सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
सम्माननीय राष्ट्रपतिज्यू,
भक्तपुरका जनताको सम्मान !
राष्ट्रपतिज्यू गणतन्त्र नेपालको सर्वोच्च पदमा हुनुहुन्छ, एक गणतान्त्रिक र धर्म निरपेक्ष राज्यको आशनमा हुनुहुन्छ, माक्र्सवादी–लेनिनवादी सिद्धान्त मान्ने नेकपा (एमाले–माओवादी पार्टी) का नेता पनि हुनुहुन्थ्यो । याद गर्नुभएकै होला, छिमेकी मित्र देशका राष्ट्रपति सी चिन फिङले कुनै मन्दिर गई घण्टा बजाउनुभएन वा टीको लगाउनुभएन, त्यस्तो कार्यक्रम पनि बनाइएन नेपालको पक्षबाट ।
तर, त्यसको भोलिपल्टै पोहर सालजस्तै २६ असोजमा राष्ट्रपतिज्यू भक्तपुरको नवदुर्गा पूजामा आउनुभयो । जनता हिजोका जस्ता होइनन् । मुखले एउटा र कामले उल्टो गर्ने कार्यलाई पाखण्ड भनिन्छ । यो कुरो हरेक संवेदनशील संस्था र व्यक्तिमा लागू हुन्छ ।
वर्तमान समाजमा, चाहे भक्तपुर होस् वा झापा, सबै जिल्लामा चिप्लो घस्ने र दोहरोमात्रै होइन तेहरो गर्नेहरूको पनि कमी छैन । देशमा ठग र भ्रष्टाचारीहरूको पनि कमी छैन । यसबारे शासनको भार बोक्ने हरेक पदाधिकारीले प्रत्यक्ष अनुभव गर्दै आएको विषय हो । ठग र भ्रष्टाचारीहरूको बिगबिगीले देश उँभो लाग्न नसकेको बारे राष्ट्रपतिज्यू र हरेक संवेदनशील व्यक्ति अवगत छन् ।
तर, भक्तपुर झापाभन्दा धेरै नजिक हुँदाहुँदै ठग र भ्रष्टाचारीहरूबाट सरकारी कार्यालय र संस्थाहरू कसरी ठगिन्छन् ? आश्चर्यको विषय हो !
नवदुर्गा पूजाबारे अर्थात् स्थानीय भाषामा ‘द्यो बोय्किगु’ गर्नुका केही उद्देश्यहरू हुन्छन् । ती हुन् –
क) कुनै हार्ने मुद्दा–मामिलामा अनेक प्रकारेण विजय हुँदा,
ख) आफ्नो परिवारको रोगव्याधीबाट मुक्त हुनको निम्ति,
ग) नवदुर्गा तन्त्रमन्त्रको पनि मन्दिर भनिएकाले कसैको कुभलो चिताउन पनि नवदुर्गाको पूजा गर्ने गर्छन् । यस्ता नराम्रा विषयलाई गुप्त नै राखी खाली धार्मिक लोकाचार गर्ने गर्छन् ।
तर, राष्ट्रपतिज्यू स्थानीय समुदाय र संस्कृतिमा पर्नुहुन्न, फेरि तीन कारणमध्ये कुन कारणले पूजाको आयोजना गर्नुप¥यो ? जनता जान्न इच्छुक छन् । निर्वाचित राष्ट्रपति हुनुभएकोले जनतालाई सोध्ने अधिकार पनि छ । जनतामा तलका जिज्ञासा देखिएको छ –
क) के मदन भण्डारीजीका अपराधीहरू पत्ता लागेकै हो ?
ख) राष्ट्रपतिज्यूलाई रोग–व्याधीको आशङ्का डाक्टर वा वैद्यहरूले गरेका छन् ? (किनभने पूर्वप्रम सुशील कोइरालाको निधारमा चोट थियो, समयमा अस्पतालमा नपु¥याउनु नै मृत्युको कारण हो भन्नेबारे नेकाभित्र गाइगुइँ चलेको थियो ।)
ग) राष्ट्रपतिज्यूको कुनै गुप्त शत्रु नासको मनसायको कल्पना गर्न सकिएला !?
सत्य यी तीनै कारण होइन भने कसको कर–बल वा उद्देश्यबाट नवदुर्गाको असमयमा पूजा गर्न लगाइयो ? हो, राजा र राजतन्त्रको बेला ठगहरूकै षड्यन्त्रको कारण राजतन्त्रमात्रै गएन राजपरिवारकै हत्या गरियो !
यसकारण, एक निर्वाचित राष्ट्रपति दैवी सिद्धान्तका होइनन् वा हुँदैनन् । धर्म निरपेक्ष तथा गणतान्त्रिक एवम् एक कम्युनिस्ट राष्ट्रपतिलाई कसले, कसरी प्रश्नै प्रश्न उठ्ने विषयमा फसायो ? ध्यान जानु आवश्यक छ । हो, विदेशी साहित्यमा ‘सम्राटको नयाँ लुगा’ र ‘अकबर वीरबल’ का कथामा ठगले राजालाई ठग्ने कथाहरू जनताले पढेकै विषय हो ।
आशा र विश्वास छ, राष्ट्रपति कार्यालयका जिम्मेवार व्यक्तिहरू यस्ता विषयमा गम्भीर हुनेछन् ।
धन्यवाद !
– एक जिम्मेवार नागरिक
Leave a Reply