भर्खरै :

प्रजातन्त्रबारे संरा अमेरिकी स्वाङ

अई चुन
भनिन्छ, संरा अमेरिकी प्रजातन्त्रको उत्प्रेरणा सन् १७७६ को स्वतन्त्रताको घोषणा, सन् १७८८ को अमेरिकी संविधान र सन् १७९१ को अधिकार विधेयक (द बिल अफ राइट्स) हुन् । एउटा समय थियो, जब संरा अमेरिकालाई प्रजातन्त्रको प्रकाशपुञ्ज मानिन्थ्यो । तर, एक्काइसौँ शताब्दीमा पनि संरा अमेरिकाका नेताहरूको पुरानो मानसिकता र विश्व दृष्टिकोणमा कुनै परिवर्तन आएन । आजको संसारमा लगातार अराजकताले राज गर्नुको यो पनि एउटा कारण हुनसक्छ ।
गएको आइतबार अन्तर्राष्ट्रिय प्रजातन्त्र दिवस थियो । त्यो दिन संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले जारी गरेको एक वक्तव्यमा जोडका साथ ‘प्रजातन्त्रको आधार विकास गर्न नागरिक अधिकार रक्षा गर्न संरा अमेरिकाले नेतृत्व जारी राख्ने’ भने ।
तर, के संरा अमेरिका प्रजातन्त्र रक्षाको लागि योग्य ‘नेता’ बनिसकेको छ ? संसारको आजको भद्रगोल अवस्था हेर्नोस् त । कसले संरा अमेरिकाले प्रजातन्त्रलाई बलियो बनाइरहेको भन्छ ?
उदाहरणको लागि इराक युद्धलाई सम्झनुस् । सन् २००३ मा संरा अमेरिकाले इराकमाथि हमला गरेको थियो । त्यत्तिबेला संरा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले अरब देशलाई प्रजातन्त्रतिर रुपान्तरण गर्न खोेजेको बताइयो । बुशले अरब देशमा प्रजातन्त्र नहुनु नै सो क्षेत्रमा आतङ्कवाद फैलिनुको मूल कारण भएको विश्वास दिलाउन खोजे । सन् २०११ मा ‘अरब स्प्रिङ’ को समयमा वाशिङ्टनले प्रजातन्त्र पक्षधर आन्दोलनलाई समर्थन ग¥यो । उत्तर अफ्रिका र मध्यपूर्वमा प्रजातन्त्र आएको भन्दै खुसी मनायो । तर, संरा अमेरिकाले खुसियाली मनाएको प्रजातन्त्रले मध्यपूर्वमा कुनै सुव्यवस्था ल्याएन बरु अराजकतामा फैलियो ।
हङकङमा हालसालको महिनामा हिंसात्मक प्रदर्शनहरू भए । संरा अमेरिकाका धेरै नेताहरू हङकङ सहरमा उठेको हिंसात्मक आन्दोलनको समर्थनमा उत्रे । तर, के हङकङ सहरमा अराजकता फैलाउँदैमा त्यहाँको कुनै पनि समस्या समाधान हुनसक्छ ?
संरा अमेरिकी नेताहरूले हङकङमा मानव अधिकार, प्रजातन्त्र र विधिको शासनप्रति पुनः प्रतिबद्धताको लक्ष्य राखी अमेरिकी संसदबाट हङकङ मानव अधिकार तथा प्रजातन्त्र ऐन २०१९ पारित गर्ने विषयमा छलफल गर्दै छन् । यस्तो कदमले चीनलाई तर्साउन सकिने संरा अमेरिकाको विश्वास देखिन्छ । जोश्वा वङ ची–फुङवजस्ता हिंसात्मक आन्दोलनका युवा नेताहरूले पनि त्यस्तै विश्वास गरेका छन् । वङले त चीनसँगको संरा अमेरिकी व्यापार सम्झौतामा समेत ‘मानव अधिकारको धारा’ समावेश गर्न संरा अमेरिकालाई आग्रह गर्न भ्याएका छन् । तर, के संरा अमेरिकी नेताहरू यो कदमले केही परिणाम दिनेमा विश्वास गर्छन् ?
आज संरा अमेरिकाले आफूलाई प्रजातन्त्रको प्रकाशपुञ्ज दाबी गर्नसक्दैन । प्रजातन्त्र र प्रगतिको नाममा संरा अमेरिका युद्धको लागि मात्र योग्य प्रमाणित भएको छ । संरा अमेरिकी पूर्व विदेशसचिव हिलारी क्लिन्टनले हालै एउटा ट्वीटमा लेखेकी छिन्, “प्रजातन्त्र, स्वतन्त्रताको पक्षमा बोलिरहेका हङकङका जनताको पक्षमा हामी सबै ऐक्यबद्ध बन्नसक्छौं ?”
त्यसको जवाफमा एक जना नेटिजनले दिएका छन्, “अहँ, सक्दैनौँ । अघिल्लो समय तिमी लिविया, सिरिया, इराक, यमन…को पक्षमा उभिएका थियौ । … सबै ध्वस्त भए ।”
संरा अमेरिकी शैलीको प्रजातन्त्र विषाक्त व्यवस्था हो । यो कुनै रामवाण औषधि होइन ।
संसारका धेरै थरी परिवर्तन भइसकेका छन् । तथापि वाशिङ्टन भने अझै अठारौँ र उन्नाइसौँ शताब्दीकै चिन्तन बोकेर बसेकोे छ । संरा अमेरिका सबै विषयमा उत्कृष्ट र विशिष्ट छ भन्ने सोच म्याद नाघेको सोचाइ हो ।
प्रजातन्त्रको नेता हुनुको अर्थ सबै देशमा प्रजातन्त्रको हल्ला गर्दै हिँड्ने होइन । संरा अमेरिकाले प्रजातन्त्रको कुरा गर्दा उसले अझ व्यापक भएर सोच्न जरुरी छ । सामाजिक हित, विपन्नलाई रोजगारी र आवासको बन्दोबस्त, सार्वजनिक उपभोग्य वस्तुको उपलब्धता आदि आधारभूत मानव अधिकारको विश्वव्यापी विकासबारे सोच्न जरुरी छ । ‘अमेरिका प्रथम’ नीति र व्यापार संरक्षणवादको नीति त्याग्न जरुरी छ ।
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *