भर्खरै :

स्वतन्त्रताप्रेमी नागरिक विलियम टेल

राजेन्द्र श्रेष्ठ
आफ्नो मातृभूमि स्विट्जरलैन्डलाई अष्ट्रियाको अधीनताबाट मुक्त गराउने स्वतन्त्रताप्रेमी स्विस नागरिक विलियम टेल -William Tell  हुन् ।
यो घटना स्विट्जरलैन्डमा आजभन्दा कैयन् वर्षअघि भएको थियो । त्यसबेला स्विट्जरलैन्डको शासन अष्ट्रियाका शासकको अधीनमा थियो । गेसलर भन्ने एकजना अति क्रूर शासक त्यस देशको गद्दीमा बसेका थिए । गेसलरलाई अष्ट्रियाका शासकले नियुक्त गरेका थिए । जो स्वयम् ज्यादै नै क्रूर मानिन्थे ।
अष्ट्रियाका शासक स्विट्जरलैन्डका नागरिक पटक्कै मनपराउँदैनथे र गेसलर उनकै देखासिकी गरी स्विस नागरिकहरूलाई हुनसम्मको दुःख दिन्थे ।
स्विस नागरिकहरूलाई सकेसम्म दुःखी बनाउन गेसलर सधैँ प्रयत्नशील रहन्थे । एकदिन गेसलरले त्यस राज्यको एउटा महत्वपूर्ण गाउँको मुख्य बजारमा एउटा ठूलो खाँबो गाड्न लगाए । त्यस खाँबोको टुप्पामा एउटा टोपी थियो जो अष्ट्रियाका शासकले लगाउने गरेको टोपीजस्तै थियो । गेसलरले त्यस खाँबोनिरबाट हिंड्ने प्रत्येक व्यक्तिले त्यस टोपीलाई सलाम गर्नैपर्छ भन्ने उर्दी गरे । सलाम नगर्ने व्यक्तिका लागि कडा सजाय दिने भन्ने सूचना पनि जारी भयो ।
गेसलरले अहिलेसम्म स्विट्जरलैन्डका नागरिकलाई दिएको आज्ञाहरूमा यो आज्ञा सबभन्दा कठोर र बेइज्जत गर्ने खालको थियो ।
त्यसै गाउँको नजिकै अर्को गाउँमा विलियम टेल भन्ने एक वीर नागरिक बस्दथे । उनी एक शिकारी थिए र उनले धनुषद्वारा जस्तोसुकै निशाना पनि लगाउन सक्छन् भन्ने कुराको चारैतिर प्रशंसा थियो । उनी डुङ्गा खियाउन पनि उत्तिकै सिपालु थिए र स्विट्जरलैन्डका तालहरूमा उनी माछा मार्न घुमिरहन्थे । उनी वास्तवमा साहसी र वीर थिए । उनी पनि गेसलरको आतड्ढपूर्ण शासनका विरोधी थिए ।
एकदिन विलियम टेललाई त्यसै गाउँमा जाने काम प¥यो जहाँ गेसलरले खाँबो गाडी टोपी झुन्ड्याउन लगाएका थिए । त्यस टोपीलाई टेलले कहिल्यै सलाम गर्ने छैनन् भन्ने कुरा उनकी पत्नीलाई थाहा थियो । पतिको त्यसै गाउँमा जाने इच्छा सुनी पत्नीले भनिन्, ँतपाईँलाई थाहै छ त्यो ठाउँ खतरापूर्ण छ । बिन्ती छ, तपाईँ त्यहाँ नजानोस् ।”
ँहेर, मानिसहरू कहिल्यै कसैसित डराउँदैनन् । म आफ्नो कामले त्यहाँ जाँदै छु । मैले कसैसित डराउने कामै छैन । म अवश्य त्यहाँ जान्छु र आफ्नो काम फत्ते गरी फर्कने छु” टेलले भने ।
विलियम टेलका साना छोराले पनि आफ्ना बाबुका साथ गाउँ जाने इच्छा प्रकट गरे । आमाले भनिन्, ँहुन्न बाबु, त्यहाँ जानुहुन्न, सक्छौ भने पितालाई पनि जान नदेऊ ।”
आमा छोराका कुरा सुनी विलियम टेलले आफ्नो पत्नीलाई भने, ँतिम्रो मनमा ज्यादै डर पसेछ त्यसैले तिमी नानाथरी शङ्का गर्छौ । स्विट्जरलैन्डका ठूलाहरूले मात्र होइन साना छोराहरूले पनि देशको क्रूर शासक गेसलरलाई चिन्नु पर्दछ । त्यसकारण वाल्टर पनि मसित सँगै जाने छ ।”
भोलिपल्ट बिहान विलियम टेल वाल्टरलाई साथमा लिएर गाउँतिर हिंडे । आफ्नो धनुषवाण पनि साथमा लग्न टेलले बिर्सेका थिएनन् । बाटोमा जाँदा टेल त्यस टोपीबारे सोचेर मनमनै रिसाउँदै गाउँको छेउमा पुगे । त्यसै ठाउँमा दुइटा बाटो छुट्टिन्थ्यो । एउटा बाटो टोपी झुन्ड्याएको ठाउँ भएर जानुपथ्र्यो र बाटो सोझो थियो । अर्को बाटोबाट गयो भने घुमाउरो पथ्र्यो तर टोपी भए ठाउँ पुग्नु पर्दैनथ्यो । टेल आफ्नो काममा दुईमध्ये कुनै पनि बाटोबाट जान सक्तथे तर टेलले छोरालाई सोझो बाटोबाट हिँडने इसारा गरी आफू पनि अगाडि बढे ।
टेल र वाल्टर विस्तारै विस्तारै त्यसै खाँबो गाडेको ठाउँमा पुगे । त्यहाँ केही सिपाहीँहरू उभिएका थिए । त्यताबाट जाँदा कसैले टोपीलाई सलाम गरेन भने उनीहरू उक्त व्यक्तिलाई पक्रन्थे । टेल वाल्टरलाई साथमा लिएर टोपीको वास्तै नगरी अगाडि बढे । टोपीको त्यस्तो अपमान गरेको कुरा त्यहाँ बस्ने सिपाहीँहरूलाई किन मनपथ्र्यो र रु उनीहरूले तुरुन्त विलियम टेल र वाल्टरलाई समाते । विलियम टेल र वाल्टरलाई सिपाहीँहरूले समातेको देखी गाउँका धेरै मानिसहरू त्यहाँ जम्मा भए ।
त्यसैबेला गेसलर पनि त्यहाँ आइपुगे र क्रोधित भएर सोधे ‘तेरो नाम के हो रु’
‘विलियम टेल’ टेलले जवाफ दिए ।
‘यो केटो तेरो छोरो हो रु’ गेसलर गर्जिए । ‘हो, वाल्टर मेरो छोरा हो,’ टेलले निडर भई जवाफ दिए ।
ँतँ धनुषद्वारा तारो हान्न गाउँमा निकै प्रख्यात छस् रे ¤ तैंले मेरो आज्ञाको अवहेलना गरे बापत म तँलाई एउटा सजाय दिन्छु । तेरो छोरो वाल्टरलाई ऊ त्यो रुखमा बाँध्न लगाउँछु । त्यहाँ उसको टाउकोमा एउटा स्याउ राखिने छ । तैंले आफ्नो वाणले त्यस स्याउमा तारो हान्नुपर्ने छ । यसमा असफल भइस् भने तेरो पनि ज्यान जाने छ । लौ, धनुषवाण तयार होऊ ।” क्रूर गेसलरले आज्ञा दिए ।
आफ्नो छोरो वाल्टरको टाउकोमा रहेको स्याउमा निशाना लगाउनुपर्ने कुराबाट टेल ज्यादै हताश भए । अलिकति मात्र तल माथि प¥यो भने छोराको ज्यान जाने डर थियो ।
जस्तै राम्रो निशाना लगाउन सक्ने भए तापनि अहिले आफ्नै छोराको टाउकोमाथि रहेको स्याउमा निशाना लगाउन टेललाई इच्छा थिएन । उनी अलमलमा परे ।
गेसलरले गिज्याउँदै भने, ँकहाँ गयो तेरो साहस रु डराइस् कि कसो रु आफ्नो छोराको र आफ्नोसमेत ज्यानको तँलाई माया लागेजस्तो छ । तेरो कुरामात्रै रहेछ, काममा तँ त्यति बहादुर छैनस् जस्तो लाग्यो ।”
टेलले कम्पित स्वरमा भने, ‘तिमी ज्यादै नै क्रूर व्यक्ति छौ भन्ने कुरा मलाई नै थाहा छ । तिमी मलाई अरू कुनै सजाय देउ म भोग्न तयार छु तर सितैमा यस बालकको ज्यान किन लिन खोज्छौ रु’ गेसलरले भने, “तेरो कसुर जति छ तेरो यस छोरोको पनि उत्तिकै छ । मेरो आज्ञाको पालन हुनैपर्दछ ।”
आफ्ना बाबुलाई अलि हताश भएको देखी वाल्टरले भने, “बाबा तपाईँ नडराई स्याउमा तारो हान्नुहोस् । तपाईँको सफलतामाथि मलाई पूरा विश्वास छ । बाबा, बरु झट्टै गर्नोस् ।”
आफ्नो छोरोबाट समेत यस्तो आँटिलो वचन र उत्साहपूर्ण मुख देखेर टेलमा आत्मविश्वास जागेर आयो । उनले तुरुन्त आफ्नो वाणको ठोक्रोबाट दुइटा वाण झिके । एउटालाई उनले कम्मरमा घुसारे र अर्को ताँदोमा चढाइ निशाना लगाए । धनुषबाट वाण छाड्नासाथै स्याउ दुई टुक्रा भएर चिरियो । त्यहाँ उपस्थित जनसमूहले थपडी बजाई ठूलो खुसी व्यक्त गरे । वाल्टरलाई बन्धनबाट मुक्त गरियो ।
गेसलर मनमनै रिसाए र विलियम टेललाई सोधे, “विलियम अघि तैँले ठोक्रोबाट दुईवटा वाण किन झिकिस् ?”
टेलले भने, ‘मैले आफ्नो निशाना लगाउँदा पहिलो वाणले मेरो छोरालाई लागेर ऊ मरेको भए अर्को वाणले तिम्रो मिति पु¥याउँथेँ ।
टेलको यस्तो कुरा सुन्दा गेसलर रिसले आगो भए र उनले टेललाई पक्री पाता फर्काउने आदेश दिए । टेललाई टाढाको द्वीपमा लगी छाड्ने विचारले एउटा ठूलो डुङ्गामा उनलाई राखी गेसलर पनि त्यसमा चढे । केही बेर डुङ्गा चलाएपछि ठूलो समुद्री आँधी आयो र त्यो डुङ्गा डुब्ने निश्चित भयो । टेल डुङ्गा खियाउन निकै सिपालु भएकाले डाँडी आफ्नो हातमा लिएर त्यस डुङ्गालाई किनारासम्म ल्याए तर डुङ्गाले किनारा छुन नपाउँदै टेल डुङ्गाबाट हामफाले र उनले आफ्नो ज्यान जोगाए ।
त्यहाँबाट अब के गर्ने भन्ने विचार गर्दै उनी जङ्गलमा घुम्न थाले । “गेसलर र उसका साथीहरू त्यस समुद्री आँधीबाट बचे भने उनीहरू पक्कै पनि उतापट्टि नजिकैको अर्को जङ्गलमा आउने छन् । मैले उनलाई अहिले नै समाप्त गरिन्न भने उनले निश्चय नै मेरो सट्टामा अरू निर्दोष नागरिकहरूको ज्यान लिनेछन् ।” यति विचार गरी विलियम टेल विस्तारै गेसलर आउने जङ्गलमा गई लुके । त्यहाँ उनी धेरै समयसम्म गेसलरलाई पर्खिबसे ।
टेलले सोचेझैँ गेसलर र उनका अरू सिपाहीं त्यतैबाट आफ्नो गाउँ फर्कन लागेका थिए । विलियम टेलले अरू कसैलाई कुनै किसिमको नोक्सान नहुने गरी क्रूर गेसलरलाई ताकेर वाण हाने । त्यसैबाट गेसलरको मृत्यु भयो । गेसलरको मृत्युपछि उनका अरू मानिसहरू पनि स्विट्जरलैन्ड छाडी भागे । अनि स्विट्जरलैन्ड फेरि पहिलेझैँ स्वतन्त्र भयो र त्यहाँको शासन त्यहाँको जनताकै हातमा आयो । स्विट्जरलैन्डका जनता उनलाई एक महान् व्यक्तिको रूपमा अझ पनि सम्झने गर्दछन् ।
हाम्रो प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *