भर्खरै :

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शन जारी ः थप १५ को मृत्यु, १०० घाइते

बग्दाद, १४ मंसिर (सिन्ह्वा) ।
इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक भन्दा बढी घाइते भएको जनाएको छ ।
देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
“पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरु एक भन्दा बढी घाइते भएका छन्, भने कैयौंलाई अश्रुग्यासको असर परेको छ,” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने ।
धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको छ ।
प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजिनामा दिनुभएको छ ।
धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उहाँले राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।
केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ ।
प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको छ भने देशमा राजनीतिक अन्यौल थप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *