भर्खरै :

इजरायद्वारा सिरियाली सैन्य अखडामा हमला, तीन सैनिकको मृत्यु

दमास्कस (सिरिया), १० वैशाख । इजरायलद्वारा गोलनहाइट नजिकैको सिरियाली सरकारी सैन्य अखडामा आइतबार हमला हुँदा कम्तिमा तीन जना सिरियाली सेनाको मृत्युभएको यहाँका सैनिक अधिकारीले बताएका छन् ।
सैनिक अधिकारीले अलफवार शिविर नजिकैको कुनैत्रामा भएको उक्त घटनामा घाइते समेत बनेको एएफपीलाई बताएका छन् । यद्यपि घटनामा हवाई आक्रमण भएको थियो वा गोलावारी थियो भन्ने नखुलेको बताइएको छ ।
सिरियाली मानवअधिकार नियमनकारी संस्था, सिरियन अव्जरभेटररी फर ह्यूमन राइट्स मनिटरिङ् ग्रुपले आक्रमण सेनाको हतियार भण्डारण केन्द्रलाई लक्षित गरी गरिएको बताएको छ ।
हमलाबारे इजरायली सेनाले भने आइतबार समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *