भर्खरै :

चीनको ‘हारबिन’ मा हिउँको रमाइलो

राजु शाक्य
संसारको सबैभन्दा चिसो सहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन सहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपार्इँले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमुना देख्न पाउनुहुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।
रुससँग सिमाना जोडिएको चीनको सुदूर उत्तरी प्रान्त हो हेलङ्गजियाङ । यसको राजधानी हारबिन संसारकै सबैभन्दा चिसो सहर मानिन्छ । हेलङ्ग ९कालो ड्रागन० नदीको नामबाट यस प्रान्तको नामकरण भएको छ । डिसेम्बर–जनवरीमा थुप्रिने बरफका ढिक्काहरू र हिउँका थुप्रोमा महल बनाएर र आकृतिहरू कुँदेर यहाँ प्रदर्शनमा राखिने गरिन्छ र प्रतियोगिता समेत आयोजना गर्ने गरिन्छ हरेक वर्ष जनवरी महिनाको प्रारम्भतिर ।
सोङहुआ नदीको उत्तरी किनारामा यस वर्ष ३६ औँ हारबिन अन्तर्राष्ट्रिय बरफ तथा हिउँ महोत्सवको जनवरी ५ मा शुभारम्भ गरियो । यस पटकको नारा रहेको छ ः आइस स्नो इन्टेग्रेशन, ह्याप्पी टु गो टुगेदर । यस महोत्सवको विशेषता नै के हो भने झन्डै ६ लाख वर्गमिटर क्षेत्रफलभित्र हिउँका विशाल महल, पदमार्ग, पर्खाल र स्तम्भहरू खडा गरेर प्रदर्शनका लागि राखिन्छ जसभित्र बत्ती जडान गरिएका हुन्छन् । घामको उज्यालोमा भन्दा राति ती संरचनाहरू झिलिमिलि हुन्छन् र जीवन्तताको आभाष दिइरहेका हुन्छन् । यी संरचना मार्चसम्म रहन्छ । यो समय स्थानीय बासिन्दाका लागि ठूलो चाड त हो नै हिउँदे छुट्टी मनाउन चाहने विश्वभरकै पर्यटकहरूका लागि मेला पनि हो । हिउँदमा यहाँका ताल र नदीहरू हिउँको रूपमा जमेका हुन्छन् र यसले आगन्तुकहरूलाई अचम्भित पार्छ । यस पटकको महोत्सव उद्घाटन समारोहमा विभिन्न राष्ट्रका विशिष्ट पाहुना तथा महानगरका मेयरहरूको उपस्थिति रह्यो । आयोजक संस्था हारबिन म्युनिसिपल गभर्मेन्टका अनुसार यस पटक मूल कार्यक्रम र ४०० अतिरिक्त गतिविधिसहित महोत्सव आयोजना भइरहेको छ ।
हिउँका थुप्रामा कति ठूलो संरचना वा कला सिर्जना गर्न सकिन्छ होला रु यसको दृष्टान्त तपाईँले पिङफाङ जिल्लाको नं ३ जिङबेइ रोडमा अवस्थित ताइयाङ दाओ टापूमा देख्नु सक्नुहुन्छ । यहाँ बरफमा विशाल कला सिर्जना गरिएका छन् । कतिपय कला र आकृति प्रतियोगीहरूले तयार पारेका भेटिनुहुन्छ । कलाकारहरूको टोलीले हिउँमा कला सिर्जना गर्दै गरेका पनि यहाँ देख्न सकिन्छ ।
याबुली टाकुरामा स्कीको मज्जा
स्की खेल खेल्न चाहनेहरूको भीड हारबिनको याबुली पर्वतमा देख्न सकिन्छ । राजधानी हारबिनबाट ११७ किलोमिटर दक्षिण पूर्वमा पर्ने यो ठाउँ पुग्न द्रुुतगतिको रेल सेवा पनि छ । यहाँ हिउँमा चिप्लेटी खेल्ने वयस्कहरू त छन् नै, सिक्न चाहने थुप्रै किशोरकिशोरीले पनि प्रशिक्षकबाट चिप्लेटी खेल्ने अभ्यास लिइरहेका भेटिन्छन् । स्की खेल खेल्नेहरूलाई केबुल कारले टाकुरासम्म पु¥याइदिन्छ । त्यहाँबाट मोड र घुम्ती हुँदै चिप्लेटी खेल्ने हो । स्की खेलको मज्जा उठाउन चाहने उत्साहीहरूको गजबकै भीडभाड यहाँ देख्न सकिन्छ । यहाँ यस पटक २०२० वल्र्ड प्यारानर्डिक स्कीइङ एसिया कप प्रतियोगिता आयोजना भयो ।
चीनकै सबैभन्दा ठूलो स्की रिसोर्ट यो पर्वतमा रहेको छ र यो चिनियाँ स्की खेल प्रेमीहरूको पहिलो रोजाइको पहाड हो । यद्यपि यहाँ केही रुसी र पूर्वी एसियाली मुलुकका सौखिन खेलाडीहरू पनि आइरहेका हुन्छन् । यहाँ खटिएका स्वयंसेवक हान पिझेले यूरोपभर थुप्रै स्थानमा स्की खेल खेल्न सकिने राम्रा ठाउँहरू रहेकाले युरोपेलीहरूलाई लक्ष्य गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन नगरिएको बताए ।
उनका अनुसार जाडो मौसममा यहाँको न्यूनतम तापक्रम माइनस ४२ डिग्री र अधिकतम माइनस २३।५ डिग्री सेल्सियसका बीचमा रहन्छ । अरु बेला भने १ हजार ३७४ मिटर अग्लो यो पर्वत र वरपरको क्षेत्र रमाइलो वन र उद्यानमा परिणत हुन्छ । यहाँ घुम्न आउनेहरूले स्की खेलका साथै हट स्प्रिङवाटर र वाटर पार्कको आनन्द लिन पाउँछन् ।
यसै क्षेत्रमा बाँसैबासले बनाइएको पाण्डा चिडियाघर रहेको छ । यो ६ हजार ५०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ खाएर मस्त सुतेर बसेका एक जोडी पाण्डालाई देख्न सकिन्छ ।
मन लोभ्याउने ‘सेन्ट्रल एभेन्यु’
सेन्टल एभेन्यु १ हजार ४०० मिटर लामो र ११ मिटर चौडा मार्ग हो । हारबिनकै मुख्य व्यापारिक केन्द्र मानिने यो मार्ग सोनहुआ नदी किनारको मेमोरियल टावरबाट सुरु भएर सिन्याङ चोक गएर टुङ्गिन्छ । सेन्ट्रल स्ट्रीट पनि भनिने यहाँका फराकिला बाटा र चौकमा ढुङ्गा बिच्छाइएका छन् र चौबाटोबाट यातायातका साधन गुडिरहेका देख्न सकिन्छ ।
यहाँ पुराना शैलीका भवनहरूलाई संरक्षण गरेर राखिएको छ । रुसी वास्तुशैलीका यी भवनहरू भव्य र लोभलाग्दा छन् । चोक सफा र चिटिक्क परेका छन् । बाटोको मध्य भागमा देखापर्ने एक भूमिगत सार्वजनिक शौचालय कलात्मक छ र यसले यहाँका जनताको स्वच्छताप्रतिको संवेदनशीलता झल्काउँछ । साँझतिर यहाँका चोकमा तात्तातो खाद्यवस्तु चाख्न ठूल्ठूलो स्वरले पैदलयात्रीहरूलाई आमन्त्रण गरिरहेका दृश्य देख्न सकिन्छ । यसै सहरमा ५३ मिटर अग्लो विशाल र भब्य इस्टर अर्थोडक्स गिर्जाघर सेन्ट सोफिया रहेको छ ।
पश्चिमा संस्कृतिको अधिक प्रभाव देखिने यहाँका पसलहरूमा महँगा र विलाशी विदेशी सामानहरू पाउन सकिन्छ । विदेशी ब्राण्डका फर, ऊनी कपडा, सुती कपडा, औषधि, गरगहना, भित्ते घडी र नाडी घडी यहाँ पाइन्छ ।
झन्डै चार करोड जनसङ्ख्या रहेको यस प्रान्तमा हेलंगजियाङ विश्वविद्यालय रहेको छ । यहाँका सुइहुआ सहरमा व्यावसायिक र प्राविधिक विषयमा तालिम दिने हारबिन भोकेशनल एण्ड टेक्निकल कलेज छ । बा¥ह हजार भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइरहेको यो विशाल केन्द्रमा मेकानिकल एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ, कन्स्ट्रक्शन इन्जिनियरिङ, इलेक्ट्रोनिक एण्ड इन्फर्मेशन इन्जिनियरिङ, आर्ट एण्ड डिजाइनलगायत नौ विधामा प्रशिक्षण दिने र उच्च स्तरका प्रविधिज्ञ तयार पार्ने काम हुन्छ । अहिले यहाँ जाम्बियाका २६ विद्यार्थी प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणपूर्व आधा विद्यार्थीले त्यहीँ चिनियाँ भाषा सिकिरहेका छन् ।
यहाँको प्राक्टिश बेसेस अफ वेल्डिङका प्रबन्धक नाइचाओ लिले आणविक भट्टी ९न्युक्लियर प्लान्ट० तयार गर्ने विभागको भावी योजना रहेको बताए । उनका अनुसार उच्च गतिको वेल्डिङमा अनुसन्धानलाई अघि बढाउने र तालिममा विदेशी विद्यार्थीहरूलाई सहभागी गराउने प्रयासमा विभाग लागिपरेको छ ।

  काठमाडौँ, ३ माघ ः याबुली पाण्डा चिडियाघर । तस्वीर ः राजु शाक्य, रासस


कलेजका प्रमुख लिउसेनले यस केन्द्रमा वयस्कहरूले तालिम लिइरहेको देखेर अचम्ममा नपर्न आग्रह गर्दै भने, ँहाम्रो कलेजमा तीन प्रकार प्रशिक्षार्थी छन् – बसाइँ सरेर आएका, बेरोजगार र अवकाशप्राप्त सैनिक ।” उनका अनुसार यो केन्द्रले बेरोजगारी समस्या समाधानमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ । उच्च शिक्षा अध्ययन गर्न नपाएका जनशक्तिलाई समाज सेवाको फराकिलो क्षेत्रमा काम दिने कलेजको उद्देश्य रहेको पनि उनले बताए । अटोमोबिल्स इन्स्पेक्शन एण्ड मेन्टेनेन्स विभागमा प्रशिक्षण लिइरहेका फेङ झेनसेङ हेलंगजियाङकै अवकाशप्राप्त सैनिक हुन् । कुराकानीका क्रममा यस कलेजको प्रशिक्षणबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया उनले दिए ।
एक करोड भन्दा बढी मानिस रहने हारबिन शहरको चर्चा गर्दा छुटाउन नमिल्ने एउटा पक्ष सङ्गीत हो । सहरका कुना कुनाबाट मधुर सङ्गीतको धून बजिरहेको सुन्न पाइन्छ । सङ्गीतका लागि यो नामी सहरले सन् २०१० मा संयुक्त राष्ट्र सङ्घबाट ‘म्युजिक क्यापिटल’ को उपाधि पाएको थियो । यो सहरमा आगामी जुलाई १५–२९ मा चौथो ‘स्कोनफेल्ड इन्टरनेशनल स्ट्रिङ कम्पिटिशन’ आयोजना हुन गइरहेको छ ।
यो सामग्री रासस स्रोतबाट लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *