तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १० पुस । भारतमा नागरिकता संशोधन विधेयकविरूद्ध आन्दोलनरत भारतीय जनतामाथि फासीवादी मोदी सरकारले गरेको निर्मम दमनको विरोधमा ऐक्यबद्धता कार्यक्रम बिहीबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न भयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भारतमा उठिरहेको आन्दोलन न्यायपूर्ण र भारतीय जनताको पक्षमा भएको हुँदा नेमकिपा र यसको भ्रातृ सङ्गठनले सो आन्दोलनको समर्थन गरेको बताउनुभयो ।
भारतले नेपालको कालापानी, लिम्पियाधुरालगायतका ठाउँमा सीमा अतिक्रमण गरेको विरोधमा नेमकिपाले भारतीय राजदूतावास घेराउ गरेको स्मरण गर्दै उहाँले नेमकिपाले भारतीय विस्तारवादको निरन्तर विरोध गर्दै आएको बताउनुभयो ।
उहाँले सीमा अतिक्रमणको विषयलाई कूटनीतिक पहलबाट नसके अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले जम्मु–काश्मीर र सिक्किमजस्तै नेपाललाई पनि भारतले आफ्नो क्षेत्रमा गाभ्ने कोसिस गरिरहेको हुँदा नेपाली जनता सचेत बन्नुपर्ने बताउनुभयो ।
उहाँले मोदी फासीवादविरूद्ध भारतकै विश्वविद्यालयका आन्दोलित विद्यार्थीहरूप्रति ऐक्यबद्धता जनाउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य सुरेश परियारले नबोल्दा र नसोच्दा मानिस मरेतुल्य हुने उल्लेख गर्दै नेपालका अन्य विद्यार्थी सङ्गठनहरूलाई जिउँदो रहनको लागि आग्रह गर्नुभयो ।
Leave a Reply