकारी संस्था र व्यक्ति विशेषले समेत मनग्य सहयोग गरेका थिए ।
यस्तो सहयोगकै हिसाब गर्ने हो भने बेलायती साम्राज्यवादले भारतमा दुई सय वर्षको औपनिवेशिक शासनकालमा विभिन्न पूर्वाधार निर्माणमा खर्च गरेको थियो । तर, भारत बेलायतप्रति नतमस्तक भएन† बरु बेलायतलाई भारत छोड्न बाध्य बनायो । त्यसैले कुनै देशको स्वतन्त्रता, सम्मान र सार्वभौमिकतालाई सहयोगसँग साट्न खोज्नु हैकमवादी सोच मात्र हो ।
नेपालीहरूले भारतलाई किन रुचाउँदैनन् भन्ने प्रश्नको जवाफ भारतकै शासकवर्गको व्यवहारमा खोज्नुपर्छ । यस सम्बन्धमा लेखक स्वयंले पनि पुस्तकमा धेरै कुरा प्रस्तुत गरेका छन् । विश्वमञ्चमा नेपाल र नेपालीलाई गाली गर्ने तथा खराब देखाउने देश सायदै होला भन्ने हाम्रो भनाइ होइन† तर नेपालप्रतिको भारतीय शासकवर्गको व्यवहार र त्यसबाट उत्पन्न प्रतिक्रियालाई बेवास्ता गर्न मिल्दैन । यस विषयमा लेखकको निष्कर्षले सम्पूर्ण भारतीय जनताको प्रतिनिधित्व गर्न सक्दैन ।
जनस्तर र सांस्कृतिक तहमा दुई देशबिचको सम्बन्धमा यस्ता अप्ठ्यारा देखिँदैनन् । भारतीय कर्मचारीतन्त्र र केही राजनीतिज्ञमा रहेको औपनिवेशिक सोच नै यसको कारण हो भन्नु अतिशयोक्ति नहोला ।
बुँदा २ को (क) देखि (ङ) सम्मका सम्बन्धमा
नेहरूको पालादेखि नै भारतीय शासकहरूमा रहेको एउटा भ्रम के हो भने नेपाल पहाडी देश हो र यहाँका मानिसहरू अनपढ तथा अन्तर्राष्ट्रिय मुद्दाबारे अनभिज्ञ छन् । नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सङ्घर्ष गर्ने विषयमा गणेशमान सिंह र मातृकाप्रसाद कोइरालासँग कुरा गर्दा जवाहरलाल नेहरूले ‘तिमीहरूलाई प्रजातन्त्र भनेको के हो थाहा छ ?’ भनेर झपारेको प्रसङ्ग यसको एउटा उदाहरण हो । (पढ्नुहोस्ः मातृकाप्रसाद कोइरालाको पुस्तक ‘ए रोल इन रिभोलुसन’, पृष्ठ …)
नेपालीहरूले बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल एउटा सार्वभौम राष्ट्र हो भन्ने तथ्य पटक–पटक किन दोहो¥याउँछन् भन्ने प्रश्न लेखकले उठाएका छन् । नेपालीहरूलाई यसो गर्न बाध्य पार्ने भारतीय शासकहरू नै हुन् । पुस्तकमा उल्लेख गरिएका प्रसङ्गहरूले नै यसको पुष्टि गर्छन् । कहिले सुष्मा स्वराज त कहिले श्यामशरणले दिएका विवादास्पद अभिव्यक्तिले नेपालीहरूलाई आफ्नो राष्ट्रिय पहिचान र सार्वभौमिकताबारे स्पष्ट पार्न बाध्य बनाएका हुन् । नेपालीहरूको यो संवेदनशीलतालाई सबैले बुझ्नु आवश्यक छ ।
भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले नेपाल तथा नेपालीहरू उत्तरी छिमेकी चीनको तुलनामा दक्षिणी छिमेकी भारतसँग धेरै निकट छन् भन्ने कुरा सर्वविदितै छ । तर, नेपालप्रति गुनासो दक्षिणी छिमेकीले मात्र गर्ने र उत्तरी छिमेकीले नगर्ने अवस्था आफैँमा अनौठो छ । नेपाल र नेपालीले आफ्नो पहिचान तथा अस्तित्वसँग सम्बन्धित विषयमा गर्ने गतिविधिलाई चीनको उक्साहटको परिणाम ठान्ने भारतीय सञ्चारमाध्यम र कर्मचारीतन्त्रको मानसिकता यथार्थभन्दा निकै फरक छ ।
माओको समयदेखि नै उत्तरी छिमेकी चीनले नेपाल र भारतबिचको सम्बन्ध अझ राम्रो होस् भन्ने चाहना राख्दै आएको छ । यसको कारण नेपाल भौगोलिक तथा सांस्कृतिक रूपमा भारतसँग निकट हुनु हो । तर, आज नेपाललाई पश्चिमी देशहरू, विशेषगरी अमेरिका र युरोपेली देशहरूले भारतको सहयोगमा नेपाली भूमि प्रयोग गरी चीनको भूराजनीतिक संवेदनशीलतामा खलल पु¥याउन निरन्तर चलखेल गरिरहेको पृष्ठभूमिमा चीन नेपालप्रति पहिलेभन्दा बढी सशङ्कित भई चासो राख्नु अस्वाभाविक होइन ।
तर, यसको अर्थ भारतजस्तो खुला हस्तक्षेपको तहमा चीन आएको छ भन्ने देखिँदैन । सायद यही कारणले होला, भारत र चीनलाई हेर्ने नेपाल तथा नेपालीहरूको दृष्टिकोण फरक छ ।
नेहरूको पालादेखि नै भारतीय शासकहरूमा रहेको एउटा भ्रम के हो भने नेपाल पहाडी देश हो र यहाँका मानिसहरू अनपढ तथा अन्तर्राष्ट्रिय मुद्दाबारे अनभिज्ञ छन् । नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सङ्घर्ष गर्ने विषयमा गणेशमान सिंह र मातृकाप्रसाद कोइरालासँग कुरा गर्दा जवाहरलाल नेहरूले ‘तिमीहरूलाई प्रजातन्त्र भनेको के हो थाहा छ ?’ भनेर झपारेको प्रसङ्ग यसको एउटा उदाहरण हो । (पढ्नुहोस्ः मातृकाप्रसाद कोइरालाको पुस्तक ‘ए रोल इन रिभोलुसन’, पृष्ठ …)

Leave a Reply

Your email address will not be published. Required fields are marked *