स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
– सुन्दरमान कर्माचार्य
आफ्नोपन महसुस भएकोले भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्र व्यवस्थित होस् भन्ने जनताले चाहेका छन् । जनस्वास्थ्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै पक्षले चासो राख्नु स्वाभाविक छ ।
जनस्वास्थ्यमा पार्किङ व्यवस्थित बनाउन भवनको उत्तरपट्टि पुनः मोटरसाइकल पार्किङ खोल्नु आवश्यक छ । त्यहाँ पार्किङ खोल्दा ख्वप अस्पताल भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नपर्ने सरोकारवालाहरूको भनाइ छ । साविक मोटरसाइकल पार्किङमा २०० वटा पार्किङ गर्न सकिन्छ । भवनको अगाडिपट्टि हलुका सवारीमात्र पार्किङ व्यवस्थापन गर्दा बिरामीहरूलाई थोरै सहज हुनेछ ।
हलुका सवारीको पार्किङको कुरा गर्दा त्यहाँ एउटा इको भ्यानले ५ महिनादेखि स्थायी पार्किङ कब्जा गरी बसेको रहेछ । जनस्वास्थ्य केन्द्रले ५ महिनाअगाडि किनेको इको भ्यान व्याट्री चार्ज गर्नबाहेक पार्किङ नछोड्दो रहेछ । अहिले इको भ्यानको मुनि हरियो घाँस हुर्किसकेको छ ।
५ महिनाअगाडि किनिल्याएको इको भ्यान अहिलेसम्म किन प्रयोगमा नल्याएको होला ? इको भ्यानमा अहिलेसम्म नम्बर प्लेट धरी राखेको छैन । कुन प्रयोजनको लागि इको भ्यान खरिद गर्ने निर्णय गरेको होला ? अहिले त्यो प्रयोजनको कुनै काम नै आएन कि ? इको भ्यानको माया लागेर गाडी साँचेर राखेको हो कि ? गाडी थन्काएर बलियो होइन बरु स्वाभाविकरूपमा बिग्रँदै जान्छ । सिंहदरबारमा गाडी थन्काएर नै बिगार्ने गरेको बरोबर समाचार आउने गर्छ ।
गाडी किनेको दुई महिनापछि ड्रात्र नियुक्तिको लागि विज्ञापन खोलियो । दुई महिना लगाएर ड्रात्रको लागि परीक्षासम्म भयो । परीक्षा सम्पन्न भएको पनि एक महिना गुज्रिसक्यो । गाडी चलाउने कुनै मेसो छैन । अत्यावश्यक भएर गाडी किनेको हो भने कसको कारणले, किन इको भ्यान काममा ल्याउन सकेको छैन ? गाडीको निःशुल्क सर्भिसिङलगायत कम्पनीबाट पाउने सुविधा अवधि सकिएपछि मात्र इको भ्यान सञ्चालनमा ल्याउने ‘पवित्र मनसाय’ हो कि ? आवश्यक नभई गाडी किनेको हो भने उन्नाइस बीस लाख रुपैयाँ जनस्वास्थ्य केन्द्रलाई बढी भएको हो ?
किनिसकेको गाडी सञ्चालनमा ल्याउने जिम्मेवारी कसको ? ५ महिनादेखि लाखौँ पर्ने गाडी थन्क्याएर राख्दा भक्तपुर नगरपालिकाबाट प्रमुख डा’साबलाई झक्झक्याउने काम भयो कि भएन ? चासोको विषय बनिरहेको छ ।
Leave a Reply