नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
काठमाडौँ, ५ कार्तिक । सङ्घ राज्यको गलत व्याख्या गर्दै शासक दलहरूले आ–आफ्ना कार्यकर्ताहरूलाई झूटो आश्वासन दिएको वा गलत व्याख्या गरेको व्यवहारमा प्रस्ट हुँदै छ । ‘सिँहदरबारले गरिआएको कर्मचारी भर्ना अब गाउँ, सहर र प्रदेशमा आउँदै’ भन्ने सन्देशको व्याख्या नगर्दा तलका दोषहरू देखापर्दै छन् ।
प्रदेश ५ का विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले आफ्नै बुहारीलाई लोक सेवा आयोगको ‘फर्जी कागज’ बनाएको र मुख्यमन्त्री, सभामुख, प्रतिपक्षको नेताको समेत भागबन्डाको आधारमा कर्मचारीका पदहरू पूर्ति गर्ने अत्यन्त अवैधानिक र अप्रजातान्त्रिक कार्य बढ्दै जाने सम्भावनाबारे सचेत जनता चिन्तित हुँदै छन् ।
‘प्रदेश ५ को लोकसेवा आयोग गठन विवादमा’, ‘आफ्नै बुहारीलाई आयोगको सदस्य बनाउन फर्जी कागजात’, ‘प्रदेश लोकसेवा भर्तीकेन्द्र बन्ने खतरा’ का शीर्षक उपशीर्षकले राजनीतिकर्मीहरूलाई स्तब्ध बनाएका छन् ।
यसबारे केन्द्रीय लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रतिक्रिया दिए, “आयोगको प्रतिष्ठामा गम्भीर चुनौती ।” प्रदेश ५ का विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलले पत्र लेखे, “मेरो कोटामा बुहारीलाई पठाएको हुँ ।” राजधानी, ३ कार्तिक २०७६
नेपालमा देशव्यापी खोप कार्यक्रम सफलतापूर्वक समय–समयमा भइरहेकोमा नेपाली जनता नयाँ समाचारले झस्के – ‘सरकारको खोप कार्यक्रममाथि प्रश्न’, ४६ लाख ३७ हजार २२ डोज खेर ।’ राजधानी, ३ कार्तिक २०७६
‘सरकारको काम कहिले जाला घाम’ भन्ने उखान आज २१ औँ शताब्दीमा चालू छ । यस्ता बेवास्ता, अनियमितता र कर्तव्यच्युत कर्मचारीहरूलाई कडा कारबाही नभएसम्म यस्ता गम्भीर घटनाहरू हुँदै जानेछन् भन्नेबारे व्यापक चर्चा छ ।
हिजो हरेक अनियमित र कमी–कमजोरीबारे काठमाडौँ र सिँहदरबारलाई दोष दिन्थे । तर, आज प्रदेश सरकार बन्यो र स्थानीय सरकार पनि बन्यो । कालीकोटको एक समाचारले सबैलाई झस्कायो – ‘सदरमुकामकै सरकारी कार्यालयमा बाल श्रमिक ।’ ऐ. ऐ.
इलाम जिल्लाको अर्को समाचार छ – ‘दसैँ मनाउन गएका कर्मचारी अझै फर्केनन् ।’
हरेक प्रदेशमा केन्द्रीय स्तरमै कर्मचारीहरूको तालिम सञ्चालन गर्नु आवश्यक छ र पछि परीक्षा लिएरै आ–आफ्नो प्रदेश र जिल्लामा कर्मचारी खटाउँदा ‘कर्मचारी भागे’ र ‘बिदामा गएका कर्मचारी फर्केनन्’ भन्ने गुनासो घट्दै जानेछन् ।
×––– ––– ––– –––
एउटा खबरदारी समाचार छ – ‘तिहारसँगै अखाद्य तेलको प्रयोग बढ्दो ।’ एकपटक प्रयोग गरिसकेको तेलमा पुनः पकाएको परिकार खाँदा मुटु र क्यान्सरजस्ता प्राणघातक रोगको समस्या देखिने ।’ राजधानी, ३ कार्तिक २०७६
सङ्घीयताले दुर्गम जिल्ला र गाउँलाई पनि गुल्जार बनाउँछ भन्ने विश्वास थियो । त्यसकारण प्रदेश सरकार, गाउँ र नगरपालिकाको काम सबै राम्रो होला भनी सोचे ।
जुम्ली जीवनशैलीबारे स्थानीय जनताले बुझे –‘पहिले आत्मनिर्भर, अहिले परनिर्भर ।’ नागरिक, ३ कार्तिक २०७६
अब प्रजातन्त्र, गणतन्त्र र सङ्घ राज्यको वकालत गर्ने शासक दलहरूले जनतालाई बुझाउने समय यही हो ।
सुर्खेतबाट अर्को समाचार छाप्यो, ‘छाउगोठ मुक्त क्षेत्रमा फेरि फेरि ठडिँदै छापा ।’ ‘बलजफ्ती गोठ भत्काएर होइन, मन–मस्तिष्कमा छाउप्रथा हटाउन सक्नुपर्छ ।’ नागरिक– ऐ.
हो त प्रधानमन्त्री फेरिँदैमा जनताको आनी–बानी र संस्कार फेरिँदैन ।
Leave a Reply