मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
जनवरी १ नजिकिँदै छ । नेपाल भ्रमण वर्ष २०२० सुरू हुन अब केही दिनमात्र बाँकी छ । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्षले उल्लेखनीय योगदान गर्ने आशा गरौँ । भ्रमण वर्ष नजिकिएसँगै सरकारले देशभर उत्साहको सञ्चार गर्न भने सकेको देखिँदैन । सीमित सरकारी निकाय भ्रमण वर्षको तयारीमा लागिरहेको देखिन्छ । पर्यटकलाई नेपाल पस्न दैलो खोल्ने दिन नजिकै आइसकेर पनि काठमाडौँ उपत्यकाकै पर्यटनसँगै सम्बन्धित पूर्वाधारको अवस्थामा भने खासै सुधार हुन सकेको छैन । खाल्डाखुल्डा सडक अझै व्यवस्थित भएका छैनन् । पर्यटकको नेपाल बसाइ अविस्मरणीय बनाउन अझै पनि पुग्दो सुविधा र पूर्वाधार तयार भएको देखिँदैन ।
स्थानीय तहहरूले आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यस्थल पहिचान गरी सार्वजनिक त गरे । तर, ती स्थानमा पर्यटक जान आवश्यक पूर्वाधार निर्माणमा भने सरकार र स्थानीय तहले ध्यान पु¥याउन सकेका छैनन् । काठमाडौँ उपत्यकाबाहिरका सडकको दुरवस्थाका कारण सडक दुर्घटनाका दुःखद खबर आउने क्रम तीव्र बनेको छ । साता दिनअघि दोलखाको कालीञ्चोक पुगेर फर्केको गाडी दुर्घटना हुँदा धेरैले अनाहकमा ज्यान गुमाए । यस्ता समाचारले भ्रमण वर्षमा कहीँ न कहीँ घुम्न जाने आन्तरिक पर्यटकको जाँगर मार्नसक्छ । त्यसकारण सरकारले भ्रमण वर्षको तयारीमा सडक यातायातबारे विशेष ध्यान दिन जरूरी छ ।
देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था सुधार भएको भनी सरकारी निकायले कोकोहोलो मच्चाए पनि अझै त्यहाँ खासै सुधार भएको देखिंदैन । पर्यटकलाई सबभन्दा पहिलो प्रभाव पार्ने ठाउँ विमानस्थल हो । तर, विमानस्थलको व्यवस्थापन भद्रगोल छ ।
स्थानीय तहहरूले आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यस्थल पहिचान गरी सार्वजनिक त गरे । तर, ती स्थानमा पर्यटक जान आवश्यक पूर्वाधार निर्माणमा भने सरकार र स्थानीय तहले ध्यान पु¥याउन सकेका छैनन् । काठमाडौँ उपत्यकाबाहिरका सडकको दुरवस्थाका कारण सडक दुर्घटनाका दुःखद खबर आउने क्रम तीव्र बनेको छ । साता दिनअघि दोलखाको कालीञ्चोक पुगेर फर्केको गाडी दुर्घटना हुँदा धेरैले अनाहकमा ज्यान गुमाए । यस्ता समाचारले भ्रमण वर्षमा कहीँ न कहीँ घुम्न जाने आन्तरिक पर्यटकको जाँगर मार्नसक्छ । त्यसकारण सरकारले भ्रमण वर्षको तयारीमा सडक यातायातबारे विशेष ध्यान दिन जरूरी छ ।
पर्यटन वर्षमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकलाई पनि देश घुम्न उत्साहित गर्नुपर्छ । तीनै तहका सरकारी निकायले भ्रमण वर्षभरिमा आफ्ना कर्मचारीलाई देशको कुनै न कुनै स्थानमा भ्रमण गर्न उत्साहित गर्नुपर्छ । सबै विद्यालय–क्याम्पसका विद्यार्थी र निजी क्षेत्रका कार्यालय, उद्योग कलकारखाना र प्रतिष्ठानले पनि भ्रमण कार्यक्रमको आयोजना गर्दा भ्रमण वर्षको सार्थकता रहने छ ।
भ्रमण वर्ष सत्तारूढ दलका नेता–कार्यकर्ता पोस्ने बाटो बन्नुहुन्न । श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत जसरी सत्तारूढ दलका नेता–कार्यकर्ताले सरकारी ढुकुटीमा लुटपाट मच्चाएका थिए, आगामी भ्रमण वर्षमा पनि यस्तै लुटेरा प्रवृत्ति दोहोरिनुहुन्न । भ्रमण वर्षलाई सरकारी कोषमा वैधानिक बाटोबाट भ्रष्टाचार गर्ने तरिका बनाइनुहुन्न ।
भ्रमण वर्षमा स्थानीय तहहरूलाई नै अझै सक्रिय बनाउन जरूरी छ । विभिन्न स्थानीय तहले भ्रमण वर्षमा महोत्सव र मेलाको आयोजना गर्दा स्थानीय संस्कृति र मौलिक उत्पादनको पनि प्रचार र प्रवद्र्धन हुन्छ । यसमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयले समन्वयकारी भूमिका खेल्न जरूरी छ । पर्यटन नेपाली अर्थतन्त्रको दिगो योगदान गर्न सक्ने क्षेत्र हो । विदेशमा बसेर श्रम बेचिरहेका नेपाली युवालाई नेपाल फर्केर यहाँको पर्यटन व्यवसायमा केही गर्न सकिने सड्ढेत दिने भ्रमण वर्ष एउटा राम्रो अवसर हो । भ्रमण वर्ष सरकार र सरकारी मान्छेको मात्र नहोस् । सबै नेपाली जनताले आफ्नो ठान्न सक्ने वातावरण बनाउन केन्द्रीय र स्थानीय सरकारले भूमिका खेल्न जरूरी छ ।
Leave a Reply