बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
– राजन फाँजू
भक्तपुरमा भ्रमण गर्ने पर्यटकले बिताउने समय कबड्डी खेलाडीले विपक्षीको कोर्टमा बिताउने समयसँग तुलना गर्न सकिन्छ । कबड्डी खेलमा विपक्षी टोलीका खेलाडि अर्को टोलीको क्षेत्रमा आएर छुने बित्तिकै फर्केजस्तै भक्तपुरमा आउने पर्यटक पनि केही घण्टा बिताउनेमा मात्र सीमित भएका छन् । अधिकांश पर्यटक यहाँ आधादिनको लागि मात्र आउने गर्छन् । उनीहरूको भ्रमणको रुट भन्नु नै दरबार स्क्वायरमा गाडीबाट ओर्लेर दतात्रयसम्म जानु नै रहेको छ । आधा दिनको लागि मात्र आउने पर्यटकको सङ्ख्या गनेर भक्तपुरमा पर्यटन विकास भएको मान्न सकिन्न । यहाँ आउने पर्यटक मुश्किलले आधा दिनमात्र बिताउने हुँदा उनीहरूले गर्ने खर्च पनि स्वाभाविक रुपमा थोरै हुन्छ । त्यसैले भक्तपुरमा पर्यटन विकासको प्रमुख चुनौती भनेको सङ्ख्या बढाउनुको साथै पर्यटक बसाइ अवधिलाई बढाउनु पनि हो । बसाइ अवधि बढाउने प्रमुख उपाय भनेको नयाँ पर्यटकीय गन्तव्य विकास गर्न हो । त्यसैगरी पर्यटन भनेको सेवामूलक व्यवसाय भएको हुनाले आतिथ्यको तौर तरिकाले ठूलो भूमिका खेलेको हुन्छ ।
पर्यटन विकासका प्रमुख परिसूचकहरू पर्यटकको सङ्ख्या, बसाई र उनीहरूले गर्ने खर्च आदि हुन् । सङ्ख्याको कुरा गर्ने हो भने नेपालमा आउने पर्यटकको सङ्ख्या त्यसै पनि सा¥है कम छ । त्यसमध्ये पनि भक्रपुरमा आउने पर्यटकको सङ्ख्या झनै न्यून रहेको छ । नेपाल आउने कूल पर्यटकमध्ये भक्तपुरमा आउने पर्यटकको ४० प्रतिशतभन्दा पनि कम रहेको छ । भक्तपुरमा पर्यटकसँग सम्बन्धित अहिलेको समस्या भनेको काठमाडांैसम्म आइपुगेका पर्यटकलाई यहाँसम्म तान्नु नै रहेको छ । काठमाडांै र पाटन आएर पनि भक्तपुर नआउने अधिकांश पर्यटकको भनाइ के रहेको छ भने ‘भक्तपुर, काठमाडौं र पाटनसँग मिल्दो जुल्दो भएको हुनाले भ्रमण गर्नु आवश्यक छैन’ । काठमाडौं र पाटनभन्दा भक्तपुर भिन्न रहेको अनुभूति पर्यटकलाई गराउन के कस्तो पहल गर्नुपर्छ भन्नेबारे सोच्न हतार भइसकेको छ ।
भनपा क्षेत्रभित्र निकै जसो घरहरू धेरै दाजुभाइको संयुक्त स्वामित्वमा रहेका छन् । तिनको पुनर्निर्माण गर्नुपर्दा दाजुभाइको झगडाको कारणले घरको आंशिक खण्डमात्र निर्माण भएको हुन्छ । जसले गर्दा सहर विरुप देखिन्छ । यस सन्दर्भमा भनपाले ती दाजुभाइबीच समझादारी गराई नेवारी सांस्कृति झल्काउने सिङ्गो घर (जस्तै दाचीअप्पा, साँ झ्यो आदि) निर्माण गर्न लगाउनको लागि पहल गर्नुपर्छ, न कि नक्सापासमामात्र सीमित भइरहने । यहाँ जयपुर स्थित पिँढी सिटीको सन्दर्भ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । त्यस सहरमा सबै घरको रङ्ग गुलाबी छ र त्यसको लागि सरकारले नै प्रत्येक घरमा रङ्ग लगाउन सहयोग गरेको छ । त्यसैले त्यस सहरको नामनै पिड्ढ सिटी रहन गएको हो । त्यही गुलाबी घर हेर्नकै निम्ति पनि त्यहाँ पर्यटकको आगमन निकै बढेको छ । हाम्रो सहरलाई पनि यही अवधारणा अपनाई विशेष नेवारी संस्कृतिक सहरको रुपमा विकास गर्न सकिन्छ । नेवारी संस्कृति झल्किने गरी घर निर्माण गर्ने घर धनीलाई नगरपालिकाले आकर्षक अनुदान दिनुपर्छ । त्यसो गर्न सके भक्तपुर सहर पाटन र काठमाडांैभन्दा भिन्न देखिने छ अनि काठमाडौं र पाटनजस्तै ठानेर भक्तपुर नआएका पर्यटक पनि यहाँ आउने छन् ।
तेस्रो मुलुकबाट आउने अधिकांश पर्यटक गैरहिन्दू भएका हुनाले तिनीहरू हिन्दु संस्कृतिसँग अनभिज्ञ हुन्छन् । तिनलाई मृत्यु पश्चात् हुने काजक्रिया थाहा पाउने रहर हुँदोरहेछ । त्यसको लागि हनुमन्ते खोला किनारमा रहेको आर्यघाट समेटी सम्पूर्ण हनुमन्ते क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा हनुमन्ते घाटलाई विकास गर्न सकिन्छ । ता कि त्यहाँ पर्यटक निकै समय रमाउन सकून् ।
केही व्यक्तिबाहेक भक्तपुरका स्थानीयवासीले पर्यटनबाट आर्थिक रुपमा कुनै लाभ हासिल गर्न सकिरहेका छैनन् । पर्यटकको बसाई अवधि बढाउनको लागि विभिन्न पर्यटकीय गन्तव्यको सङ्ख्या बढाउन त्यसको समूचित विकास गर्नुपर्छ । बसाई अवधि बढ्यो भने तिनीहरूले गर्ने खर्च पनि स्वभाविक रुपमा वृद्घि भई भक्तपुरका स्थानीयवासीको आर्थिक अवस्था राम्रो हुनेछ ।
परापूर्वकालदेखि नाचगानको सहरको रुपमा परिचित यस सहरमा विभिन्न नाचको लागि चाहिने कलाकारको कुनै कमी छैन । कमी छ त तिनीहरूको आर्थिक अवस्था दीगो रुपमा उभो लगाउनु । यदि कलाकारिता पेशाबाट नै जीवन निर्वाह हुन्छ भने स्वाभाविक रुपमै उनीहरू यस्ता नाचगानलाई अझै कसरी परिस्कृत र परिमार्जन गर्न सकिन्छ भनेर सोच्न थाल्नेछन् । फलस्वरुप यस्ता नाचगानलाई अझै वैभवशाली बनाउन सकिन्छ । यस्ता नाचगानलाई दैनिक रुपमै प्रदर्शन गर्ने व्यवस्था मिलाउन सके भक्तपुरमा रात बिताउने गरी आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ भने नाचगानमा संलग्न जनताको आय वृद्धि भई जीवनस्तरमा सुधार आउने छ । फलस्वरुप निकै सङ्ख्यामा रहेका लोपोन्मुख परम्परागत नाचगानहरूको संरक्षण हुनेछ । अर्कोतिर हाम्रो संस्कृतिलाई विश्वभर फैलाउन पनि सकिन्छ । पर्यटन र संस्कृतिबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।
आधादिनको लागि मात्र आउने पर्यटकको बसाइलाई कमसेकम एक दिन बनाउन सके नगरवासीको आयआर्जनमा वृद्धि हुनेछ । रात भक्तपुरमै बिताउने वातावरण मिलाउनको लागि स्तरीय होटेलको सङ्ख्या बढाउनेदेखि लिएर रात्रीकालीन समयलाई मनोरञ्जनात्मक बनाउन स्थानीय संस्कृति झल्काउने विभिन्नखालको नाचहरूको दैनिक प्रदर्शनको व्यवस्था मिलाउनुपर्छ ।
हरेक नराम्रो कुरामा पनि सकारात्मक पक्ष लुकेको हुन्छ भनेजस्तै, भक्तपुर नगरभित्र रहेका गल्लीहरू आफैमा अप्ठ्यारा हुँदा हुँदै पनि व्यवस्थित र सफा गर्न सके, यस्ता सागुँरा गल्लीहरू पनि पर्यटकका लागि अनौठा हुनसक्छ । पर्यटकलाई रमाइलो लाग्ने नै असामान्य वस्तुमा हो । नेवारी संस्कृतिसँग सम्बन्धित मण्डला अड्ढित बुँट्टा कोरिएका ढुङ्गा ओछ्याएर बाटोलाई आकर्षक बनाउन सकिन्छ । दुई जना मान्छे पनि सँगै हिँड्न अप्ठेरो हुने गल्ली घुमाएर पर्यटकलाई फरक अनुभूति प्रदान गर्न सके बसाई अवधि बढाउन सकिन्छ ।
पर्यटन विकासको लागिअर्को महत्वपूर्ण पक्ष भनेको पर्यटनसँग सम्बन्धित अनुसन्धान हो । कुनै निश्चित देशका पर्यटकको आगमनलाई अझ कसरी बढाउने भन्ने सम्बन्धमा तिनीहरूको विशेष रूचीको क्षेत्र पहिल्याउन अनुसन्धान गर्नुपर्छ । उदाहरणको लागि नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वर्षै पिच्छे वृद्धि भइरहेको छ । तिनीहरूलाई भक्तपुरसम्म ल्याई पु¥याउन उनीहरूको रूचि पहिचान गर्नुपर्छ । यस्ता अनेक अनुसन्धानका विषय हुनसक्छन् र जसको पहल भक्तपुर नगरपालिकाले गर्नुपर्छ । यस्ता अनुसन्धानको लागि चाहिने जनशक्ति भक्तपुर नगर पालिकाबाट सञ्चालित ख्वप कलेजका विद्यार्थीहरू पनि हुनसक्छन् । यसबारे आगामी स्थानीय निर्वाचनमा निर्वाचित भएर आउने पदाधिकारीहरूले मनन गर्नुपर्छ ।
Leave a Reply