गोरख पाण्डेय

ग्रीक दार्शनिक जेनोफिनिजले भनेका थिए, “यदि गोरु, घोडा र बाघहरूका हात भएका भए र मान्छेले जस्तै चित्र कोर्नसक्ने भए, घोडाले घोडाको रूपमा, बाघहरूले बाघको रूपमा जस्तो आफ्नो आकृति छ त्यस्तै फरक–फरक आकृतिहरूको रूप बनाउने थिए । इथियोपियाई मानिसहरूले ईश्वरलाई कालो र थ्याप्चो र छोटो नाक भएको बनाउँछन्, थ्रेसियन मानिसहरूले भन्दछन् कि उनीहरूका ईश्वरका आँखा नीला र कपाल रातो हुन्छ । (हिस्ट्री अफ फिलोसोफी, ३८)
भारतमा चार्वाकले मान्दथे कि सारा धर्मकर्म भाँणहरू, धूर्तहरू र निशाचरहरूद्वारा रचिएको हो । (चार्वाक दर्शन, ४४९) । उनी निकै उग्र भाषामा भन्दछन् किनभने उनका विरोधीहरूले उनीप्रति यस्तै भाषा प्रयोग गर्दथे । (विष्णुपुराण ७, ८, ९ अध्याय १८) तात्पर्य यो हो कि जसरी धर्मविरोधी विचारहरूप्रति हावी थियो, यहाँसम्मकि त्यसको विरोध कहिले कहिले नयाँ धर्मको आडमा खास गरेर मध्ययुगीन रहस्यवादको गूढ भाषामा व्यक्त भएको छ । (धर्मः माक्र्स एँगेल्स, १३२) । कुनै मुस्लिम विजेताले आफ्नो युगको विशाल पुस्तकालयलाई यसकारण जलाउने आदेश दिएका थिए कि उनका किताबहरूमा कुरानकै कुरा लेखिएका छन्, “यदि कुरानका विरोधी कुराहरू छन् भने तिनीहरूलाई उडाइदिनुपर्छ ।” प्रारम्भदेखि आर्जित मानवज्ञानलाई कुरानको नाममा सजिलै गरी जलाइएको थियो । मनुले धर्मको नाममा स्त्री तथा शूद्रहरूलाई अनेक अधिकारबाट बञ्चित गरिदिएका थिए तथा सम्पन्न वर्गलाई समस्त शक्ति र ऐश्वर्यको जन्मसिद्ध अधिकार दिएका थिए । (मनुस्मृति) मध्यकालको इसाई धर्म सामन्ती बर्बरता र क्रुरताको खुला अस्त्र थियो ।
आधुनिक युग धर्मका विरुद्ध आक्रमणको युग हो । (हिस्ट्री अफ फिलोसोफी, १, भाग २) पुराना व्यवस्थाहरू सङ्केन्द्रितरूपमा धर्ममा व्यक्त हुन्थे, त्यतिबेला विज्ञान पनि धर्मादेशका आधारमा बोल्न पाउँथ्यो तर आधुनिक युग पुराना व्यवस्थाहरूका विरुद्ध तथा विज्ञानको तीव्रतम विजयी विकासको युग हो । अतः त्यसको टकराव मुख्यतः विचारधाराको क्षेत्रमा विज्ञानबाट भयो ।
कोपर्निकसले सौर्यमण्डलको नयाँ व्याख्या गरे । उनले भने कि सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । पश्चिममा सामन्तवादको प्रभामण्डलको रूपमा स्थापित क्याथोलिक चर्चलाई यो व्याख्या पटक्कै मन परेन । मन नपर्नुको कारण थियो ईश्वर र ईश्वर पुत्र क्राइस्टको वाणी (बाइबल) अनुसार सूर्यले नै पृथ्वीको परिक्रमा गर्दछ । यो नयाँ व्याख्याले धर्तीको महत्व घटाउँथ्यो, बाइबल र रोमन क्याथोलिक चर्चका साथै त्यससित अभिन्नरूपमा जोडिएको सामन्तवादको अस्तित्वको प्रमाणिकता तथा सत्तालाई चुनौति दिन्थ्यो । यो विचारहरूको क्षेत्रमा आउने एउटा पूर्ण क्रान्तिकारी वैज्ञानिक परम्पराको आरम्भ विन्दु थियो । यसले वास्तविकताको पुरानो तस्वीरलाई उल्टाएर प्रस्तुत ग¥यो । यो कोपर्निकसीय क्रान्ति थियो ।
फेरि फ्रान्सेली क्रान्ति । यो महान् सामाजिक सङ्घर्षले पुराना मान्यताहरूलाई एकदम नष्ट ग¥यो, राजनीतिक र आर्थिक प्रवृत्तिहरूको सङ्घर्ष उठेर सामुन्ने आयो, पेरिसका सडकहरूमा प्रत्येक व्यक्तिको स्वतन्त्रता, समानता र बन्धुत्वको नारा गुञ्जिन थाले । भोल्तेयर, रुसो, दिदेरो जस्ता लेखक र चिन्तकहरू तथा अनेक भौतिकवादी दार्शनिकहरूले मान्छेको भौतिक जगतको सन्दर्भमा व्याख्या गरे । रुसोको विचारमा ‘मान्छे स्वतन्त्र पैदा हुन्छ तर ऊ हरेक ठाउँमा बन्धनमा हुन्छ । मान्छेको उत्पत्तिका बारेमा बाइबलको धारणालाई मूलतः अपराधी मान्ने धारणाको यो विचार पूर्ण निषेध थियो । उनले यो पनि मान्दथे कि आफ्ना हितहरूका लागि सम्झौता गरेर मानव जाति सङ्गठित भयो । साहित्य, कला, राजनीति, दर्शन, विज्ञानका साथ धर्मका नयाँ प्रवृत्तिहरू काल्विनले विकसित गरे । उनी क्याथोलिक चर्चका कठोर आलोचक थिए । उनले आँखा चिम्लेर बाइबलको शरणमा जान भने । क्याथोलिक चर्च उनको विचारमा, मतमा, भ्रष्टाचार र दूरभिसन्धिहरूको केन्द्र बनेको थियो । तर, ऊभन्दा पहिले नै जर्मनीमा उग्रतम तरिकाले लुथर र मुन्जरको नेतृत्वमा क्याथोलिक चर्चको सदियौंदेखि स्थापित सत्तालाई चुनौती दिइसकिएको थियो ।
१३८१ मा बेलायतका किसानहरूले सामन्तका विरुद्ध यो प्रश्न उठाउँदै विद्रोह गरेका थिए, “जब हामी सबैलाई क्राइस्टको अनुकृतिका रूपमा नै निर्माण गरिएको हो भने हामीसँग यो पशुको जस्तो व्यवहार किन गरिन्छ ?” ईश्वर, क्राइष्ट, चर्च र सामन्तवादको अपवित्र गठबन्धनलाई यो प्रश्नले झकझक्याएको थियो । धर्मलाई बीचमा राखेर सामाजिक अत्याचार गरिने व्यवहारका विरुद्ध यो प्रतिवादको आवाज थियो जुन आज पनि धर्मका दावेदारका अगाडि प्रश्नचिह्न बनेको छ ।
कोपर्निकसले मानव जातिमा गहिराइसम्म जरा जमाएर त्यो अन्धकारको पर्दा उठाइदिए, जसको आधारमा सृष्टिको केन्द्र कुनै न कुनै रूपमा त्यसको चेतना स्वयं आफैलाई माने ।
बुद्ध या ईसा, अथवा कुनै अवतार र देवदूतलाई यसको केन्द्रमा मान्ने कुरो झनै असङ्गत लाग्न थाल्यो । प्रो. एडिङ्टनले भने कि यो मानव जाति केवल यस अर्थमा सबै कुराको केन्द्र हो कि ऊ आफ्नो परिमाण र सत्तामा परमाणु र ताराहरूका बीच स्थित छ । (जीवनको आध्यात्मिक दृष्टि, २८) एक जना मनुष्य परमाणुभन्दा त्यत्ति ठूलो हुन्छ जति एउटा तारा मनुष्त्न्दा ठूलो हुन्छ । डार्बिनले जीव जगत्को विकासको अध्ययन गरेर पछि भने कि अमिवाबाट मान्छेसम्म यो विकासको यस्तो क्रम हो जुन प्राणीहरूद्वारा परिवेशसित समायोजित हुने क्रियामा आकस्मिकरूपले चलिरह्यो । (समकालीन धर्म दर्शन, ३१) । मनुष्य कुनै दैवी शक्तिद्वारा निर्मित भएको होइन । त्यो त केवल भौतिक शक्तिहरूको आकस्मिक रूपान्तरणको परिणाम हो । एप र मान्छेको शरीरको रचनामा पाइने समानता र उनीहरूको रक्त परीक्षाको परिणामले के सावित गर्दछ भने मान्छेका पूर्वज ‘एप’) या यसै प्रकारका प्राणीहरू रहे होलान् । आधुनिक विज्ञानले मान्छेलाई कार्बन आदि तत्वहरूको सम्मिश्रणमात्र मानेर त्यसमा कुनै प्रकारको देवत्वको आरोपण निषिद्ध ग¥यो ।
रुसो दैहिकीयविद् इवान सेचेनोव
(१८२९–१९०५) र तन वागलोभ (१८४९–१९३६) ले प्रयोगहरूद्वारा सिद्ध गरे कि सम्पूर्ण मानसिक कार्यकलाप निश्चित भौतिक क्रियाहरूमा जसलाई हामी दैहकीय प्रक्रियाहरू भन्दछौँ र जुन मानव मस्तिष्कमा खास गरेर उसको बाहिरी त्वचामा चल्दछन्, आधारित छ । मस्तिष्कको सामान्य कार्यकलापमा अव्यवस्था आउँदा बिमारी, आघात या अन्य कारणहरूबाट व्यतिक्रम पर्न जाँदा मान्छेको चिन्तनमा धेरै गडबडी पैदा हुन्छ, त्यो चिन्तनशून्य हुनसक्छ ।
एक सूत्रमा तमाम वैज्ञानिक प्रयोगहरूबाट प्राप्त सूचनाहरूको निष्कर्षका आधारमा प्यावलोभले लेखे, “आत्मिक कार्यकलाप मस्तिष्कको एउटा विशिष्ट सङ्घटनाको दैहिक व्यापारको परिणाम हो ।”
प्याब्लोभले भनेका थिए कि मस्तिष्क पियानो बाजा होइन जसबाट तपाईँ कुनै स्वर निकाल्नुस्, जुन मन लाग्छ सङ्गीत बजाउनुस् । रङ्ग गन्ध, ध्वनि तथा अन्य गुणधर्मले युक्त र वस्तुगत रूपमा स्थित वस्तुहरूको प्रभावले नै मस्तिष्कभित्र दृश्य, ध्वनि, गन्ध आदिका संवेदनाहरू उत्पन्न हुन्छन् । यी वस्तुहरू तथा यिनका गुणधर्मले ज्ञानेन्द्रियहरूमा प्रभाव पार्छन्, फलस्वरूप उत्पन्न हुने उद्दीपन स्नायुमार्गहरूबाट मस्तिष्कको उपरि गोलाद्र्धको त्वचामा पुग्दछन्, त्यहाँ फरक–फरक संवेदनाहरू पैदा हुन्छन् । यिनका आधारमा नै अनुभूति, भावना, धारणाहरू एवं चेतनाका अन्य रूप तयार हुन्छन् । यी सबैको वस्तुगतरूपमा वर्तमान वस्तुहरू र व्यापारहरूको धेरै थोरै प्रतिबिम्बमात्र हुन् । यिनीहरू बिना यी छायाँहरू मानव चेतनामा उत्पन्न हुनसक्तैनन्, चेतना सक्रिय हुनसक्तैन ।
धर्मशास्त्रीहरूको यो मान्यता थियो कि सामान्य इन्द्रियहरूबाट जगत् र जीवनको सामान्य ज्ञान हुन्छ । ईश्वरीय ज्ञानका लागि अन्तज्र्ञान, प्रज्ञा, विजनजस्ता असाधारण ज्ञानशक्तिको कल्पना गरिएको थियो । यसबारेमा मनोवैज्ञानिक सेल्वीले लेखेका छन्, ईश्वरसँग कल्पित सम्पर्क स्थापित गरेर केही गर्नसक्छौँ, यो भ्रान्ति हो, एउटा धार्मिक जडता हो । सर्वोच्च सत्ताको अव्यवहित उपस्थितिको यो अनुभूति र यस अनुभूतिलाई अन्य सबै अनुभूतिहरूबाट यहाँसम्म कि नैतिक अनुभूतिबाट अलग बुझ्नुको अर्थ हो एक यस्तो अन्तज्र्ञानको क्षमता जसको प्राप्तिका लागि कुनै अङ्ग या इन्द्रिय मानवीय प्रकृतिमा छैन । (दि साइकलोजी अफ रिलिजन–जीवनको आध्यात्मिक दृष्टिबाट), २४७ ।
मनुष्य पूरै चेतन हुनका लागि लामो ऐतिहासिक प्रक्रियाबाट गुज्रिइसकेको छ । अब त्यसले अन्य भौतिक तत्वमा चेतना उत्पन्न गर्ने कुरो सोचिरहेको छ । साइबर नेटिक्स नामक नयाँ विज्ञानका सफलताहरूले यो मान्ने प्रेरणा उत्पन्न गरेको छ कि अजैव वस्तुहरूमा पनि चिन्तन क्षमता हुने कुरा स्वीकार गर्नुपर्छ । (माक्र्सवादी दर्शन, ७७) । यो विज्ञान विभिन्न नियन्त्रण प्रणालीहरूको अध्ययन गर्दछ र यसको आधारमा असामान्य किसिमका मेसिनहरू तयार गर्नमा सफल भएको छ । केही मेसिनहरूको विमानहरू, टे«न या जटिल उत्पादन क्रियाहरूको स्वयं निर्देशन गर्नसक्छन् । केही अन्य एउटा भाषाबाट अर्को भाषामा अनुवादको, गणितका महत्वपूर्ण सवालहरूलाई हल गर्ने र यस्तै धेरै कामहरू गर्नसक्छन् । यी मेसिनहरूले बाहिरबाट सूचना ग्रहण गर्दछन्, तिनलाई याद गर्दछन्, उनीहरूको विश्लेषण गर्दछन् र सर्वोत्तम हल बताउँछन् । यिनीहरूमा मानिसहरूको विश्लेषण क्षमताभन्दा सही क्षमता भर्न सकिन्छ । तर, यसका आधारमा यो भन्न सकिंदैन कि ती मेसिनहरूमा चिन्तन क्षमता निजी गुण हो । जतिसुकै संश्लिष्ट मेसिन भए पनि त्यो मान्छेको क्रियाद्वारा निर्देशित हुन्छ, अन्ततः मानवकै लागि मेसिनको निर्माण भएको हो । उसको आफ्नो उद्देश्यका लागि नै निर्मित भएको हो ।
पाचन प्रणाली, रक्तसञ्चार र स्नायु संस्थाका रक्त सम्बन्धहरू तथा बाहिरी परिवेशप्रति तिनीहरूको क्रिया प्रतिक्रियाद्वारा चेतनाको व्याख्या गर्न सकिन्छ । अमर, अनन्त आत्मको कल्पना हावादारी बुझिन्छ । जसरी भाषा मांसपेशीहरूको सङ्कोचन विमोचनको एउटा सृङ्खला हो, त्यसैगरी विचार पनि । विचार एक प्रकारको व्यवहार हो जसमा मांसपेशीहरूको गति त हुन्छ तर स्वर निस्कन्न, यो एउटा गुप्त पेशी क्रियावाला संभाषण हो । (जीवनको आध्यात्मिक दृष्टि, २९) थार्नडाइकले पनि मुसाहरूका परीक्षणबाट सावित गरे कि बुद्धि शारीरिक उद्दीपन र प्रतिवेदनका अतिरिक्त केही पनि होइन । (त्यही, २९) भावनाहरू शारीरिक प्रतिक्रिया हुन् । मान्छेको क्षमता संवेदक उद्दीपनहरू र तिनीहरूप्रति स्वचालित प्रतिक्रियाहरूमा सीमित छ । देकार्तले शरीरलाई यन्त्र मानेका थिए । (माक्र्सवादी दर्शन, २९) । हाब्सले त्यसलाई विस्तृत गरे र भने– “हृदय एउटा स्प्रिङ्ग हो, स्नायुहरू तार हुन् र जोड पहियाहरू (चक्का) हुन्, सबैले शरीरलाई गति प्रदान गर्दछन् ।” यहाँ दैवी शक्तिको कुनै स्थान छैन । (त्यही, २८) स्पिनोजाले संसारको भौतिक सिद्धान्तको एकताको व्याख्या गरे । (त्यही, २९) देकार्तको द्वैतवादलाई पराजित गर्दै उनले घोषित गरे कि एउटै सामग्री प्रकृति संसारको सबै वस्तुहरूको आधार हो । चेतना स्वतन्त्र छैन । प्रकृति आफ्नै नियमअनुसार चल्दछ, आफ्नो कारण ऊ आफैँ हो र कुनै अति प्राकृतिक कारण छैन ।
१८ औँ शताब्दीमा सामन्तवादका विरुद्ध महान् पुँजीवादी क्रान्तिको बेला धार्मिक भाववादी दृष्टिकोणका विरुद्ध स्पष्टरूपले भौतिकवादका प्रतिपादकहरू जुलियन लामेत्री, डेनिस दिदेरा, क्लाद आट्रियन, हैलविसियस र पाल हेनेरी होलबाखहरूले सङ्घर्ष गरेका थिए । (त्यही, ३०) उनीहरूले पदार्थ र गतिको एकताको सिद्धान्त निर्मित गरे । होलबाखले लेखे, “विद्यमान प्रत्येक वस्तुको यो विराट योग जसलाई हामी ब्रह्माण्ड भन्दछौँ, हामीलाई पदार्थ र गति प्रदान गर्दछ । ती पदार्थको गतिलाई अपरिवर्तनीय मान्दथे, ज्ञानलाई वस्तुगत रूपसित विद्यमान वस्तुहरू र व्यापारहरूको प्रतिबिम्ब माने । उनीहरूले संसारको सृष्टि, आत्माको अमरत्व आदि चर्चका सिद्धान्तहरूको धज्जी उडाए । धर्मलाई उनीहरूले जनताको आत्मिक दासताको अस्त्र, अत्याचार र अज्ञानको गढ माने । उनीहरू भन्दथे कि धर्मको स्रोत जनताको मूढता र प्रकृतिका अज्ञात शक्तिहरूप्रति उसको डर हो ।
मिखाइल लोमोनोसोव र अलेक्सान्द्र राश्चिदेवले रुसमा भौतिकवादी दर्शनलाई विकसित गरे । (त्यही, ३१) लोमोनोसोवले भौतिकी, रसायन, भूगर्भविद्या तथा अन्य विज्ञानहरूमा भएका असामान्य खोजहरूमा आफ्नो मत प्रकट गरे । उनले स्वयं पदार्थ सञ्चारण नियमको खोज गरे । यसको खोज– जर्मन वैज्ञानिक माँये र बृटिस भौतिकीविद् जुलले पनि फरक ढङ्गले गरेका थिए । यो खोजले विश्वको भौतिक एकता तथा पदार्थ एवं गतिको अनश्वरतालाई पूर्णतया प्रमाणित गर्दछ । यसबाट पनि सिद्ध हुन्छ कि पदार्थ र गति गुणात्मकरूपले वैविध्यपूर्ण परिवर्तनशील तथा केही रूपबाट अन्य रूपहरूमा सन्तरणीय छन् । धार्मिक प्रत्ययहरूमा यो खोजको ध्वंशक प्रभाव प¥यो । यसका साथै रुसो, वनस्पति वैज्ञानिक गोरयानिनोव, चेक वनस्पति वैज्ञानिक पुर्किने र जर्मन वैज्ञानिक स्लेडेन तथा स्वानले सिद्ध गरे कि कुनै पनि कमवेसी जटिल वैज्ञानिक जीवको आधारभूत एउटा भौतिक तत्व अर्थात् कोष हुन्छ, हुने गर्छ । (माक्र्सवादी दर्शन, ४२) । यसको परिवर्तन क्षमतालाई प्रमाणित गरेर उनीहरूले जीवहरूका विकासको वैज्ञानिक बुझाइ विकसित गर्ने बाटो देखाए र पछि महान् वैज्ञानिक डार्बिनले विकास प्रक्रियाको त्यो प्रख्यात विवरण दिए जसले धर्मको बचेको विश्वासलाई चकनाचुर गर्नमा सफलता प्राप्त ग¥यो ।
वैज्ञानिक उपलब्धिहरूको सोझो प्रभावले सामाजिक, आर्थिक वर्गभेदहरूलाई सामाजिक , आर्थिक ढाँचामा नै खोज्न थालियो । वाटसनको व्यवहारवादले मनुष्यलाई भौतिकरूपमा समान प्रदर्शित गरे । (जीवनको आध्यात्मिक दृष्टि, २९) यसको यो अर्थ हो कि समाजको विषयमा आदिम अपराध, पाप पुण्य आदिको फल होइन । अन्ततः मानिस यसलाई समाप्त गर्न सक्तछ ।
मनोविश्लेषणले अचम्मको यो तथ्य प्रस्तुत ग¥यो कि मानवको व्यक्तित्व चिन्तनको अपेक्षा सहज प्रवृत्तिहरूबाट बढी सञ्चालित हुन्छ । (समकालीन धर्म दर्शन, २०१) चिन्तनको काम सामाजिक स्तरमा अनुचित लाग्ने क्रियाहरूको औचित्य स्थापना नै बढी लाग्दछ । सहज प्रवृत्तिहरू सामाजिक दमनका शिकार हुने गर्छन् र धार्मिक विश्वासहरूको भ्रमले पनि दमनमा सहायता गर्छन् । अचेतन मनको गहिराइमा निहित यी प्रवृत्तिहरू नै प्रेरक तत्व हुन् भने नैतिक र धार्मिक तत्वहरू, मान्यताहरू भ्रममात्र हुन् ।
अनुवाद ः बुद्धिसागर भट्टराई
(धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *