रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, २६ डिसेम्बर । चिनियाँमानव अधिकार अध्ययन समाजले बिहीबार एक प्रतिवेदन सार्वजनिक गरेर संरा अमेरिकी राजनीतिमा पैसाले खेल्ने भूमिकाबारे खुलासा गरेको छ ।
‘पैसामुखी राजनीतिले संरा अमेरिकी शैलीको प्रजातन्त्रको पाखण्ड उजागर गरेको छ’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै समाजले संरा अमेरिकी राजनीति र समाजमा गहिरो विभाजन हुनुको मूल कारण पैसामुखी राजनीति भएको बताएको छ ।
“पछिल्ला वर्षहरूमा संरा अमेरिकी राजनीतिमा धनी वर्गको प्रभाव बढ्दै गएको छ । सर्वसाधारण मानिसको राजनीतिमा प्रभाव घट्दो छ”, पैसामुखी राजनीतिले संरा अमेरिकी प्रजातन्त्रको पाखण्डी उजागर गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ ।
संरा अमेरिकी राजनीतिक व्यवस्था सम्पूर्णतः पैसामा आधारित भएको प्रतिवेदनमा उल्लेख छ । ‘संरा अमेरिकी समाजको सबभन्दा घातक रोग नै पैसामुखी राजनीति हो’, प्रतिवेदनमा उल्लेख छ ।
पैसाकै कारण संरा अमेरिकी राजनीतिले जनमतको बेवास्ता भएको र हरेक निर्वाचन नै धनी वर्गको ‘एकल प्रस्तुति’ जस्तै भएको प्रतिवेदनमा उल्लेख छ ।
‘एक्काइसौँ शताब्दीको आरम्भदेखि नै संरा अमेरिकी राजनीतिक दलहरू रिपब्लिकन र डेमोक्रेटिकका उम्मेदवारको चुनावी खर्च तीव्र अनुपातमा बढेको छ । सन् २००४ मा ७० करोड अमेरिकी डलर चुनावी खर्च भएको थियो । सन् २००८ मा आइपुग्दा चुनावी खर्च १ अर्ब अमेरिकी डलर र सन् २०१२ सम्ममा २ अर्ब अमेरिकी डलर पुगेको छ । प्रतिवेदनमा उल्लेख छ,‘सन् २०१६ को संरा अमेरिकी राष्ट्रपति र संसदीय निर्वाचनमा जम्माजम्मी ६ अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको थियो । संरा अमेरिकी इतिहासमा त्यो नै अहिलेसम्मको सबभन्दा महँगो चुनाव हो ।’
संरा अमेरिकी निर्वाचन गतिविधिमा ठूलो परिमाणमा ‘कालो धन’ र गोप्य पैसा खर्च हुने गरेको चिनियाँ दस्तावेजमा उल्लेख छ ।
संरा अमेरिकी नेसनल ब्रोडकास्टिङ कम्पनी न्युजले सन् २०१८ मा जारी गरेको प्रतिवेदन उद्धृत गर्दै चिनियाँ मानव अधिकार अध्ययन समाजको प्रतिवेदनमा ‘संरा अमेरिकी अर्थ विभागले आफ्नो चन्दाको स्रोतबारे खबर सार्वजनिक गर्न कुनै गैरसरकारी संस्थाको आवश्यकता नभएको घोषणा गरेसँगै चुनावी खर्चको पारदर्शिता अझ खराब बनेको’ उल्लेख छ ।
संसदीय चुनावलाई प्रभावित गर्ने टेलिभिजन विज्ञापनमध्ये ४० प्रतिशतभन्दा बढी विज्ञापनको लागि गोप्य चन्दादाताले चन्दा दिने गरेको बताइएको छ ।
पैसामुखी राजनीतिले राजनीतिमा घातक परिणाम ल्याउने उल्लेख भएको सो प्रतिवेदनमा त्यस्तो राजनीतिले सर्वसाधारण जनतालाई आफ्ना राजनीतिक अधिकारबाट बञ्चित बनाउने उल्लेख छ । ‘सरकारी पद सबै धनी र माथिल्लो वर्गको हातमा पुगेको छ । पैसामुखी राजनीतिले धनीको मात्र हित हेर्छ । त्यसले संरा अमेरिकालाई बन्दुक हिंसाजस्ता गम्भीर राजनीतिक र सामाजिक समस्या समाधान गर्न थप जटिल बनाउँछ’, प्रतिवेदनमा भनिएको छ ।
‘पैसामुखी राजनीति संरा अमेरिकी पुँजीवादी व्यवस्थाको अवश्यम्भावी परिणाम हो’, प्रतिवेदनमा उल्लेख छ ।
‘संरा अमेरिकी लोकतन्त्र पुँजीपति वर्गको शासन गर्ने राजनीतिक माध्यम हो । त्यसकारण संरा अमेरिकी लोकतन्त्रले स्वभावतः पुँजीपति वर्गको चाहना प्रतिबिम्बित गर्छ । संरा अमेरिकाका प्रमुख दुई राजनीतिक दलका उम्मेदवार पुँजीपति वर्गभित्रका दुई खेमाका प्रतिनिधिमात्र हुन्’, त्यसमा भनिएको छ ।
पैसामुखी राजनीतिले संरा अमेरिकी समाजको वास्तविक प्रकृति उजागर गरेको छ । आफूलाई उदाहरणीय लोकतन्त्र अभ्यास गरिरहेको र संसारको मानव अधिकार रक्षा गरिरहेको भनी संरा अमेरिकाले गर्ने आत्मप्रशंसा झूट भएको प्रतिवेदनमा भनिएको छ ।
‘पैसाले राजनीति गर्ने संरा अमेरिकामा बिनापैसा राजनीतिक सहभागिता र छलफल सम्भव हुँदैन’, चिनियाँ प्रतिवेदनमा भनिएको छ ।
Leave a Reply