भर्खरै :

सक्वको म राजदास – १५

 ई. राजदास श्रेष्ठ
जगदीश शमशेर राणा हुनुहुन्थ्यो, त्यसबेला रुसको लागि नेपाली राजदूत । म राजदूतको कक्षमा गएर आफ्नो परिचय दिंदै मलाई युरोप भ्रमणको लागि १५० डलर सटही गरिदिनुहुन अनुरोध गरेँ । ४–५ वर्षको अवधिमा प्रत्येक नेपाली विद्यार्थीहरूलाई आफ्नो अध्ययन कालमा युरोप तथा अन्य देशहरूको भ्रमणार्थ भनी सरकारी रेटमा (एक रुबलको झन्डै एक डलर) ५० डलर सटही गरिदिन्थ्यो ।
अन्य ठाउँमा डलर साट्न सकिंदैनथ्यो र बाहिर ब्ल्याक मार्केटमा साट्दा एक डलरको लागि पाँच रुबल तिर्नुपथ्र्यो । यस्तो काम भित्र भित्र निकै हुन्थ्यो । कसै कसैले सोभियत रुस र युरोपियन देशहरू गएर लुगाफाटा र म्युजिक रेकर्डहरू ल्याएर पैसा कमाउने काम पनि गर्थे कसै कसैले ।
म साँखुबाट भनेर आफ्नो परिचय दिंदा सायद राजदूत हाम्रा साँखुका तत्कालीन मन्त्री जोगमेहर दाइलाई सम्झनुभयो होला, मेरो अनुरोधलाई सजिलै स्वीकार गरी उहाँले मलाई एक सय पचास डलर साटिदिने स्वीकृति दिनुभयो । १९६९ को अगष्टमा रुस जाने बेलामा जोगमेहर दाइले राजदूत जगदीश शमशेरको नाममा एक पत्र लेखेर मलाई दिनुभएको थियो ।
सायद पत्रमा मलाई रुसमा आवश्यक सहयोग गरिदिन भनी अनुरोधसहित लेख्नुभएको होला । त्यसैकारणले मलाई बिनाआनाकानी १५० डलरको स्वीकृति दिनुभयो ।
राजदूतावासबाट सहकारी रेटमा पाएको १५० डलर र एकजना नेपाली साथी रमेशमान सिंहजीसँग एक सय डलर सापटी मागी जम्मा २५० डलर बोकी म प्रस्थान गरँे लण्डन बजारको लागि सोभियत मस्कोबाट ।
मस्कोबाट बेलारुस – पोल्यान्ड –जर्मनी – होल्यान्ड हुँदै म अर्को सहपाठी नेपाली साथीसँग गएँ । लन्डनको पेटीकोट लेन भन्ने हाम्रो असनजस्तो घुइँचो फेयर लेडीइचो भएको पाखे बजारमा रत्नपार्कमा जस्तै बाटो बाटोमा थुप्रै सामानहरू सस्तो सस्तोमा बेच्न राखिन्थ्यो ।

म साँखुबाट भनेर आफ्नो परिचय दिंदा सायद राजदूत हाम्रा साँखुका तत्कालीन मन्त्री जोगमेहर दाइलाई सम्झनुभयो होला, मेरो अनुरोधलाई सजिलै स्वीकार गरी उहाँले मलाई एक सय पचास डलर साटिदिने स्वीकृति दिनुभयो । १९६९ को अगष्टमा रुस जाने बेलामा जोगमेहर दाइले राजदूत जगदीश शमशेरको नाममा एक पत्र लेखेर मलाई दिनुभएको थियो ।
सायद पत्रमा मलाई रुसमा आवश्यक सहयोग गरिदिन भनी अनुरोधसहित लेख्नुभएको होला । त्यसैकारणले मलाई बिनाआनाकानी १५० डलरको स्वीकृति दिनुभयो ।

युरोप मेनल्यान्डबाट लन्डन पुग्न एक घण्टा जति इङ्गलिस च्यानल पार गरेर पानीजहाज चढी जानुपथ्र्यो । जीवनमा पहिलोचोटि अति सुविधामा मध्यम साइजको पानीजहाज पनि चढियो । मेरो लन्डन यात्रामा पानीजहाज कहिल्यै पहिले नचढेकोले होला अलि रिङ्गटा लाग्यो, जहाज अलि अलि हलिंदा ।
इङ्गल्यान्ड पुग्नु पहिले हामी एक दिन हल्यान्डमा रोक्यौँ र नेपालका राजनीतिज्ञ भूतपूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीना आचार्यको पाहुना भयौँ ।
मीना दिदीका दुई भाइहरू मस्कोमा पढ्नुहुन्थ्यो र मेरा असल मित्रहरू हुनुहुन्थ्यो । कान्छो भाइको कुसुमाकरले नै मलाई मीनाको ठेगाना दिनुभएको थियो ।
मिलनसार साथी कुसुमाकर आचार्य पनि इन्जिनियरिङ्ग पढेर आउनुभएको थियो । अहिले उहाँ हाम्रोबीच हुनुहुन्न । उहाँको अल्पआयुमै असामयिक निधन भयो । उहाँ इलेक्ट्रिकल इन्जिनियर हुनुहुन्थ्यो र नेपाल विद्युत् प्राधिकरणमा काम गर्नुहुन्थ्यो ।
सोभियत सङ्घबाट अध्ययन गरी फर्कंदा उहाँबाट मैले एक इलेक्ट्रिक दा¥ही काट्ने मेसिन ल्याएको थिएँ । उहाँको बुबा टंकप्रसाद आचार्यको लागि भनेर कालिकास्थानमा उक्त उपहार लिएर भेट्न गएको अझै स्मरणमा आउँछ । सरल स्वभावका त्यसबेलाका ज्युँदा सहिद टंकप्रसाद आचार्यसँग एक डेढ घण्टा कुरा ग¥यौँ तकालीन सोभियत सङ्घको बारेमा । मेरो अनुभवबारे उहाँले भद्रपाराले धेरै कुरा सोध्नुभयो ।
भूपू प्रधानमन्त्री टंकप्रसादसँगको भेटघाट सम्झँदा उहाँजस्तै अर्को जिउँदो सहिद रामहरि शर्माको पनि याद आउँछ । उहाँसँग मेरो बरोबर भेटघाट हुन्थ्यो । उहाँका छोरा अजय शर्मा मस्कोमै पढ्नुहुन्थ्यो । त्यसबेला उहाँ मेरो राम्रो परिचित साथी हुनुहुन्थ्यो ।
अनि मैले लन्डन सहरबाट २५० डलरमा थुप्रै सामान किनेर ल्याएको थिएँ । ती सामान रुसमा बेचेर राम्रै पैसा कमाएको थिएँ । यही पैसाबाट मैले थुप्रै सामान किनेर ल्याएँ । झन्डै एक टन जति घरायसी सामान थियो, मेरो साथमा आएको र कार्गो गरी पठाएको । एक जना व्यक्तिलाई यति धेरै सामान ल्याउन छुट थिएन, तर मेरो चारजनाको परिवार भएकोले मैले विशेष छुट पाएको थिएँ । म नेपाल फर्केको केही दिनपछि ती सबै सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यो । तर, मलाई भन्सारबाट ती सामान छुटाउन धेरै गा¥हो भयो । लुगाधुने मेसिन, रेफ्रिजेरेटर, म्युजिक सिस्टम, भ्याकुम क्लिनरदेखि सिनेमा स्कोपसम्मका सामानहरू थुप्रै थिए । सामानहरू एउटा रसियन जीपभरि थियो । सामानहरू ल्याउनुपर्ने साँखु । दुई तीन दिन दौदधुप गरेर भन्सारबाट बल्लबल्ल सामान छुटाएर ल्याएँ । त्यसबेला साँखुमा लुगाधुने वासिङ्ग मेसिन पहिलोचोटि हेर्न साँखुका प्राय ः सबै जना आउँथे – मेरा घरअगाडि बिजुलीबाट चल्दै गरेको मेसिनमा लुगा धोइरहेकी मेरी श्रीमती भालेन्टिनालाई हेर्न । आजसम्म धेरै जनाले मलाई भेट्दा साँखुको सबभन्दा पहिलो इन्जिनियर र साँखुमा सबभन्दा पहिले रेफ्रिजेरेटर र वासिङ्ग मेसिन ल्याउने मान्छे भनेर रमाइलोसँग कुरा गर्छन् ।
दुई दिन लगाएर युरोपका केही सहरहरू अलि–अलि हेर्दै म किनमेल गर्न पुगेँ लण्डनमा दुई दिन एक रात बिताएँ लन्डनमा । किनकि खान बस्नुका खर्च गर्नु थिएन त्यहाँ । सस्तोमा सकेसम्म सेल्समा राखेका लुगा–कपडा र जुत्ताहरू किनेर मस्कोमा ल्याएर धेरै पैसामा बेच्ने मेरो मुख्य उद्देश्य थियो ।
लन्डनमा हेरेको भनेको एउटा लन्डन ब्रीज थियो त्यो पनि अलि टाढैबाट ।
लन्डन ब्रीज (पुल) बेलायतको सबभन्दा पुरानो र सबभन्दा ठूलो पुल हो, जुन थेम्स नदीमाथि बनेको छ । थेम्स नदी बेलायतको सबभन्दा दोस्रो ठूलो नदी हो, सेभेर्न नदीपछिको लन्डन आउने जोसुकैले यो लन्डन ब्रीज देखेको या हेरेको हुनुपर्छ ।
बेलायतको दक्षिण भागमा अक्स्फोर्डबाट लन्डन हुँदै बग्ने थेम्स नदीमा बनेको यो पुल संसारकै एक पुरानो र प्रख्यात पुल हो ।
सन् १८९४ जून ३० तारिख पछिल्लो समय खुलेको यो विश्व प्रशिद्ध लन्डन ब्रीज २१३ फीट उचाइ र ८०१ फीट लामो छ ।
लन्डन ब्रीजको बारेमा युरोप (खासगरी बेलायत) र अमेरिकामा केटाकेटीहरूले गाउने एक गीत पनि धेरै लोकप्रिय छ । आजसम्म पनि किन्डरगार्देन (बालोद्यान) मा यो गीत बच्चाहरूको मुखमा झुन्डिरहेको हुन्छ ः
‘लन्डन ब्रीज इज फलिङ्ग डाउन
फलिङ्ग डाउन, फलिङ्ग डाउन
लन्डन ब्रीज इज फलिङ्ग डाउन
माइ फेयर लेडी’
यस बाल गीतको पहिलो भाका
निम्न प्रकारको थियो ः
‘लन्डन ब्रीज इज ब्रेकिङ्ग डाउन
ब्रेकिङ्ग डाउन, ब्रेकिङ्ग डाउन
लन्डन ब्रीज इज ब्रेकिङ्ग डाउन
माइ फेयर लेडी’
बिहानैदेखि दिनभरि लन्डन ब्रीज हेर्दै, पेटीकोट लेन भन्ने बजारमा सामानहरू किन्दै लन्डनको पाकिस्तानी र इन्डियनहरूको दुकानहरू चहार्दै, विटल्स र रोलिङ्ग स्टोनका गीतहरू सुन्दै लण्डनको व्यस्त सहरमा म रमाउँदै हिँडे । साँझपख बाटोमा हिँड्दै गर्दा एकजना इन्डियन केटासँग परिचय थियो र मैले उसलाई एउटा सस्तोखाले लज खोजिदिन अनुरोध गरेँ एक रातको लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *