भर्खरै :

इरानमाथि संरा अमेरिकी हमला – आफ्नै खुट्टामा बञ्चरो

गएको शनिबार साउदी अरबका तेल कारखानामाथि ड्रोन हमला भयो । द इकोनोमिक्सका अनुसार सो हमलाका कारण साउदी अरबको तेल उत्पादन आधाले घटेको छ ।
यमनको हुथी विद्रोहीले सो हमलाको जिम्मेवारी लिएको छ । तथापि संरा अमेरिकी विदेशसचिव माइक पम्पेओले सो हमलालाई लिएर इरानको सार्वजनिक रूपमा आलोचना गरेका छन् । उनले भने, “साउदी अरबमाथि भएका झन्डै एक सयपटकको हमला पछाडि इरानको हात छ ।” संरा अमेरिकाको सो आरोपको इरानले ठाडै अस्वीकार गरेको छ । इरानमाथि हमला गर्न संरा अमेरिकाले बहाना खोजिरहेको इरान पक्षको दाबी छ ।
पम्पेओले आफ्नो भनाइलाई पुष्टि गर्ने कुनै प्रमाण भने पेश गरेका छैनन् । विश्वलाई शान्ति सुव्यवस्थाको खाँचो छ र एउटा महाशक्ति देशको विदेशसचिवले यति हलुका तरिकाबाट कुनै पनि देशमाथि दोषारोपण गर्न मिल्दैन ।
इरानले यमनका हुथी विद्रोहीहरूसँग राम्रो सम्बन्ध बनाएको छ । तर, यसको अर्थ इरानले नै सो ड्रोन हमला गरेको कुरा भने सत्य होइन । संरा अमेरिकाले इजरायललाई समर्थन गर्दै आएको छ । त्यसो भए के इजरायलले जे गरेको छ, ती सबै घटनाको लागि अरब जनताले संरा अमेरिकालाई दोषारोपण गर्न मिल्छ ? संरा अमेरिकाले इजरायलविरुद्ध कुनै कदम चाल्छ कि चाल्दैन भन्ने कुरा मध्यपूर्वको अवस्थामा रहस्यको विषय बनेको छ । अरु तर्कभन्दा संरा अमेरिकामाथि इरानले लगाएको आरोप भने तर्कसङ्गत देखिन्छ । हालसालै संसारमा अप्रशोधित तेलको मूल्य बढेको छ । त्यसको मूल कारण केही समयको लागि साउदी अरबको तेल उत्पादन प्रभावित हुनु होइन । बरु मानिसहरू संरा अमेरिकाले इरानविरुद्ध सैनिक हमला गरे मध्यपूर्वको द्वन्द्व नियन्त्रणभन्दा बाहिर जानेमा चिन्तित छन् ।
मध्यपूर्वमा धेरैथरी विभाजन र घृणाभाव छ । तर, संरा अमेरिकाका यसअघिका सबै सरकारको तुलनामा वर्तमान सरकार मध्यपूर्वको विवाद निराकण गर्न कममात्र चासो देखाइरहेको छ । वाशिङ्टन इजरायल र अरब जनताबीच विवाद उछाल्दैमा सक्रिय छ । साथै मध्यपूर्वका विभिन्न धार्मिक समूहबीचको विभाजनलाई चर्काइरहेको छ ।
सन् २०१८ मा संरा अमेरिका इरान आणविक सम्झौताबाट पछि हट्यो । त्यसले संरा अमेरिका र इरानबीचको विवादलाई थप उत्कर्षमा पु¥याएको छ । सन् २०१८ मा नै संरा अमेरिकाले इजरायलको आफ्नो दूतावास तेल अभिभबाट जेरुसेलममा सा¥यो । यसो गरे उसले प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वको मध्यस्तकर्ताको भूमिकाबाट हात झिक्यो । आज वाशिङ्टन मध्यपूर्वमा विवाद उछाल्ने अझ बढाउने नकारात्मक शक्ति बनेको छ ।
मध्यपूर्वमा घट्ने स–साना घटनाले समेत धेरै अनुमान जन्माउँछ । सबै पक्षले षड्यन्त्रको सिद्धान्त अङ्गीकार गरे र अवस्था निकै खराब भए जस्तो गरी व्यवहार गरे परिणाम निकै घातक हुनेछ ।
संरा अमेरिकी राष्ट्रपति कार्यालयमा जोन बोल्टन राष्ट्रिय सुरक्षा सल्लाहकार छँदा संरा अमेरिका इरानमाथि हमला गर्ने नजिक पुगिसकेको थियो । अन्तिम समयमा ट्रम्पले इरानमाथि सैनिक कारबाही रोकेका थिए । साउदी तेल कम्पनीहरूमाथि भएको हमलाको सन्दर्भमा पनि पम्पेओको तुलना राष्ट्रपति ट्रम्पले नरम कुरा गरे । ट्रम्पले इरानको नाम नै नलिई भने, “हामीलाई यो घटनाको पछाडि को छ भन्ने कुरा थाहा छ । प्रमाणित हुने समयको हामी प्रतिक्षा गरिबसेका छौं ।”
बोल्टन बिदा भए । तर, ट्रम्प अझै पनि संरा अमेरिकी सेनालाई नियन्त्रण गर्ने युद्धपिपासुहरूले घेरिएका छन् । आज उनीहरू पाखुरा सुर्काउँदैछन् ।
मध्यपूर्वी क्षेत्रमा जर्ज डब्ल्यू बुश सरकारले गरेका दुई वटा युद्धको पाठ उनीहरू भुल्दैछन् । बुशको पालामा संरा अमेरिका आफ्नो शक्तिको उत्तम दिनमा थियो । आतङ्कवादको विरोध गर्ने नाममा सरकारले युद्ध चलाएका थिए र त्यसै कारण संरा अमेरिकी समाजले बुश सरकारलाई समर्थन पनि गरेका थिए । तर, समयान्तरमा त्यही युद्ध बुश सरकारको असफलता बन्यो ।
ट्रम्प अमेरिकी अर्थतन्त्रलाई उकास्ने राष्ट्रपति बन्न चाहन्छन् । युद्धमा उनको कुनै चासो नभएको बताइन्छ । तर, संरा अमेरिका निश्चित शक्तिले वाशिङ्टनलाई सैनिक शक्ति प्रयोग गर्न दबाब दिइरहेको छ । आशा गरौं, उनीहरूले संरा अमेरिकालाई कसैको उक्साहटमा नलागी धैर्यता कायम राख्नेछन् ।
नेपाली अनुवाद ः सुमन
– ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *