भर्खरै :

डा। विश्वबन्धु शर्माको ‘मान्छेको मन’ हेर्दा

 क्रिश्चिना
२०३८÷२०४० सालतिर होला, एक चिकित्सककहाँ राजनैतिक कार्यकर्ताको जिज्ञासामा भर्खरका मनोचिकित्सक ९साइक्रियाट्रिस्ट० ले भन्दै गए, ँ१२–१३ वर्षका एक केटी वर्षाको पानी हातमा थाप्दै थिइन् । बार्दालीबाट अचानक तिनी आँगनमा पानीले भरिएको खर्खनामा खसिन् ।”
केटीले पुरानो घटना सम्झिँदै चिकित्सकलाई भनिन्, ँसायद त्यसपछि मलाई पानीदेखि डर लाग्यो, माथिबाट तल हेर्दा डर लाग्यो । चिकित्सकले हलुका औषधि दिँदै वीर अस्पतालको आज एक तला, केही दिनपछि दोस्रो र तेस्रो तला गर्दै छत वा कौसीबाट घण्टाघर, धरहरा र टुँडिखेलको टाढा–टाढाका गुड्दैै गरेको मोटर देखाउँदै उचाइको डरबाट रोगीलाई सहज बनाउँदै गए ।”
वीर अस्पतालको स–साना पोखरीको माछा देखाउँदै वा राता र सेता माछा गन्न लगाउँदै, रत्नपार्कका साना पोखरी र माछा देखाउँदै रानीपोखरीका राजहाँसहरू गन्न लगाउँदै पानीको डरबाट सहज बनाउँदै गए युवा चिकित्सक ¤
अध्ययनमा विधावारिधी गर्न मेहनत गर्दै गरेका एक युवा विद्यार्थीले चिकित्सकलाई भने, ँडाक्टर साहेब, पुस्तक हेरेपछि मेरो छाती दुख्न थाल्छ, राति ओछ्यान पनि भिजाउने गरेको छु ।”
अमेरिकाको एक विश्वविद्यालयमा अध्ययनरत त्यस युवा विद्यार्थीलाई एक सीमित समयमात्रै अध्ययन गर्ने, मनमा पीर नगर्ने र सुविस्ताका साथ पढ्ने र केही दिन आराम गर्ने भन्दै चिकित्सकले हल्का दवाई दिए ।
केही वर्षदेखि रक्सी र चुरोटको आहालमा घाँटीसम्म डुबेका ३०–३५ वर्षका एक पुरुषलाई निरन्तर २–४ महिना बिहान, दिउँसो र राति औषधि चलाई रोगीको हात हल्लिने र चुरोट एवम् रक्सीको लत छोड्न लगाए । रोगी झन्डै ३०–३५ वर्ष लामो आयु बाँचे ।
नरिसाउने, आफू डाक्टर हुँ भन्ने घमण्ड नगर्ने, सरल बोलीचाली र रोगीले बुझ्ने भाषामा सल्लाह दिने र औषधिको उपचार चलाउने डाक्टरको नाम विश्वबन्धु शर्मा हो ।
सोभियत सङ्घमा १०–१२ वर्ष बस्दाबस्दै समाजवाद पातलिँदै गएको देख्ने डा।विश्व बन्धु शर्मा राजनीतिमा सुरुमा चाख राख्थे, पछिपछि राजनैतिक कार्यकर्ताहरूको बानी–व्यहोराबाट उनी बिस्तारै टाढिँदै काठमाडौँ, भक्तपुर, काभ्रे, गण्डकी र अन्य अञ्चलहरूमा समेत गएर रोगीको सेवामा लागे ।
झन्डै ३०–३५ वर्षपछि पनि एउटै जीउ, त्यही सरलता र सक्रियताका धनी डा। विश्वबन्धु शर्माको ँमान्छेको मन’ ले चिनेजानेका मानिसलाई झल्याँस पार्छ । ३५० पृष्ठको त्यस पुस्तकबाट जनताको सेवामा समर्पित हरेक व्यक्तिलाई मानिस, रोगी, डाक्टर र समाजलाई चिन्न र बुझ्न एउटा मेसो दिन्छ ।
हन्डर खाँदै काठमाडौँमा विज्ञान पढ्न पुगेका, गाउँको सरलताबाट सिंहदरबारका कर्मचारीको आफ्नै देशका युवा–विद्यार्थीप्रति सहयोगको भावना नदेख्दाको चित्त दुखाइ भोग्दै पनि सोभियत सङ्घमा छात्रवृत्तिमा मानसिक रोगको उपचार गर्ने चिकित्सक बने–जुन विषयमा आफ्नो देशमा खाँचो थियो ।
आफूभन्दा ठूला दाइ–भाइहरूका गलत सिकाइ र सानालाई राम्रो बाटो देखाउनुभन्दा नराम्रो बाटोमा हिँडाउन खोज्ने गाउँ र सहरको व्यवहारबाट उनी साँच्चै पीडित थिए । उनको बालक र किशोर कालको सिनेमा हेरेजस्तै पाठकमा सहानुभूतिको भावना जगाउने कथाको शैली पढ्दा पाठकलाई कहिलेकाहीँ उपन्यास पढेजस्तो अनुभव गराउँछ ।
अध्ययन र पुस्तकको प्रेमी तथा कलमका सौखिन चिकित्सक विश्वबन्धुको कुचीकारले पुस्तकको थुप्रोलाई फोहर फाल्ने वस्तु सम्झेर लाँदा चित्त दुखाइ साँच्चै समाजमा देखिने सांस्कृतिक स्तरको असमानताको फल हरेक संवेदनशील मन र मस्तिष्कले भोग्न बाध्य हुन्छ ।
पुस्तकले विभिन्न प्रकारका मानसिक रोगका कारण उपचार, स्वास्थ्य लाभ र सफलताबाट हुने सुखानुभूति, दीर्घ रोगले परिवारमा पर्ने पीडा र दुःख, त्यसबारे समाज र राज्यको तटस्थताले चिकित्सकहरू पनि स्वार्थी, अहम्कारी, अरुको दुःखमा खुसी हुने, सहयोगी र संयमितहरूको सङ्गतले अस्पताल र समाजमा देखिने दृश्यले पाठकलाई मनमा घोच्ने गर्छ । पाठकहरूले मनमनै भनेका होलान्, डाक्टरलाई ईश्वर मान्नु पनि मानिसको अति सरलता हो । पुँजीवादी समाजका हरेक क्षेत्रका व्यक्तिवाद, शोषण र दमन स्वाभाविक हो भन्नेबारे डा। विश्वबन्धुलाई सम्भवतः उमेर र अनुभवले बतायो ।
पुस्तक तीन भागमा विभाजित छ । पहिलो खण्डमा मानिस रोगको अध्ययन र उपचारमा आफ्नो अनुभव, दोस्रो खण्डमा जीवनका बाल्यकाल र आफ्नै देशमा सेवाको निम्ति सङ्घर्ष र तेस्रो खण्डमा केही निजी कुरा ।
पहिलो खण्डको अन्ततिर ‘बुझ्नुपर्ने कुरा’ को उपशीर्षकमा ‘उपचार पनि कला हो’ भन्ने विषय वास्तवमा डा। विश्वबन्धुको उपचार गर्दाको अनुभवको सार हो ।
झिजो नमानी, अधैर्य नभई भित्रै मनले काम गर्दा ढिलो वा चाँडो सफलता प्राप्त हुन्छ भने सुखानुभूतिको मन्त्र ‘नयाँ जीवन दिन सकिन्छ’ भन्ने आशावादी शीर्षकले दिन्छ ।
‘मान्छेको मन’ मानसिक बिरामीको मन हो वा ‘एक मानसिक चिकित्सकका भोगाइ’ वा डा। विश्वबन्धुको थिलथिलो भएको मन’ हो भनी पुस्तक पूरै पढेपछि पाठकको मनमा स्पर्श गरिरहने छ ।
‘मञ्जरी प्रकाशन’ ले, पत्रकार लक्ष्मण अधिकारीले डा। विश्वबन्धु शर्माको अनुभवलाई छर्लङ्ग्याउनु स्वयम् चिकित्सा क्षेत्रको एक निर्मम चिरफार नै हो । प्रकाशक, लेखक र चिकित्सक एवम् सहयोगी डा। अरुणा उप्रेतीको योगदान र मेहनत खेर जाने छैन र मानसिक रोगी र पीडित परिवारजनलाई एउटा उज्यालो बत्तीको काम गर्छ र दुष्ट मनका मालिकहरूलाई सचिने र निःस्वार्थरूपले रोगीहरूलाई सेवा गरी सुखानुभूति प्राप्त गर्ने हौसला मिल्ने आशा पलाउने छ ।
सारमा एक चिकित्सकको आँखामा समाज, रोगी, रोगीका परिवार, देशको स्वास्थ्य समस्या, चिकित्सकहरूको समाज र समग्रमा देशको एक मौन स्वास्थ्य क्षेत्रको समस्याको दर्शन यस पुस्तकले दिन्छ । यस अर्थमा पाठकले डा। विश्वबन्धु, सम्पादक लक्ष्मण अधिकारी, सहयोगी डा। अरुणा उप्रेती एवम् प्रकाशक मञ्जरी प्रकाशनलाई मुरीमुरी धन्यवाद दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *