भर्खरै :

शान्ति र स्थिरताले समाजवादी प्रणालीको सक्षमता प्रदर्शित गर्छ

रेन पिङ (Ren Ping)
हालै सम्पन्न दोस्रो चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनी (China International Import Expo – CIIE) सीआईआईईको सफलताले विश्वको ध्यान आकृष्ट ग¥यो । उक्त प्रदर्शनीले खुलापनको विस्तारको चीनको प्रतिबद्धता प्रदर्शित गर्दै पहिलो प्रदर्शनीभन्दा ठूलो मात्राको आयात, व्यापक सहभागिता र बढ्दो लोकप्रियता देखाएको छ । त्यसले चीनको अर्थतन्त्रको बढ्दो क्षमता र स्थिरतालाई पनि प्रमाणित गरेको छ ।
उक्त दोस्रो प्रदर्शनीमा भाग लिएका देश, क्षेत्र, अन्तर्राष्ट्रिय सङ्गठन र सहभागीहरूको सङ्ख्या पहिलो चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनीभन्दा धेरै ठूलो थियो । उक्त प्रदर्शनीमा अवसर छोप्न आएका विश्वव्यापी व्यापारिक प्रतिष्ठानको सङ्ख्या ५०० थियो भने उद्योग २५० भन्दा बढी थिए ।
प्रदर्शनीमा ५ लाखभन्दा बढी चिनियाँ र विदेशी व्यवसायी एवम् अवलोकनकर्ताहरूले आकर्षण थपेका थिए । विदेशी व्यापारीहरू गतवर्ष ७ हजारको सङ्ख्यामा आएका थिए भने यस वर्ष ३६ हजार पुग्यो । यसलाई चीनको संस्थागत सक्षमता र प्रभावकारी सुशासनको सफलता मान्न सकिन्छ जसले असल कार्य सम्पादन र देशको आर्थिक विकासको विशाल क्षमता अभिवृद्धि गरेको छ ।
जन गणतन्त्र चीनको स्थापनापछि विगत ७० वर्षमा यस देशले चामत्कारिक तीव्र आर्थिक विकास गरेको छ । चीन उठिसकेको छ, समृद्ध बनेको छ र बलियो बनेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) नभएको भए र चिनियाँ जनताले समाजवादी व्यवस्थाको स्थापना गरी निरन्तरता नदएिको भए तथा देशको राष्ट्रिय प्रशासन र क्षमतामा सुधार नगरेका भए यी कुनै पनि उपलब्धि वास्तविक हुने थिएनन् । चीनमा बरोबर भन्ने गरिन्छ – व्यवहारमा प्राप्त सफलता नै सबभन्दा ठीक सिद्धान्त हो र कुनै आत्मपरक सिद्धान्तले त्यससित प्रतिस्पर्धा गर्न सक्दैन । चीनको लामो अवधिको शान्ति र स्थिरता यथार्थमा चीनको संस्थागत विकास र आफ्नो व्यवस्थाप्रति चीनको विश्वासको प्रतिफल हो ।
एउटा देश स्थापित गर्न कसैले राजनीतिक व्यवस्थाको महत्वमाथि कहिल्यै बेवास्ता गर्न मिल्दैन । संस्थागत शक्ति नै एउटा देशको सबैभन्दा ठूलो प्रगति हुने गर्दछ ।
उन्नाइसौँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा चिकपाले चीन राज्यको शक्ति र प्रशासन प्रणालीका १३ विषयमा सङ्क्षेपमा सार खिच्यो । उक्त सार खिच्नुको उद्देश्य समग्र पार्टीको विश्वासलाई थप बलियो बनाउनु, देशको समाजवादी व्यवस्थामा देशका सबै जनजातिका जनतालाई समेट्नु र तिनीहरू सबैलाई देशको शक्ति र शासन प्रणालीको शक्तिको रूपमा विकास गर्नु रहेको छ । चिकपाका सदस्यहरूले इतिहासबाट राम्रो शिक्षा प्राप्त गरे, वर्तमान अवस्थालाई राम्ररी ठम्याए, सिद्धान्तहरू राम्ररी बुझे, तिनलाई कार्यान्वयन गरे । उनीहरूले सिद्धान्त र नीतिहरूमा कुन निकाल्ने र कुनलाई स्थापित गर्ने भन्ने मामिलामा सही निर्णय गरे । उनीहरूले राष्ट्रिय शासनको नयाँ अवधि थालनी गर्दै नयाँ युगमा चिनियाँ विशेषताको समाजवादको उत्थान र विकासको राजनीतिक घोषणा गरे ।
“आज विश्वका कुनै पनि राजनीतिक पार्टी, देश र जनतासित त्यस्तो आत्मविश्वास छैन, जति चिकपा, चिनियाँ जनता जनगणतन्त्र चीनसित छ ।” चिनियाँ राष्ट्राध्यक्ष एवम् चिकपा केन्द्रीय समितिका महासचिव सि चिनफिङले चिकपाको ९५ औँ स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा भन्नुभएको थियो ।
कुनै देशको राज्य र शासन प्रणालीको निर्धारण त्यस देशको इतिहास, सांस्कृतिक परम्परा र आर्थिक विकासको स्तरले गर्ने गर्छ । कुनै एक देशको व्यवस्था तबमात्र सबभन्दा विश्वसनीय र प्रभावकारी बन्न सक्छ जब त्यसको सुरुआत र विकास देशको वास्तविक स्थितिअनुसार गरिएको हुन्छ ।
सबभन्दा महत्वपूर्ण प्रक्रिया भनेको कुनै सामाजिक व्यवस्था वैज्ञानिक छ कि छैन भनी मूल्याङ्कन गर्नु हो । कुनै सामाजिक व्यवस्था तबमात्र वैज्ञानिक साबित हुन्छ, जब त्यो व्यवस्था देशको वास्तविक अवस्था सुहाउँदो हुन्छ, सकारात्मक प्रभाव दिनसक्छ र जनताद्वारा समर्थन गरिएको हुन्छ ।
चिनियाँ विशेषताको समाजवादको प्रणाली किन टिकाउ भइरहेको र पूर्ण स्वीकार्यताका साथ अत्यन्त प्रभावकारी बनिरहेको छ भन्दा यो व्यवस्थाको विकास चीनको सामाजिक अवस्थाअनुसार गरिएको छ ।
चीनका झन्डै १ अर्ब ४० करोड जनताले आफ्नो देशको समाजवादी व्यवस्थामा विश्वास गर्नुको कारण तिनीहरूको आफ्नो विशाल देशप्रतिको प्रेम पनि हो । तिनीहरू आफ्नो देशलाई एक सुस्थापित सभ्यताको रूपमा, ५ हजार वर्ष पुरानो इतिहासको निरन्तरताका रूपमा अगाडि लान चाहन्छन् । राष्ट्रिय पहिचानको भावना तिनीहरूका हृदयमा गहिरो गरी गडिएको पनि छ ।
चीनको समाजवादी व्यवस्थाको स्वयम् परिमार्जनमा सुधारले महत्वपूर्ण भूमिका खेल्यो । सुधार र खुलापनको नीति लागू गरेको ४० वर्षमा चीनले निरन्तर देशको राज्य र शासन प्रणालीको विकासमा जोड दियो तथा शासन प्रणाली र संयन्त्रमा भडकाउलाई नियन्त्रण ग¥यो । विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनले चीनको सुधारलाई थप गहन र व्यापक बनाउन जोड दियो । त्यसले चीनको राज्य र शासन प्रणालीसित परिस्थितिको सामना गर्ने ठूलो सक्षमता र आफैलाई सुधार गर्ने इच्छाशक्ति प्रदर्शित ग¥यो ।
यो अनुमान गर्न सहज छ कि चीनले देशको सबै क्षेत्रमा सुधारलाई गहन पार्ने क्षेत्रमा थप प्रगति गरिरहेको छ । देशको राज्य र शासन प्रणालीमा भएको क्षमता विस्तारले अन्तर्राष्ट्रिय समुदायमा चीनले तुलनामत्मकरूपमा व्यापक प्रभाव विस्तार गर्न सक्षम भएको छ भने व्यवस्था स्वयम्को उपयोगिता, गतिशीलता र सक्षमता पुष्टि गरेको छ ।
चीनको सुधार र खुलापन नीतिका मुख्य योजनाकार तेङ स्याओफिङले भन्नुभएको छ – “चीनको राज्यप्रणालीले प्रगतिका सबै सम्भाव्य तत्वहरू ग्रहण गर्छ र हामीले विश्वका विभिन्न देशबाट सिक्न सक्छौँ एवम् विश्वमै सबभन्दा राम्रो प्रणाली बनाउन सक्छौँ । चीनसित आज महान् नेताहरूका अनुमानहरूलाई यथार्थमा परिणत गर्ने सामथ्र्य छ ।”
चिनियाँ विशेषताको समाजवाद राम्रो छ वा छैन र अरू प्रणालीभन्दा उत्कृष्ट छ वा छैन भनी चिनियाँ जनताले भन्दा अरू कसैले राम्ररी भन्न सक्दैनन् । उनीहरूसित यस व्यवस्थाका बारेमा सबैभन्दा बढी ज्ञान र अनुभव छ ।
Long-term peace and stability demonstrates strength of Socialist system
People’s Daily Online
November 15, 2019
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *