भर्खरै :

उहानको लागि प्रार्थना गरौँ

–डा. पुरूषोत्तम श्रेष्ठ
चिकित्साशास्त्र स्नातकको अध्ययनको क्रममा सन् २०११ सालदेखि २०१८ सम्म चीनको हुपेई प्रान्तको उहान सहरमा (Hubei Province, Wuhan City) बसेको थिएँ । त्यसैले त्यस सहरलाई मेरो दोस्रो घरभन्दा फरक पर्दैन । आज दुर्भाग्य बस त्यही सहरमा २०१९­nCoV नामको नयाँ करोना भाइरसको महामारी फैलिएको खबरले मन भक्कानिएर आउँछ ।
२०१९­nCoV करोना भाइरस एक नयाँ भाइरस हो । यस भाइरसबारे अझै अनुसन्धान भइरहेको छ र अनुसन्धान अनुसार चमेरोबाट मान्छेमा सरेको भनिएको छ । यस महामारीले उहानमा मात्रै ३००० भन्दा बढीलाई सङ्क्रमण भइसकेको, १०६ जनाभन्दा बढीले ज्यान गुमाइसकेको र ६००० जना भन्दा बढीलाई सङ्व्रmमणको आशङ्का भएको तथ्याङ्क आजको BBC NEWS  (२०२०÷०१÷२७) ले दिएको छ । यो भाइरस स्वासप्रस्वासको माध्यमबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने थाहा भएपछि उहान सहरबाट सङ्क्रमण नियन्त्रण गर्नको लागि चीन सरकारले २०२०÷०१÷२३ गते बिहान १० बजेदेखि त्यस सहरको सम्पूर्ण यातायात माध्यम बन्द ग¥यो ।
हालै त्यस सहरमा १०० जनाभन्दा बढी नेपाली विद्यार्थी थुनिएर बसेका छन् । सङ्क्रमण हुने त्रास र सरकारको सहयोगको आसमै दिन बितिरहेको छ । दिन प्रतिदिन सक्रङ्मण हुनेको सङ्ख्या बढेको समाचारले विद्यार्थीहरूको मनोबल घट्दै गइरहेको अवस्था छ । मानसिक तनावले शारीरिक कमजोर भई सामान्य रुघाखोकी, ज्वरो आए पनि सङ्क्रमणको त्रास हुने अवस्था छ । यस समयमा विद्यार्थीहरूको अवस्था हामीले कल्पना गरेको भन्दा दयनीय छ । यता नेपाल सरकारले भने नेपाली विद्यार्थीलाई उद्धार गर्ने कुनै योजना नभएको बताएको छ (Himalaya News Service) ।
नेपाल सरकारको पहिलो दायित्व नेपाली नागरिकको रक्षा गर्नु हो । त्यसैले चीन सरकारसँग कूटनैतिक पहल गरी चाँडोभन्दा चाँडो नेपाली विद्यार्थीलाई उद्धार गरी आवश्यक मेडिकल जाँच गरी नेपाली भूमिमा फिर्ता ल्याउन अहिलेको अवस्थाको माग र आवश्यकता रहेको छ । त्यसैगरी नेपालमा महामारी फैलनुबाट रोक्न आवश्यक सम्पूर्ण कदमहरू अगाडि बढाउन अत्यन्त आवश्यक छ ।
#PrayforWuhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *